Friday, April 26
Shadow

राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको दोस्रो सम्मेलन सम्पन्न, महिला उपाध्यक्षमा अर्चना स्याङ्तान


  • -इ
  • इ+


महेन्द्र अधिकारी/ललितपुर मंसिर २५
राष्ट्रिय संगीतकर्मी नुवाकोटको दोस्रो सम्मेलन सम्पन्न भएको छ । नुवाकोट बेत्रवती पेट्रोलपम्प नजिक केरुङ हाईवे होटलमा आयोजना गरिएको उक्त सम्मेलनमा दिनेश लामाको अध्यक्षतामा कमिटि निर्माण गरिएको हो ।

मंसिर २० गते शनिबार बेत्रावती पेट्रोल पम्प स्थित केरुङ हाईवे होटलमा उक्त सम्मेलन सम्पन्न भएको हो । दिनेश लामाको अध्यक्षतामा २६ सदस्यीय कमिटि निर्माण गरिएको छ । नुवाकोट, रसुवा राष्ट्रिय संगीतकर्मी संघले एकै दिन एकै स्थानबाट निर्विरोध नयाँ कमिटी चयन गरेको हो । संघले चयन गरेको यो कमिटीको कार्यकाल भने २ बर्षको रहनेछ ।

 

अध्यक्ष : दिनेश लामा
बरिष्ठ उपाध्यक्ष : दिपक थापा
प्रथम उपाध्यक्ष : कुमार लामा
उपाध्यक्ष : राम शरण आले
महिला उपाध्यक्ष : अर्चना स्याङ्तान
सचिव : करण तामाङ
सहसचिव : शान्ति मम्बा
सह सचिव : नवीन खतिवडा
कोषाध्यक्ष : रुपा एस घले
सह कोषाध्यक्ष : इन्द्र बहादुर तामाङ
प्रवक्ता : डिल बहादुर लामा रहेका छन् , भने सदस्यहरु मा , शम्भु नेपाल, जनक लामा, गणेशमान गोले ,फूलमाया तामाङ, सुवास थोकर, शानी स्याङतान, वर्षा तामाङ, सुस्मिता घ्लान, अस्मिता घ्लान, प्रेमिका तामाङ, जमान सिन्ह तामाङ , पुर्ण तामाङ रहेका छन् । साथै बरिष्ठ सल्लाहकारमा भने शैलाप वाईबा र समीर लामा रहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares