Saturday, April 20
Shadow

कमल थापा भन्छन् -दलहरूको गठबन्धन ‘घोडा व्यापार’ हो, ताजा जनादेशमा जाऔं


  • -इ
  • इ+

काठमाडौं , पुस ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानुपर्ने धारणा राखेका छन् ।

मंगलबार बिहानै सामाजिक सञ्जालमा लेख्दै उनले भ्रष्ट नेतृत्वको मुक्तिका लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर भएको धारणाा राखेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राखेका उनले केपी ओली कदमविरुद्ध राजनीतिक दलहरुले गरिरहेका छलफल र बनाइरहेका गठबन्धनलाई घोडा व्यापारको संज्ञा दिए ।

थापाले भने, ‘संसद विघटनको वैधानिकताको परीक्षणरनिरुपणरव्याख्या सर्वोच्च अदालतले गर्ने नै छ तर घोडा व्यापार र फोहरी गठवन्धन बनाएर ब्रह्मलुट र कुशासनको दोस्रो श्रृङ्खला सुरूगर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares