Saturday, May 4
Shadow

ब्यानर समाचार

आन्दोलित कृष्णनगरका शिक्षकहरु भन्छन् , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने

आन्दोलित कृष्णनगरका शिक्षकहरु भन्छन् , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
- अजय मिश्र  कृष्णनगर : असोज ४ नेपाल सरकारले विद्यालय शिक्षा विधेयक संसदकाे सचिवालयमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघले आफ्नो माग राख्दै देशभरका शिक्षक र कर्मचारीहरु काठमाडौं केन्द्रित विधेयकको विरुद्धमा आन्दोलन सुरु गरेका छन् । काठमाडौं जान नसकेका शिक्षक र कर्मचारीहरुले आफ्नो माग राख्दै स्थानीय तहमा आन्दोलन सुरु गरेका छन् । त्यहि क्रममा कृष्णनगर नगरपालिकाकाे बहादुरगंज र कृष्णनगर नगरपालिकाकाे अगाडि पालिकाका सम्पूर्ण शिक्षक र कर्मचारीहरुले आफ्नो माग राख्दै विद्यालय शिक्षा विधेयक जलाएर विरोध गरेका छन् । विरोध कार्यक्रममा शिक्षक र कर्मचारीहरुले शिक्षककाे अधिकार सुनिश्चित गर , शिक्षक एकता जिन्दावाद , हाम्रो मान स्वाभाविक हामीलाई प्यारो छ , शिक्षा माफिया मुर्दावाद , शिक्षक प्रति विभेद अन्त्य गर , शिक्षककाे पेशागत अधिकार सुनिश्चित गर र शिक्षक ज्ञानकाे ज्याेती हाे , ज्ञान वाड्ने माे...
पेशागत सुरक्षा खाेज्दै शिक्षक सडकमा , किन ? – राजु नेपाल

पेशागत सुरक्षा खाेज्दै शिक्षक सडकमा , किन ? – राजु नेपाल

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
- राजु नेपाल  हालै नेपाल सरकारले पञ्चायत कालीन कानुनलाई विस्तापित गर्न विद्यालय शिक्षा विधेक २०८० संसदमा दर्ता गरेकाे छ । यहि विषयलाई लियर शिक्षक महासंघले भाद्र ३ बाट अनिश्चित कालीन विद्यालय बन्दकाे आह्वान गर्दै काठमाडौ केन्द्रित सडक आन्दाेलनमा उत्रिएकाे छ । यस विधेकमा मुलभुत रुपमा शिक्षाकाे अधिकार स्थानीय तहलाई दिएकाे छ । के संघीय सरकार यसरी पुर्ण रुपमा पन्छिन मिल्छ ? के स्थानीय सरकार शिक्षाकाे ठुलो भार बाेक्न तयार छन वा सक्षम छन ! जबकि बालकक्षा र कर्मचारिका हकमा साझेदारिमा न्युनतम वेतनकाे व्यवस्था गर्न त अधिकांस स्थानीय तहले सकेका छैनन । संविधानत माैलिक हक प्रदान गर्ने कुरा संघीय सरकारकाे दायित्व हाे । यस दायित्वबाट कसरी संघीय सरकार भाग्न मिल्छ? यहि प्रश्नहरुकाे खाेजि हाे अहिलेकाे शिक्षक आन्दोलन । अर्काे शिक्षककाे शैक्षिक याेग्यता आधारभुतका लागि स्नातक र माध्यमिकका लागि स्नातकोत्त...
पठनपाठनमा अबरोध भए कानुन अनुसार कार्वाही हुनेछ – मेयर बालेन्द्र शाह

पठनपाठनमा अबरोध भए कानुन अनुसार कार्वाही हुनेछ – मेयर बालेन्द्र शाह

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौ - काठमाडौ महानगर पालिकाका मेयर बालेन्द्र शाहले आफ्नो फेसबुक मा शिक्षक हरुलाइ आफ्नो पेशा छोडेर आन्दोलनमा नलाग्न भनेका छन । मेयरले आफ्नो पोस्टमा यसरी लेखेका छन - शिक्षा बिधयकमा हाम्रो नि असहमती छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौको शिक्षा को नीति र जुम्ला को नीति र आवश्यकता फरक हुन , छ्न । ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प...
माओबादी केन्द्रको एजेण्डा प्रत्येक परिवारमा पुर्‍याउछौ :- मौलाना मशहूद

माओबादी केन्द्रको एजेण्डा प्रत्येक परिवारमा पुर्‍याउछौ :- मौलाना मशहूद

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
- अजय मिश्र  कपिलवस्तु, असोज ३ कपिलवस्तुको कृष्णनगरमा रोहित त्रिपाठीको अध्यक्षतामा ३५ सदस्यि YCL तथा शहनवाज खानको अध्यक्षतामा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा आज मुस्लिम कमिटी हलमा गठन भएको छ। जनता संग माओबादी विशेष रूपांतरण अभियान अन्तर्गत मुस्लिम मुक्ति मोर्चा नेपाल नगर समिति भेला कृष्णनगरमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मंत्री महेश्वर गहतराज( अथक), विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष तथा लुम्बिनी प्रदेश का पूर्व सामाजिक विकास मंत्री सुदर्शन बराल, अतिथिमा केन्द्रीय सदस्य तथा पूर्व मंत्री वकील अहमद मुसलमान, केन्द्रीय सल्लाहकार समिति सदस्य एहसान अहमद खान, लुम्बिनी प्रदेश कोषाध्यक्ष निर्दोश अलि, कपिलवस्तु जिल्ला अध्यक्ष ...
नेपालमा कुन नदि र जलाशयमा कति विद्युत उत्पादन ! – प्रकाश दुलाल

