Thursday, May 2
Shadow

अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघले संघर्ष गर्ने


  • -इ
  • इ+

काठमाडौ –  होटल याक एन्ड यति दरबार मार्गमा अखिल नेपाल ट्रेडयुनियन महासंघको प्रमुख घटक अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ केन्द्रिय समितिको पुर्ण बैठक संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा महासंघका अध्यक्ष जगत सिंखडाको प्रमुख आतिथ्यता बसेको थियो । विशिष्ट अतिथीहरुमा महासंघ उपाध्यक्ष तथा बागमती प्रदेश सह-सचिब प्रकाश श्रेष्ठ , महासंघ उप-महासचिव तथा संघ इन्चार्ज माधब पान्डेको उपस्थित रहेको थियो । महासचिव राम कुमार खड्काले कार्यक्रम संचालन भएको थियो । बैठकमा श्रमिक हरुले पाउनु पर्ने सेवा सुबिधा नपाएकोले श्रमजीवी को पक्षमा बार्ता र संघर्ष दुबै गर्ने निर्णय गरेको थियो भने संगठनमा रिक्त रहेको महिला उपाध्यक्षमा रमिता श्रेष्ठ , महासचिवमा रामकुमार खड्का सचिबमा प्रयास लामा तथा कोषाध्यक्षमा राम पन्त लाइ सर्बसम्मत चयन गरेको थियो ।

बैठकले मुख्य रुपमा निम्न मुद्दाहरुलाइ अभियानात्मक रुपमा श्रमिकहरुको बिचमा लाने र दबाब मुलक अभियान संचालन गर्ने निर्णय गर्नुका साथै तलका निम्न निर्णय पनि गरेको छ ।
१. सेवा सुल्क कानुनि रुपमा नै पुनःप्राप्ति को लागि श्रमिक संबाद , सरोकार वाला पक्ष हरु संग ( प्रतिष्ठान स्तर तथा राष्ट्रिय स्तर ) मा अन्तरकृया , राजनितिक दल र बिधायक हरु सग कानुन निर्माण का बिषयमा संबाद लगायत रचनात्मक रुपमा दबाब मुलक अभियान देश्ब्यापि रुपमा गर्ने । सेवाशुल्क कै रुपमा श्रमिकले पाउनु पर्ने अधिकार पुनरस्थापित गर्न संघर्ष गर्ने ।
२. होटल रेस्टुरेन्ट क्षेत्रको मुख्य काममा समेत आपुर्ति कर्ता तथा करारमा श्रमिक नियुक्ति गर्ने गैरकानुनि कामको बिरुद्द कडा संघर्ष गर्ने । नेपाल सरकार तथा सम्बन्धित निकाय सग अन्तर्कृया गरि होटेल रेस्टुरेन्ट क्षेत्रमा बड्दै गएको यस प्रकारको अराजकता नियमन को लागि दबाब सिर्जना गर्ने ।
३. नेपाल सरकारले वृद्धि गरेको तलब २३०० सबै तहको श्रमिकहरुलाइ श्रावणबाटै वृद्धि गर्ने ।
४. यस क्ष्रेत्रमा योगदान मा आधारित सामाजिक सुरक्षा पुर्ण कार्यान्वयन मा जोड दिने ।
५ दशै र तिहारको बिचमा संगठन को अहिले सम्मका सबै उपलब्धि संघर्ष लगायत समाबेस गरि स्मारिका प्रकासन गर्ने ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares