Friday, May 3
Shadow

मुख्य समाचार

सीडीओ र सुरक्षा प्रमुखले जिल्ला छाड्न नपाउने

सीडीओ र सुरक्षा प्रमुखले जिल्ला छाड्न नपाउने

ब्यानर समाचार, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक ३ गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो । गृहले चाडबाडको बेलामा मानिसको आवत जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडीओ र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ । चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइ सकिएको पनि गृहले जनाएको छ । ...
बडा दशैंको तेश्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिदैं

बडा दशैंको तेश्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिदैं

अचम्मका कुरा, जिवनसैली, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ३ बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुँदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको छ। बालीनाली तथा फलफूलले संसार शष्यशाली र रसपूर्ण भइरहेको छ। चन्द्रघण्टादेवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । अन्य समयमा राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिक...
पछिल्लो २४ घण्टामा प्रदेश १ मा पाँच कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश १ मा पाँच कोरोना संक्रमितको मृत्यु

ब्यानर समाचार, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १ प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापामा तीन तथा मोरङ र सुनसरीमा एक-एक छन् । सामाजिक विकास मन्त्रालयले हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङख्या १२९ पुगेको जनाएको छ । प्रदेशमा सोही अवधिमा ४८१ कोरोना सङ्क्रमणका बिरामी थप भएका छन् । उक्त अवधिमा गरिएको एक हजार ४५० जनाको पिसिआर परीक्षणमा १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यसरी थप हुने सङ्क्रमितमा विराटनगरमा १२४ सहित मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, सङ्खुवासभामा १५, इलाममा नौ, खोटाङमा चार, भोजपुरमा एक र प्रदेश बाहिरका १५ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १३ हजार १८३ पुगेको छ । हालसम्म एक लाख ४५ हजार ३८३ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।...
दाङमा कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु

दाङमा कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज ३० दाङमा कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । बिहीबार राति राप्ती गाउँपालिका ३ नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ६० वर्षीय खलबहादुर घर्ती र उनका २५ वर्षीय छोरा ओमप्रकाश घर्तीले कुटपिट गर्दा चौधरी गम्भीर घाइते भएका थिए । लाठीले कुटपिट गर्दा गम्भीर घाईते चौधरीको रक्तस्राबका कारण राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो । राति कुखुरा कराए पछि घर्ती परिवारले चौधरीलाई कुखुरा चोर्न लागेको आरोप लगाएर कुटपिट गरेका हुन् । कुटपिट गर्ने बाबु छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । त्यसैगरी पश्चिम दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । बबई गाउँपालिका १ खिलतपुर निवासी ३७ बर्षीय गणेश केसी खितलपुर चौकदेखि करिब २ सय मिटर न...
मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार, ईश्वर पोखरेल पद मुक्त

मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार, ईश्वर पोखरेल पद मुक्त

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, असोज २८ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत गरेका छन् । विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाएका प्रधानमन्त्री ओलीले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।...
खाली सिलिण्डरको नयाँ मूल्य २१ सय

खाली सिलिण्डरको नयाँ मूल्य २१ सय

आर्थिक, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज २८ नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ। दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य दुई हजार एक सय रुपैयाँ बुधबारबाट लागू भएको छ। यसअघि संघले ग्यास बिक्रेताले फरक÷फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो। तर, बुधबारबाट लागू हुने गरी दुर्गमका क्षेत्र बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य लागू गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए। उनका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिएता पनि ग्यासका डिलर अनुसार मूल्य फरक÷फरक रहेपछि मूल्य तोकिएको हो। नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिण्डरको दायित्व ग्यास उद्योगले नलि...
उपत्यकामा १ हजार ४०३ जना नयाँ कोरोना संक्रमित

उपत्यकामा १ हजार ४०३ जना नयाँ कोरोना संक्रमित

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, असोज २८ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या ४१ हजार ७८९ पुगेको छ।...
काठमाडौं उपत्यकामा थपिए २१२९ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए २१२९ कोरोना संक्रमित

मुख्य समाचार, समाचार, स्वास्थ्य
असोज २७, काठमाडौं । काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १७४६ जना, भक्तपुरको १६७ जना र ललितपुरका २ सय १६ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो। कोरोनाका ३ हजार ५ सय ५६ संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको उनले बताए। कोरोनाबाट १ हजार ५०३ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ। अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्। कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ। मंगलबार मात्र थप मृतक १८ जनामा कोरोना पुष्टि भएको मन्...
केपीलाई तीनतिरको तनाव

केपीलाई तीनतिरको तनाव

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
असोज २८, काठमाडौं । संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने हो । तर, केन्द्रदेखि प्रदेशसम्मका सरकारमा एकछत्र उपस्थिति जनाएको सत्तारुढ नेकपाभित्रैको आन्तरिक खिचातानीले मुलुकको राजनीतिमा अर्को रुप लिने खतरा बढेको छ । अहिले कर्णाली प्रदेशबाट आगोको झिल्कोझैँ सत्तारुढ दलभित्रको रडाको पटाक्षेप भएको छ । यससँगै प्रश्नहरू उठेका छन्– यसले पार्टी एकता, पूर्वएमालेमा व्याप्त गुटगत क्रियाशीलता र सुविधाजनक बहुमतसहित सत्ता उपस्थितिको भविष्यलाई धराप त पार्दै छैन ? प्रदेश ५ को नाम र राजधानी तोक्ने काम तलैको हो भन्दै केन्द्र टक्टकिँदै आयो । तर, अन्ततः केन्द्रको हस्तक्षेपपछि नाम र प्रदेश टुंगिएरै छाड्यो । यतिबेला कर्णाली प्रदेश सरकारको हकमा तलैबाट अविश्वासको प्रस्ताव आएको छ । नेकपाका ३३ मध्ये मन्त्रीबाहेक बहुमतले गरेको हस्ताक्षरबाट अविश्वासको प्रस्ताव अघि बढेको हो ।...
अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण

अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण

अचम्मका कुरा, अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अपराध, आर्थिक, कृर्षि, खेलकुद, जिवनसैली, टिप्स, दुर्घटना, पत्रपत्रिका, ब्यानर समाचार, ब्लोअप, मनोरञ्जन, मुख्य समाचार, मौसम, राजनिती, विचार, समाचार, समाज, सम्पादकीय, साहित्य/कला, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड-१९ (कोरोना) संक्रमणबाट विदेशमा विभिन्‍न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार नौ सय १६ जना कोरोनामुक्त भएका हुन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार पाँच सय २८ नेपाली कोरोना संक्रमित छन् । स्वास्थ्य समितिका संयोजक डा. सञ्‍जीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका एक नेपालीको मृत्यु भएको छ । समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २६६ जना नेपालीको मृत्यु भएको छ । समिति संयोजक डा. सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएक...