Friday, May 10
Shadow

मुख्य समाचार

शिवालय बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा उदघाटन

शिवालय बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा उदघाटन

आर्थिक, मुख्य समाचार, स्थानिय तह
नुवाकोट,कार्तिक २७ ककनी गाउँपालिका वडा नं. २ मा कार्यालय रहि ककनी गाउँपालिका भर कार्यक्षेत्र भएको श्री शिवालय बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारण सभा उदघाटन गरिएको छ । कोरोना भाईरस ( कोभिड—१९ ) माहामारिका कारण र सहकारी विभागको निर्देशन बमोजिम संथाले १४ औं बार्षिक साधारण सभा मिति २०७७ साल कार्तिक २६ गते संस्थाको संचालक समिति र अन्य समितिको सिमित सदस्यहरुको विचमा कार्यक्रमको प्रमुख अतिथिबाट बार्षिक प्रतिवेदन तथा संस्थाको सम्क्षिप्त जानकारी पुस्तिका विमोचना गरि उद्घाटन गरिएको छ भने बार्षिक साधारण सभाको कार्यक्रम टोल टोलमा सिमित शेयर सदस्यहरुको भेला आयोजना गरि प्रतिवेदन उपर छलफल गरी राय सुझाव संकलन गरी मिति २०७७ साल मंसिर ६ गते समापन गर्ने कार्यक्रम रहेको छ । १४ औं बार्षिक साधारण सभा उद्घाटन कार्याक्रममा कार्यक्रमको प्रमुख अतिथि ककनी गाउँ पालिका वडा नं. २ का वडाअध्यक्...
आज २२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११४८ पुग्यो

आज २२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११४८ पुग्यो

मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २५ नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार १८ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा २ हजार ७ सय ३६ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ३५ सक्रिय संक्रमित छन्। नेपालमा हालसम्म १५ लाख ६४ हजार २ सय १४ जनाको पिसिआर परीक्षण भएको छ। हाल १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।...
चोरी मुद्दाका फरार सूर्यगढीका एक अभियुक्त साढे ३ वर्षपछि पक्राउ

चोरी मुद्दाका फरार सूर्यगढीका एक अभियुक्त साढे ३ वर्षपछि पक्राउ

अपराध, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २४ चोरी मुद्दामा अदालतबाट फैसला भई फरार रहेका नुवाकोटका एक अभियुक्तलाई पक्राउपछि कारागार चलान गरिएको छ । सूर्यगढी गाउँपालिका ३ का रमेश तामाङलाई सोमबार जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर नुवाकोट अदालतमा बुझाएको थियो । तामाङलाई अदालतले सोमबार कारागार चलान गरेको छ । नुवाकोट जिल्ला अदालतको गत ०७३ फागुन ११ गते रहजनी चोरी मुद्दामा दोषी ठहरिई १२ वर्ष २ महिना कैद र १ लाख २२ हजार १ सय ६८ रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलालगत्तै निज तामाङ फरारको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी हरिबहादुर वलीले बताए । प्रहरी टोलीले सोमबार पक्राउ गरी नुवाकोट अदालत पेस गरेपछि निजलाई अदालतले कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।...
प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, कार्तिक २१ प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच सदिऔँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । गएको बुधवार नेपाल आउनुभएका नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गनु भएको थियो । तीन दिने नेपाल भ्रमणमा रहनुभएका नरवणे शुक्रबार नै स्वदेश फर्कनु हुनेछ ।...
कुवेतमा बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु

कुवेतमा बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु

अन्तर्राष्ट्रिय, दुर्घटना, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक २१ कुवेतको एउटै कम्पनीमा कार्यरत दुई जना नेपालीको बस दुर्घटनामा मृत्यु भएको छ । उनीहरू दुवैजना कुवेतको सिजिजिसी कम्पनीमा कार्यरत थिए । कम्पनीको काम सकेर कोठा फर्किने क्रममा उनीहरु चढेको बस दुर्घटनामा परेको थियो । कुवेतस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र अर्का एक जना ठेगाना नखुलेका पल बहादुर पुन रहेका छन् । घाइते भएर उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको नोभेम्बर ५ तारिखमा दिन मृत्यु भएको हो । मृतक ठकुरी ३ वर्षदेखि कुवेतमा कार्यरत थिए । उनीहरू कार्यरत कम्पनीको बसलाई विपरीत दिशाबाट आइरहेको मालवाहक गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो । दूतावासले कम्पनीसँग समन्वय गरेर मृत दुवै जनाको शवलाई नेपाल पठाउने जनाएको छ ।...
भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

अन्तर्राष्ट्रिय, अपराध, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक १९ भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी रिपब्लिक टीभीका प्रधान सम्पादक पनि हुन् । उक्त टेलिभिजनले पनि अर्नव पक्राउ परेको पुष्टि गरेको छ । आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीका अनुसार सन् २०१२ मा रिपब्लिक टीभीले बक्यौता नदिएको आरोपमा एक वास्तुकार र उनकी आमाले आत्महत्या गरेका थिए । आज बिहान अर्नवको निवासमा पुगेका प्रहरीले उनलाई पक्राउ गरेका हुन् । करिब १५ जना जति प्रहरी अधिकारी अर्नवको निवास पुगेका थिए ।...
एक महिनामा ल्याण्डफिल्ड साइटको काम सक्न सहरी विकास मन्त्री श्रेष्ठको निर्देशन

एक महिनामा ल्याण्डफिल्ड साइटको काम सक्न सहरी विकास मन्त्री श्रेष्ठको निर्देशन

ब्यानर समाचार, मुख्य समाचार, समाचार, समाज
  काठमाण्डौँ, कार्तिक १५ सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिना भित्रमा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न मिल्ने गरी काम गर्न निर्देशन दिएका छन्। शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार मन्त्री श्रेष्ठ बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका थिए। हाल फोहोर फालिंदै आएको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उनी बञ्चरे ल्याण्डफिल साइटको निरीक्षण गर्न गएका थिए। पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिंदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर बिसर्जन गर्न मिल्ने गरी काम सक्न निर्देशन दिएका हुन्। लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर बिर्सजन गर्न मिल्नेगरी अन्तिम काम भइरहेको बताएका थिए। ‘तपाइँ...
बेलकोटगढीका यी वडाहरुमा जारी भयो ७ दिनका लागि निषेधाज्ञा

बेलकोटगढीका यी वडाहरुमा जारी भयो ७ दिनका लागि निषेधाज्ञा

मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, कार्तिक ९ नुवाकोटको बेलकोटगढी नगरपाििलकाको ३, ७, ८, ९ र १० नं. वडाहरुमा ७ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । कार्तिक २ गते लिईएको स्वावमा ८ जनाको रिपोर्ट पोजेटिभ आए संगै नगर क्षेत्रमा संक्रमण दर बढ्न सक्ने भएकाले निषेधाज्ञा गरिएको नगरपालिकाले जनाएको छ । उक्त वडाहरुमा आज(कार्तिक ९ गते) बिहान १० बजे दखि ७ दिन सम्म लागु हुने गरी निषधाज्ञा जारी गरेको छ । ...
परिस्थितिको बाध्यताअनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

परिस्थितिको बाध्यताअनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार, स्वास्थ्य
  काठमाण्डौँ, कार्तिक ८ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन्। बडादसैंका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दूरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको स्मरण गराएका छन्। ‘दसैं लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनःर्मिलनको चाड हो, आफन्तका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने आशीर्वाद लिने र दिने मानवीयताको चाड हो,’ मन्त्री ढकालले भनेका छन्, ‘यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्य, मित्रता र सामाजि...
पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ कोरोना संक्रमित

ब्यानर समाचार, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ८ पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ८४६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ। आज देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। आज देशभर १३ जना संक्रमितको मृत्यु भएको छ।...