Friday, April 26
Shadow

सरकारले लगायो बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक, किन लगायो ?


  • -इ
  • इ+

काठमाडौँ, पुस ७ । सरकारले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

बेलायतमा नयाँ स्वरूपमा कोरोना फैलिएसँगै मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

बैठकले अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ।

यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै उडानमा रोक लगाउन निर्देशन दिएको जनाएको छ ।

यो निर्णय बुधबार राति १२ बाट अर्को सूचना जारी नभएसम्म कायमै रहने प्राधिकरणले जानकारी दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares