Thursday, May 2
Shadow

इलाका प्रहरी कार्यालय कृष्णनगरले १० हजार गोटा अवैध कुखुराका चल्ला नष्ट


  • -इ
  • इ+

– अजय मिश्र 

कृष्णनगर, असोज १६

इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध कुखुराका चल्ला नष्ट गरेको छ । प्रहरीले कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट अवैध चोरी, पैठारी गरि ल्याइएको अवैध चल्ला (बच्चा) नष्ट गरिएको कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

तस्करले भारतबाट निकासी पैठारी गरि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १० हजार गोटा अवैध कुखुराका चल्ला नष्ट गरिएको उनले बताए । बरामद गरिएको कुखुराका चल्लाको मुल्य ७ लाख ५० हजार रुपियाँ बराबरको रहेको प्रहरी निरीक्षक ओलीले जनाए ।

प्रहरीका अनुसार तस्करले प्रहरी गस्ती टोलीलाई देखेपछि चल्ला छोडेर भारततर्फ भागेका छन् । बेवारिसे अवस्थामा रहेको चल्लालाई मंगलबार बिहान ८ बजेको समयमा प्रहरीले फेला पारेको हो । पशु स्वास्थ्य सेवा नियमावली २०५६ को दफा ८ र ९ बमोजिम अवैध देखिएको हुँदा सोही नियमावली परिच्छेद ४ को दफा १८ (१) बमोजिम बरामद गरिएको चल्लालाई खाडलमा पूरी नष्ट गरिएको छ ।

पशु क्यारेन्टाइन चेक पोष्ट कृष्णनगरका प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी, पत्रकार र स्थानीयको रोहबरमा सुरही नदी खोला किनारमा खाडलमा पुरी नष्ट गरिएको प्रहरीले जनाएको

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares