Wednesday, April 24
Shadow

कांग्रेस केन्द्रीय कमिटी बैठक बस्दै, के छ एजेण्डा ?


  • -इ
  • इ+

काठमाडौं , पुस ७ । नेपाली कांग्रेसले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधी सभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा भएसँगै उत्पन्न विकसित राजनीतिक घट्नाक्रमका बारेमा बैठकमा छलफल हुने बताइएको छ ।

बैठकले सरकारी कदमबारे धारणा बनाउँदै रणनीतिक कार्यक्रम तय गर्ने शर्माले बताए । अन्य नियमित विषयहरुमा पनि छलफल हुने उनले जानकारी दिए । पार्टीको आसन्न महाधिवेशनका विषयमा पनि छलफल हुने छ ।

यस अघि सोमबार कांग्रेसले नेकपासहितका दलहरुसँग सर्वदलिय बैठक राखेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares