Friday, April 19
Shadow

अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप


  • -इ
  • इ+

काठमाण्डौ, पुस ७ । अमेरिकामा अहिलेसम्म पाँच लाखभन्दा धेरै अमेरिकीले खोप लगाइसकेका बीबीसीमा उल्लेख छ । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा प्रभावित भएको अमेरिकामा सङ्क्रमितको संख्या एक करोड ८४ लाखभन्दा बढी छ । यस्तै अहिलेसम्म तीन लाख २६ हजारको ज्यान गएको छ । यसैबीच अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन् । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनको प्रतिक्रिया छ ।

डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले खोपलाई लिएर चिन्ता गर्नु नपर्ने बताएका छन् । बाइडेनकी श्रीमती डा जिल बाइडेनले पनि खोपको लगाएकी छन् । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका श्रीमान डग एमहोफले पनि आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ ।साथै राष्ट्रपति जो बाइडेनले सबैलाई लगाउन आग्रह पनि गरेका छन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares