Sunday, March 19
Shadow

मनोरञ्जन

निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा” सार्वजनिक

निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा” सार्वजनिक

ब्यानर समाचार 2, मनोरञ्जन
काठमाण्डौ– चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । एस के डिजिटल को युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ । नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ । झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन,सम्पति संग तुलना गर्नेुका साथै मिलन र विछोडको कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् । नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा जिवन पराजुलीको छायाँकन रहेको छ भने म्युजिक भिडियोमा सम्पादन क्यामोदिन ...
भारतमा कस्तो प्रदर्शन गर्दैछ ‘प्रेम गीत–३’

भारतमा कस्तो प्रदर्शन गर्दैछ ‘प्रेम गीत–३’

ब्यानर समाचार 2, मनोरञ्जन
सेप्टेम्बर २३ मा रिलिज गरिएको चलचित्र प्रेम गीत-३ ले भारतमा राम्रो व्यापार गरिरहेको छ । भारतका ३ सय बढी स्क्रिन तथा नेपालमा २ सय बढी स्क्रिन पाएको चलचित्रले भारतमा पहिलो दिनमा नै ९२ लाख भारु कमाएको थियो । दोस्रो दिनमा ८० लाख भारतीय रुपैयाँ कमाएको चलचित्रले तेस्रो दिन ९५ लाख भारु कमाएको थियो । चलचित्रले चौथो दिनमा ४५ लाख भारु कमाएको थियो भने पाँचौँ दिनमा आम्दानी घटेर ३५ लाख भारु पुगेको थियो । चलचित्रले भारतमा करिब ३.४७ करोड भारु कमाएको भारतीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन् । चलचित्रका निर्माताहरुले पहिलो सप्ताहको अन्त्यमा चलचित्रले विश्वभरबाट ११ करोड भारु कमाएको चलचित्रले यो हप्ता १५ करोड भारु कमाउने अपेक्षा गरेको पनि भारतीय सञ्चारमाध्यमको भनाइ छ ।  ...
‘हैट’ बुद्धि तामाङले गरे अनु थिङसँग बिहे

‘हैट’ बुद्धि तामाङले गरे अनु थिङसँग बिहे

ब्यानर समाचार 2, मनोरञ्जन
कलाकार बुद्धि तामाङ  र अनु थिङ वैवाहिक जीवनमा बाँधिएका छन् ।  तामाङ परम्परा अनुसार शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । ‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् ।...

ह्याक भयो गायक टंक बुढाथोकीको युट्युब च्यानल

मनोरञ्जन, समाचार
काठमाडौं - गायक तथा सङ्गीतकार टंक बुढाथोकीको युट्युब च्यानल ह्याक भएको छ । ह्याक भएसँगै च्यानलमा भएका सम्पूर्ण भिडिओ गायब भएका छन् । ह्याकरले उक्त च्यानल कब्जामा लिई नाम परिवर्तन गरेर ‘आर्क इन्भेस्टमेन्ट’ राखेको छ ।बिहीबार उक्त च्यानलमा एलन मस्को फोटो राखी नेपालमा प्रतिबन्ध‍ित बिट्क्वाइन र इथिरियम सम्बन्धी प्रचार भएको थियो । २२ लाख पचास हजारभन्दा बढी सब्सक्राइबर भएको सो च्यानलमा अहिले प्रचारका लागि राखिएको भिडिओ बाहेक अन्य भिडिओ गायब छन् । गायक बुढाथोकीले बिहीबार करिब १२ बजे उक्त च्यानलमा भएको ‘कसरी कसरी’ नामक गीतको लिंक फेसबुकमा शेयर गरेका थिए । त्यसको केही समयमा नै उक्त च्यानल ह्याक भई सम्पूर्ण भिडिओ गायब भएको पाइन्छ । पछिल्लो समय सब्स्क्राइबरको सङ्ख्या धेरै हुने च्यानलहरू एकाएक ह्याक हुने क्रम बढ्दो छ । यसअघि एपीवान टेलिभिजन, म्युजिक नेपाल, ओएसआर डिजिटल सगरमाथा टेलिभिजन लगायतका ...
‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक

‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक

ब्यानर समाचार 2, मनोरञ्जन
नेपाल र भारत एकसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को ट्रेलर सार्वजनिक भएको छ । ७ असोजबाट सार्वजनिक प्रदर्शनको तयारमिा रहेको फिल्मको १ मिनेट ५८ सेकेन्डको ट्रेलरमा राजगद्दीको कथा छ । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन रहेको फिल्ममा प्रदीप खड्का,, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारको अभिनय छ ।।फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् । फिल्मको हिन्दी डब चर्चित साउथका कलाकारले गरेको बताइएको छ । https://youtu.be/XYw5eosrB7k...
नेता भीम रावलको कविताः रक्षक नै  भक्षक

नेता भीम रावलको कविताः रक्षक नै भक्षक

मनोरञ्जन, समाचार, साहित्य/कला
५ आसर,ललितपुर | नेकपा एमालेका नेता भीम रावलले देशको पछिल्ला राजनीतिक अवस्थाबारे कविता सार्वजनिक गर्नुभएको छ । यस्तो छ उहाँको कविता 
फोटोपत्रकार वन्त ‘संगै वाँचौला’ भन्दै नयाँ म्यूजिक भिडियो लिएर आए

फोटोपत्रकार वन्त ‘संगै वाँचौला’ भन्दै नयाँ म्यूजिक भिडियो लिएर आए

भिडियाे, मनोरञ्जन, समाचार
काठमाडौ । मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सान्तोष जंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ । नेपालकै गाउघरको यर्थाथ परक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ । रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नविन वावु गुरुङकको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । सिजन इन्टरटेन्मेनटद्धारा निर्माण गरिएको भिडियोलाई सिजन टिभि युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियो लिङ्क : https://www.youtube.com/watch?v=lP37GcUTlr4...
गायक,सर्जक युनिक को शब्द र संगीतमा “लैजा दैव मलाई” म्युजिक भिडियो बजारमा सार्वजनिक

गायक,सर्जक युनिक को शब्द र संगीतमा “लैजा दैव मलाई” म्युजिक भिडियो बजारमा सार्वजनिक

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी ललितपुर, मसिंर १४ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र गायक तथा सर्जक युनिक भोजराज बि.क. को शब्द र संगीतमा “लैजा दैव मलाई” को म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । “लैजा दैव मलाई” गीतमा लोक प्रिय गायक शनी बिश्वोकर्मा र सुनिता बुढा क्षेत्री को सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ्ग गरेका हुन् । गीतले माया,प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ। कपिल लामाको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सारिका के.सी र विजय पुन,उत्तम कुमार कार्की र कृष्ण को अ...
टिकटक रियालिटी शो हुदैँ

टिकटक रियालिटी शो हुदैँ

जिवनसैली, टिप्स, मनोरञ्जन, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २६ टिकटकमा केन्द्रित टेलिभिजन रियालिटी शोको घोषणा गरिएको छ। शिखर नेपाल प्रालिले टिकटक स्टार नेपाल रियालिटी शो–२०७८ प्रसारणमा ल्याउने भएको हो। शोमा अभिनय, गायन, नृत्य तथा कलात्मक प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने बुधबार राजधानीमा आयोजिक पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएका छन्। शोमा गौरी मल्ल, रमेश उप्रेती र वर्षा शिवाकोटी निर्णायक रहनेछन्। शोको प्रतिस्पर्धामा प्रथम हुनेलाई कार, द्वितीयलाई मोटरसाइकल र तृतीयलाई स्कुटर उपहारसँगै उत्कृष्टभित्र पर्ने प्रतिस्पर्धीलाई कम्प्युटर, क्यामेरा, टीभी, फ्रिज, मोबाइल, घडीलगायतका उपहार प्रदान गरिने शोका निर्देशक हरि शर्माले जानकारी गराए। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फिल्कर्मीहरू भुवन केसी, सरोज खनाल, उद्धव पौड्याल, पुकार भट्टराई, सन्दीप अर्याल, ...
“मुसी” म्युजिक भिडियो डिजिटल बजारमा

“मुसी” म्युजिक भिडियो डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी/कार्तिक २६,ललितपुर पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायिका सुनिता बुढा र प्रितम पोख्रेलको आवाज रहेको “मुसी” बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । “मुसी” बोलको गीतमा शब्द र संगीत गायक पोख्रेलको रहेको छ। निर्देशक दिपेन्द्र तिमिल्सेनाले गीतलाई कथा वस्तुमा गाउँले परिवेश झल्काईदिएपछि गीतले दर्शकको मन हलक्क खिचेको छ। करण चैसिरले कैद गरिएको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् भने सो गीतमा कलाकार बल्छी धुर्बे मरिचमान श्रेष्ठ र (जुनकिरी) सरिता ढुंगानाको अभिनय रहेको छ । “मुसी” बोलको गीतले दर्शकको मन जितेको छ। भिडियो हेर्नको लागि तल क्लिक गर्नु हो...