Friday, March 29
Shadow

मनोरञ्जन

सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै नेपाल प्रहरीको त्यो डान्स (भिडियोसहित)

सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै नेपाल प्रहरीको त्यो डान्स (भिडियोसहित)

भिडियाे, मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौँ, पुष ३ यति बेला नेपाल प्रहरीको एक डान्स भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । कुनै कार्यक्रम हल जस्तो देखिने स्थानमा केही प्रहरी जवान र महिला प्रहरी नाचिरहेका देख्न सकिन्छ । केही भने पाश्र्वमा ताली बजाइरहेका पनि सुन्न सकिन्छ । मै राम्री हुन के गरुँ भन्देउ बोलको गीतमा महिला प्रहरी नाचिरहेकी देखिन्छिन भने अर्का एक जवान रमाइलो किसिमले कम्मर मर्काइरहेका देख्न सकिन्छ । सो भिडियोबारे सामाजिक सञ्जालमा थुप्रै सकारात्मक प्रतिकृयाहरु आइरहेका छन् । सदैव देश र जनताको सेवामा अहोरात्र खटिने प्रहरीका आफ्नो ब्यक्तिगत जीन्दगीमा पनि कहिलेकाही हुने रमाइलोले जनतामा सकारात्मक सन्देश फैलिने गर्दछ । हेर्नुहस् भिडियोसहित…. https://www.youtube.com/watch?v=l-KglEjiDVw&feature=emb_logo...
गायक शिव परियारको स्वर तथा संगीतमा समावेश ‘आँसुको अर्थ ३’ सार्वजनिक

गायक शिव परियारको स्वर तथा संगीतमा समावेश ‘आँसुको अर्थ ३’ सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पौष ३ गायक शिव परियारको स्वर तथा संगीतमा समावेश ‘आँसुको अर्थ ३’–तिमीले पो सक्यौ त’ सार्वजनिक भएको छ । यो भन्दा अगाडिका २ सिरिजलाई दर्शकले निकै मन पराएपछि शिव ले गीतकै तेश्रो ३ सिरिज सार्वजनिक गरेका हुन् । सो यो गितमा रवि अधिकारी को शब्द रहेको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ । प्रेमिकाको बियोगमा छटपटिएको प्रेमीको भूमिकालाई आकाशले उत्कृष्ट तरिकाले निर्वाह गरेका छन् । भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको यो भिडियोमा हरि हुमागाँइको छायांकन, विकास धमलाको सम्पादन छ । उक्त भिडियोलाई शिव परियार को आफनै युटुब बाट डिजिटल मार्केटमा सार्बजानिक गरिएको छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।  https://www.youtube.com/watch?v=YU9-mhwA5Y4...
गौतम बुद्ध कपको उपाधि राप्तीलाई

गौतम बुद्ध कपको उपाधि राप्तीलाई

खेलकुद, ब्यानर समाचार 2, मनोरञ्जन
काठमाण्डौँ, मंसिर ३० चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट मैदानको नमुना खेल मैदानमा सम्पन्न गौतम बुद्ध कपको उपाधि राप्तीले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा राप्तीले नारायणीलाई ९ रनले पराजित गरेको हो । राप्तीले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा नारायणीले २० ओभर ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३४ रनमात्र बनायो । नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४८ रनको योगदान दिए । १८.३ ओभरमा अभिनाश बोहराको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भएका उनले ३१ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे । रित गौतम र इशान पण्डेले समान २७–२७ रनको योगदान दिए । राप्तीका लागि अभिनाश बोहराले ३, भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमलसिंह ऐरीले समान १–१ विकेट हात पारे । २ विकेट रन आउटको रुपमा प्राप्त भयो । टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३...
नुवाकोटका गायक सैलेन्द्र  मुडवरीको “घुम्न जाउँन” चाडैँ आउँदै बजारमा

