भावी रणनीति तय गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्नका लागि विहानै स्थायी कमिटी बैठक बस्न लागेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी भित्र, बाहिर र नयाँ सरकारबारे आवश्यक छलफल गर्न बैठक बोलाएका हुन् ।बैठक अहिले बिहान ९ बजे बस्ने छ । बैठकमा नयाँ सत्ता समीकरण र एमालेमा गएका नेतालाई कारबाहीलगायतका विषयमा छलफल गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।
माओवादी केन्द्रले आज बिहान बस्ने स्थायी कमिटी बैठकबाट एमालेमा गएका आफ्ना नेतालाई पार्टीमै फर्किन अन्तिम पटक आग्रह गर्ने, नमाने कारबाहीको निर्णय गर्ने तयारी पनि अगाडि बढाएको छ ।
शुक्रबार नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी बैठक बोलाएका हुन् । अहिले संसदको अंक ग...