नेपालमा कुन नदि र जलाशयमा कति विद्युत उत्पादन ! – प्रकाश दुलाल

ब्यानर समाचार, ब्यानर समाचार 2
  - प्रकाश दुलाल काठमाडौ - नेपालमा पहिचान भएका ५२ जलाशययुक्त आयोजनाहरुबाट ४३,३४५.४ मे.वा.विधुत उत्पादनकाे संभावना रहेको छ १.कर्णाली चिसोपानी आयोजना १०,८०० मे.वा. २. पञ्चेश्वर बहुउद्दश्यीय आयोजना ६,४८० मे.वा. ३. सप्तकोशी उच्चबाधँ बहुउद्देश्यीय आयोजना ३,०००मे.वा. ४. कालीगण्डकी– १ १,६०० मे.वा. ५. कालीगण्डकी २ १,६०० मे.वा. ६.त्रिशुलगंगा स्टोरेज १,५०० मे.वा. ७. सुनकोशी–१स्टोरेज १,३५७ मे.वा. ८. भेरी बि आर– ५ आयोजना १,२६९ मे.वा. ९.बुढीगण्डकी आयोजना १,२०० मे.वा. १०. भेरी बि आर –३ बी आयोजना १,१९२ मे.वा. ११. सुनकोशी–२ बहुृद्देश्यीय जलाशय आयोजना १,११० मे.वा. १२. सेती एसआर –६ आयोजना ९६६ मे.वा. १३. भेरी बि आर– ४ आयोजना ९६४ मे.वा. १४. पश्चिम सेती आयोजना ७५० मे.वा. १५. मस्र्याङ् स्टोरेज ७४० मे.वा. १६. तमोर जलाशययुक्त आयोजना ७६२ मे.वा. १७. सप्तगण्डकी आयोजना ७००मे.वा. १८. तमोर–...
माओबादी केन्द्रले सहिदको सपना साकार पार्छ :- मौलाना मशहूद

माओबादी केन्द्रले सहिदको सपना साकार पार्छ :- मौलाना मशहूद

ब्यानर समाचार, ब्यानर समाचार 2
  - अजय मिश्र कपिलवस्तु, भाद्र ३० कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नं ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनता संग माओबादी विशेष रूपांतरण अभियान कार्यक्रममा सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्रका विजयनगर गाँउ पालिका अध्यक्ष नूरूल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व युवा तथा खेल्कुद मन्त्री महेश्वर जंग गहतराज (अथक), विशिष्ट माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खान, नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य रूद्र लाल बन्जाडे, अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु प्रसाद बेल्बासे, नेकपा माओबादी केन्द्रका कपिलवस्तु जिल्ला सचिव हजरत अली लगायत रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अथकले मधेस...
के के भए आज मन्त्रिपरिषद् बैठकका निर्णयहरु

के के भए आज मन्त्रिपरिषद् बैठकका निर्णयहरु

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - २०८० भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः –कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने । –साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुस छूट गरी १०/१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने । –सिंचाई नीति, २०८० स्वीकृत गर्ने । –संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने । हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने । –नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने । –विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय...
बाल अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

बाल अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्धन र प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। बाल दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गरी प्रधानमन्त्रीले नेपालको संविधान, बालबालिकासम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न–गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। उनले तीनै तहका सरकारले बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। ‘बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्धन गर्न गराउन नेपाल सरकार र प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकाय र सम्बन्धित स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गर्दछु’ उनको शुभकामना...
एमसीसी ठेक्का रद्ध गर्नुस ! – अर्थमन्त्री डा.प्रकाशसरण महत

एमसीसी ठेक्का रद्ध गर्नुस ! – अर्थमन्त्री डा.प्रकाशसरण महत

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आफूलाई भेट्न आएका एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खड्गबहादुर विष्टलाई भने ‘म अरू कुरा जान्दिनँ । अब एमसीसीका लागि धेरै पैसा थप्न सकिँदैन । त्यो ठेक्का प्रकृया रद्द गर्नुस्‌ र रि-बिडिङतिर लाग्नुस्‌ !’ विष्टले अमेरिकासँग भएको एमसीसी सम्झौता अन्तर्गत अघि बढाउने भनिएको प्रसारणलाइन परियोजना निर्माणका लागि ठेकेदारले गरेको वित्तीय प्रस्ताव सीमाभन्दा निकै बढी रहेकाले अब के गर्ने भनी अर्थमन्त्रीसमक्ष समस्या राख्दा यसरी खप्की खाएका हुन्‌ । विश्वस्त स्रोतका अनुसार अर्थमन्त्री डा. महत एमसीए नेपालसँग सन्तुष्ट छैनन्‌ । एमसीए नेपालका अधिकारीहरूले नेपालको परियोजना सञ्‍चालन गर्ने निकायभन्दा बढी एमसीसीको पक्षमा झुकाव राखेपछि अर्थमन्त्री रिसाएका हुन्‌ । त्यसमाथि पहिले एमसीसीका अधिकारीहरूसँग चोचोमोचो मिलाउने र पछि आफूसमक्...
प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक, मन्त्रिपरिषदको कार्यालयमा

प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक, मन्त्रिपरिषदको कार्यालयमा

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसमेत सहभागी छन् । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा केन्द्रित छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदैछन् । सोही भ्रमणको तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसमेत सहभागी छन् ।...