Friday, April 19
Shadow

निर्वाचन आयोगलाई मध्यावधि निर्वाचनको तयारी गर्न सरकारको पत्र


  • -इ
  • इ+

काठमाडौं , पुस ७ । सरकारले आउँदो वैशाख १७ र २७ गतेका लागि तय भएको मध्यावधि निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पत्रचार गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आइतबार आयोगका प्रमुख आयुक्तसहित अन्य अधिकारीहरुसँग छलफल गरेका थिए ।छलफल लगत्तै निर्वाचन आयोगलाई निर्वाचनको तयारी अघि बढाउन पत्र दिइएकोमा आयोगले आन्तरिक तयारी समेत थालिसकेको छ ।

प्रधानमन्त्रीसँगको छलफल पछि सोमबार आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई गोप्य परिपत्र गरेको छ ।

निर्वाचनका लागि अर्बौ रकम खर्च हुने आयोगको अनुमान छ । निर्वाचन आयोगले मध्यावधी निर्वाचनका लागि कम्तीमा १२ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरेको छ । २०७४ मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भएको खर्चलाई आधार लिँदै आयोगले सो रकमको अनुमान गरेको हो ।

यसअघिको निर्वाचनमा आयोगले मात्रै ८ अर्ब २० करोड २१ लाख रुपियाँ खर्च गरेको थियो । आयोगका एक आयुक्तका अनुसार सेना र प्रहरीको खर्च रक्षा र गृह मन्त्रालयमार्फत भएको थियो । त्यहाँको खर्च करिब २ अर्ब रुपियाँ बराबरको हुनुपर्छ । यस आधारमा उक्त निर्वाचनमा सरकारी ढुकुटीबाट सवा १० अर्ब रुपियाँ खर्च भएको थियो ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares