Thursday, April 25
Shadow

गौतम बुद्ध कपको उपाधि राप्तीलाई


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर ३०
चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट मैदानको नमुना खेल मैदानमा सम्पन्न गौतम बुद्ध कपको उपाधि राप्तीले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा राप्तीले नारायणीलाई ९ रनले पराजित गरेको हो ।

राप्तीले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा नारायणीले २० ओभर ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३४ रनमात्र बनायो ।

नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४८ रनको योगदान दिए । १८.३ ओभरमा अभिनाश बोहराको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भएका उनले ३१ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे । रित गौतम र इशान पण्डेले समान २७–२७ रनको योगदान दिए ।

राप्तीका लागि अभिनाश बोहराले ३, भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमलसिंह ऐरीले समान १–१ विकेट हात पारे । २ विकेट रन आउटको रुपमा प्राप्त भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रनको योगफल तयार पारेको थियो ।

राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको योगदान दिए । १०.२ ओभरमा साहब आलमको बलमा बोल्ड भएका उनले ३१ बलको सामना गर्दै २ चौका र ४ छक्का प्रहार गरे ।

अन्तिम ओभरमा रन आउट भएका कप्तान विनोद भण्डारीले २१ बलमा ४ चौका र १ छक्काको मद्दतले ३३ रन प्रहार गरे । सुमित महर्जनले २२ रनको योगदान दिए ।
नारायणीका लागि साहब आलमले ३ सुशन भारीले २ र कप्तान करण केसीले १ विकेट हात पार्दा २ विकेट रन आउटका रुपमा प्राप्त भयो ।

मंसिर २७ बाट सुरु भएको प्रतियोगितामा राप्ती, नारायणी र बागमती गरी तीन टिम सहभागी थिए । प्रतियोगिता बागमती प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँगको सहकार्यमा गरेको हो ।

बाग्मती प्रदेश खेलकुद विकास समिति र भरतपुर महानगरपालिकाले आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितालाई तथा नेपाल क्रिकेट संघ (क्यान)ले प्रविधिक सहयोग गरेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares