Tuesday, April 23
Shadow

अन्जु पन्तकाे गीतमा आफ्नै छोरीले गरिन अभिनय


  • -इ
  • इ+

काठमाडौ, मंसिर २६
गायिका अन्जु पन्तले पहिलो पटक संगीत गरेको गीत ‘धेरै माया नदेऊ मलाई’ सार्वजनिक गरिएको छ । पन्तकै स्वरमा रहेको गीतमा शब्द रचना सुरेश वाग्लेको छ ।

गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन् । उनको यो पहिलो म्युजिक भिडियो हो । साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन ।

गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियो गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मा हेर्न सकिनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares