
उपत्यकाका स्ववियु सभापतिहरुलाई परिवर्तन अभियान नेपालद्वारा सम्मान
काठमाडौं । परिवर्तन अभियान नेपालले काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरुलाई सम्मान गरेको छ ।
बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबिच स्ववियु सभापतिहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा उपस्थित वक्ताहरुले ‘सामाजिक रुपान्तरणमा विद्यार्थी आन्दोलनको भूमिका’ का विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताए ।
००७ सालदेखि ०६२–०६३ सम्मको परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।
पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको बताउँदै आफ्नो क्षमता विस्तार गरेर नेतृत्वका लागि दबाब दिनुपर्नेमा जोड दिए ।
‘जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । केही सम...