नुवाकोटका गायक सैलेन्द्र मुडवरीको “घुम्न जाउँन” चाडैँ आउँदै बजारमा

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,मंसिर २९ पछिल्लो समयको सांगितिक बजारमा नेपाली गित संगित चर्चा परिचर्चामा रहेको छ । नुवाकोट बिदुर ६,ईनारपाटीमा जन्मिएर आफ्नो गित संगितमा छुट्टै पहिचान बनाउन सफल गायक हुन् सैलेन्द्र मुडवरी यसै सन्दर्भमा सैलेन्द्र मुडवरीको भर्खरै मात्र “ घुम्न जाउँन ” बोलको गीत रेर्कड भएको छ । “ घुम्न जाउँन ” बोलको गीतमा सैलेन्द्र मुडबरी को सुमधुर स्वर रहेको छ । यो गीतमा निकै चर्चित संगीतकार गायक राम सिटैला को शब्द ,संगीत रहेको छ भने यो गितलाई ओपोलो डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतमा बिश्व अधिकारीको एरेन्ज रहेको छ भने रेकर्डिङ बिब्लप अधिकारी ले गरेका छन् । “ घुम्न जाउँन ” बोलको गीतले नुवाकोट को विभिन्न ठाउँको पर्यटन क्षेत्रलाई समेटिएको छ । गीतको म्युजिक अडियो भिडियो सहित नेपाली बजारमा चाडैँ ल्याउने पनि गायक मुडवरीले जानकारी दिएका छन् ।...
पुस १० देखि फिल्म हल सञ्चालन गर्ने चलचित्र संघको निर्णय

पुस १० देखि फिल्म हल सञ्चालन गर्ने चलचित्र संघको निर्णय

आर्थिक, ब्यानर समाचार, मनोरञ्जन, समाचार
काठमाण्डौँ, मंसिर २९ नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ भने विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ । कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो भने यसअघि नै विभिन्न क्षेत्र खुला गरिएपनि संक्रमणको जोखिमका कारण फिल्म हल खुलाउने निर्णय गरेको छैन ।...
बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल

बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
जसिन्द्र श्रीपाली, काठमाण्डौं मंसिर २६ पश्चिम बाग्लुङ्गको तमानखोला गाउपालीका ५ खुखांनीमा ३३३ मिटर लामो पुल बने संगै ओझेमा परेको खुखांनी गाँउ बिस्तारै चर्चामा आउन थालेको हो । नेपाल सरकार सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विभागको सहयोगमा निर्मित यस ठूलोबिसाउना झोलुंगे पुल निर्मार्ण सकिए संगै यहा घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । १०० मे. टन अर्थात ७१९ जना पदयात्री भारवहन क्षमता भएको उक्त ठूलोबिसाउना पुलमा घुम्न आउने आन्तरिक पर्यटक लाई मनोरञ्जन संगै स्थानीय लाई समेत राहत पुगेको छ। ठूलोबिसाउना देखि देविस्थान मन्दिर (जुईधारा)सम्म जोडिएको यो पुल निर्माण भए संगै १ घण्टा लामो र उकालो बाटो हिड्नुपर्ने झन्झट हटेर २० मिनेटमा सरर आसपासको दृश्य अवलोकन गर्दै पुलको यात्रा गर्न पाएकोमा आफुहरु निकै खुशि रहेको स्थानीयको भनाई रहेको छ । ठूलोबिसाउना पु...
श्रीराज कलेक्सनको विज्ञापनमा एदुमे र सरापेले गरे यस्तो अभिनय (भिडियो सहित)

श्रीराज कलेक्सनको विज्ञापनमा एदुमे र सरापेले गरे यस्तो अभिनय (भिडियो सहित)

आर्थिक, मनोरञ्जन, समाचार
काठमाण्डौँ, मंसिर २६ श्रीराज कलेक्सनको विज्ञापनमा सुबोध गौतम (एदुमे) र यादव देवकोटा (सरापे)ले यथार्तपरक अभिनय गरेका छन् । सबै आम दर्शकलाई हसाई रहने यी दुई हास्य कलाकारले उक्त अभिनयमा मार्मिकता प्रस्तुत गरेका छन । अभिनयमा सुबोध गौतम (एदुमे) एक शिक्षकको भुमिकामा छन् भने यादव देवकोटा (सरापे) अभिभावकको साथै एक व्यापारीको भुमिकामा प्रस्तुत भएका छन् । शिक्षक एदुमे एक दिन कक्षामा पुग्छन् र राष्ट्रियता सथै पोषाकको भुमिका र महत्व बारेमा विद्यार्थीलाई पाठ शिकाउन थाल्छन् । तर उनले लगाएको कोट च्यातिएको थियो । विद्यार्थीहरुले त्यसलाई लिएर सरलाई नै मजाक बनाई रहेका थिए । जब उनी कक्षाबाट निस्कनछन् र सिधै काठमाण्डौ स्थीत नरदेविमा रहेको श्रीराज कलेक्सन, सटिङ,सुटिङ एण्ड टेलरिङ सेन्टर पुगे । निरास हुदैँ श्रीराज कलेक्सन पुगेका शिक्षकको भेट भयो सरापे संग । ग्राहक आए पछि मख्ख परेका सरापे, जब शिक्षकले च्...
अन्जु पन्तकाे गीतमा आफ्नै छोरीले गरिन अभिनय

अन्जु पन्तकाे गीतमा आफ्नै छोरीले गरिन अभिनय

मनोरञ्जन, साहित्य/कला
काठमाडौ, मंसिर २६ गायिका अन्जु पन्तले पहिलो पटक संगीत गरेको गीत ‘धेरै माया नदेऊ मलाई’ सार्वजनिक गरिएको छ । पन्तकै स्वरमा रहेको गीतमा शब्द रचना सुरेश वाग्लेको छ । गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन् । उनको यो पहिलो म्युजिक भिडियो हो । साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियो गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मा हेर्न सकिनेछ ।...
राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको दोस्रो सम्मेलन सम्पन्न, महिला उपाध्यक्षमा अर्चना स्याङ्तान

राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको दोस्रो सम्मेलन सम्पन्न, महिला उपाध्यक्षमा अर्चना स्याङ्तान

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर मंसिर २५ राष्ट्रिय संगीतकर्मी नुवाकोटको दोस्रो सम्मेलन सम्पन्न भएको छ । नुवाकोट बेत्रवती पेट्रोलपम्प नजिक केरुङ हाईवे होटलमा आयोजना गरिएको उक्त सम्मेलनमा दिनेश लामाको अध्यक्षतामा कमिटि निर्माण गरिएको हो । मंसिर २० गते शनिबार बेत्रावती पेट्रोल पम्प स्थित केरुङ हाईवे होटलमा उक्त सम्मेलन सम्पन्न भएको हो । दिनेश लामाको अध्यक्षतामा २६ सदस्यीय कमिटि निर्माण गरिएको छ । नुवाकोट, रसुवा राष्ट्रिय संगीतकर्मी संघले एकै दिन एकै स्थानबाट निर्विरोध नयाँ कमिटी चयन गरेको हो । संघले चयन गरेको यो कमिटीको कार्यकाल भने २ बर्षको रहनेछ ।   अध्यक्ष : दिनेश लामा बरिष्ठ उपाध्यक्ष : दिपक थापा प्रथम उपाध्यक्ष : कुमार लामा उपाध्यक्ष : राम शरण आले महिला उपाध्यक्ष : अर्चना स्याङ्तान सचिव : करण तामाङ सहसचिव : शान्ति मम्बा सह सचिव : नवीन खतिवडा कोषाध्यक्ष : रुपा एस घले...
निशान र अस्मिताको आवाजमा ‘तिमीसंग मन साटें’ सार्वजनिक (भिडियो)

निशान र अस्मिताको आवाजमा ‘तिमीसंग मन साटें’ सार्वजनिक (भिडियो)

मनोरञ्जन, साहित्य/कला
काठमाण्डौँ, मंसिर २४ चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट आफ्नो पहिचान बनाएका प्रतिस्पर्धी निशान भट्टराई र अस्मिता अधिकारीको आवाजमा ‘तिमीसंग मन साटें’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक भएको छ। रवि मल्लको शब्दसंगीत, दिक्षित पौडेलको अरेन्ज रहेको यस गीतको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको राम्रो अभिनय रहेको छ। स्वर्णीम थापाको कोरियोग्राफी निर्देशन, पवन सुस्लिङको छायांकन/सम्पादनमा गीतको भिडीयो तयार भएको छ। भिडियोलाइ श्याम कार्की ईन्टरनेटमेन्टले बजारमा ल्यएको छ । https://www.youtube.com/watch?v=-imXXfH8z4c&feature=emb_title...