Saturday, April 20
Shadow

नेकपामा विभाजन देखिएका बेला राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास


  • -इ
  • इ+

काठमाडौं , पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले यति बेला राजनीतिमा तरंग ल्याएको छ। राजनीतिमा आएको तरंगले सबैलाई तताएको त छ भने सबैको ध्यान पनि यतैतिर केन्द्रित छ । यसैबीच नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् ।

राजदूत यान्छी साँझ करिब ६ बजे राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ ।राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् ।राजदूतको भेटलाई महत्वपूर्णरुपमा हेरिएको छ ।

चिनियाँ दूतावासले एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि मन्त्रालयमार्फत् समय मागेको र कोभिड–१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares