Thursday, April 18
Shadow

नुवाकोटका गायक सैलेन्द्र मुडवरीको “घुम्न जाउँन” चाडैँ आउँदै बजारमा


  • -इ
  • इ+


महेन्द्र अधिकारी/ललितपुर,मंसिर २९
पछिल्लो समयको सांगितिक बजारमा नेपाली गित संगित चर्चा परिचर्चामा रहेको छ । नुवाकोट बिदुर ६,ईनारपाटीमा जन्मिएर आफ्नो गित संगितमा छुट्टै पहिचान बनाउन सफल गायक हुन् सैलेन्द्र मुडवरी यसै सन्दर्भमा सैलेन्द्र मुडवरीको भर्खरै मात्र “ घुम्न जाउँन ” बोलको गीत रेर्कड भएको छ ।

“ घुम्न जाउँन ” बोलको गीतमा सैलेन्द्र मुडबरी को सुमधुर स्वर रहेको छ । यो गीतमा निकै चर्चित संगीतकार गायक राम सिटैला को शब्द ,संगीत रहेको छ भने यो गितलाई ओपोलो डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

यो गीतमा बिश्व अधिकारीको एरेन्ज रहेको छ भने रेकर्डिङ बिब्लप अधिकारी ले गरेका छन् । “ घुम्न जाउँन ” बोलको गीतले नुवाकोट को विभिन्न ठाउँको पर्यटन क्षेत्रलाई समेटिएको छ । गीतको म्युजिक अडियो भिडियो सहित नेपाली बजारमा चाडैँ ल्याउने पनि गायक मुडवरीले जानकारी दिएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares