Saturday, May 4
Shadow

गण्डकी प्रदेशको उद्घाटनमा अध्यक्ष ओलि अनुपस्थित


  • -इ
  • इ+

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गण्डकी प्रदेश अधिवेशनमा अनुपस्थित भएका छन् । सोमबार बिहानभर पोखरामा वर्षा भएपछि नआएका अध्यक्ष ओलीले मौसम खुले पनि अन्तिममा नआउने निधो गरेका हुन् ।

अध्यक्ष ओली पोखरा जाने जानकारी दिएका थिए । उनी बिहान ११ बजे आएर दिउँसो ३ बजे फर्कने तयारी थियो । तर, बिहानभर वर्षा हुँदा उनी आएनन् । दिउँसो साढे ३ बजे पोखराको मौसम खुलेपछि महासचिव शंकर पोखरेल पोखरा आएका छन् । मौसम १ बजे खुले पनि अध्यक्ष ओलीले गण्डकीको अधिवेशनमा नआउने जानकारी प्रदेश कमिटीलाई गराएका छन् ।

अध्यक्ष ओली मंगलबार हुने बन्द सत्रमा पनि आउने सम्भावना नरहेको एमालेका एक प्रदेश नेताले बताए । प्रदेशमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका दुवै उम्मेदवारलाई खुलेर समर्थन नजनाउने पक्षमा रहेकाले अध्यक्ष ओली मौन बसेको हुन सक्ने ती नेताको विश्लेषण छ ।

अध्यक्ष ओली नआएपछि महासचिव पोखरेलले अधिवेशनको उद्घाटन गरेका छन् ।  सम्बोधनका क्रममा महासचिव पोखरेलले आफू आएपछिको उडान स्थगित भएकाले अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पोखरा आउन नसकेको जानकारी गराए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares