Friday, April 26
Shadow

कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरूबाट केही आसा गर्न सकिन्न : पूर्वराजा शाह


  • -इ
  • इ+

काठमाडौं , पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि यति बेला तीब्र विरोध भइरहेको छ । देशका विभन्न ठाउँ ठाउँमा प्रर्दशन भइरहेको छ । भने विभिन्न  राजनीतिकदल नै तरंगीत भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाकै नेताहरु सडकमै आएका छन् । यसैबीच संसद्‌ विघटन भइसकेपछि त्यसविरुद्ध पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति आएको छ ।पूर्वराजा शाहले सामाजिक सञ्जालमा जनताको मतको कदर नगर्ने नेताहरूबाट केही पनि आशा गर्न नसकिने टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्,  जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिंदैन । कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि तीब्र विरोध भइरहेको छ ।सबैले आ आफ्ना धारण व्यक्त गरिरहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares