Saturday, May 18
Shadow

ब्यानर समाचार

देशमा अराजकता र बेथिति बढ्यो , काङ्ग्रेसको सरकार बनाउन ढिलो गर्न हुन्न – शेखर कोइराला

देशमा अराजकता र बेथिति बढ्यो , काङ्ग्रेसको सरकार बनाउन ढिलो गर्न हुन्न – शेखर कोइराला

ब्यानर समाचार, ब्यानर समाचार 2
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब कांग्रेस नेतृत्वको सरकार बनाउन ढिला गर्न नहुने बताएका छन् । शनिबार चितवनमा आयोजित पार्टीको जिल्ला भेलामा उनले देशका लागि कॅाग्रेसको नेतृत्व जरुरी भैसकेको बताए । अहिले कांग्रेससरकारमा हुँदा पनि जनताको कुनै काम गर्न नसकेको भन्दै आक्रोश पोखेका थिए । प्रधानमन्त्रीले आदिवासी जनजाति दिवसका अवसरमा आयोजित कार्यक्रममा जातीय राज्यको कुरा गरेर अराजकता निम्त्याउन खोजेको आरोप लगाए । काठमाण्डुका मेयर बालेन्द्र साहले पनिसिंहदरबार जलाउने अभिव्यक्ति दिएर अराजकता प्रदर्शन गरेको टिप्पणी गरे । अराजकता रोक्न र काङ्ग्रेस विरोधी भ्रम चिर्न कांग्रेसनेतृत्वको सरकार बनाउनुपर्नेमा उनले जोड दिए । वर्तमान प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्र सरकार बन्न नसक्ने र प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने अहिले देशमा फैलिएको भन्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक,...
सरकार आफैं ढल्छ, हामिले ढाल्नु पर्दैन – ईश्वर पोख्रेल

सरकार आफैं ढल्छ, हामिले ढाल्नु पर्दैन – ईश्वर पोख्रेल

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - नुवाकोटको बिदुरमा आफ्नो कर्याकर्ता भेल्कमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार स्टण्ड देखाएर आफ्नो आयु लम्ब्याउने खेलमा लागेको छ । दुई दिने जिल्लास्तरीय प्रशिक्षणका क्रममा नुवाकोटको विदुर पुगेका उपाध्यक्ष पोखरेलले यस प्रकारको अभिव्यक्ति दिएका हुन । उपाध्यक्ष पोखरेलले जनताको पक्षमा काम गर्न नसकेपछि अनेक किसिमका स्टण्ट गर्न सफल गठबन्धन सरकार जनसरोकारका काम गर्न असफल भएको समेत दावी गरे। उपाध्यक्ष पोखरेलले भने,’देशभित्र युवा तथा शिक्षित वर्ग सबैतिर निराशाको बादल मात्रै मडारिरहेको छ, युवाहरू आत्तिरहेका छन्,सरकारले कुनै योजना बनाउन सकेको छ। देशको स्वाधिनतासमेत संकटमा परेको बताउँदै देशलाई सफल बनाउने दायित्व एमालेको काँधमा आएको बताए। सरकारमा आयु लम्बाउने कुण्ठामात्रै रहेको र अनेक स्टण्ट खडा गरेर तर्साउने काम मात्रै गरिरहेको उनको आरोप छ। उपाध्यक्ष पोखरेलले भ्रष्टा...
ताम्सालिङ प्राप्तिको आन्दोलन आलु पकाएर घिउ खाने रहर !

ताम्सालिङ प्राप्तिको आन्दोलन आलु पकाएर घिउ खाने रहर !

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
  लेखक - दीपेन्द्र लो छोरा छोरीलाई युरोप अस्ट्रेलिया पठाउने , आफ्नो नाती नातीनिलाई मात्री भाषा नसिकाउने , उघोग व्यापर नगर्ने, राष्टृय राजनितीमा नलाग्ने , लोक सेवामा जान हतोत्सही गर्ने अनि अनि ताम्सालिङको नाराले मात्र रोजी रोटी र आत्म सम्मान दिन्छ ? भगवती पाण्डेको बोली गलत थियो । तामाङ समाज र बिज्ञहरुले बिरोध गरे । उनले मेरो नियत चोट पुर्याउने थिएन भनिन । कुरा सकिएको थियो । तामाङ समाज र तामाङ साथीहरु सडकमा उतृए । मैले सडक आन्दोलनलाई गलत भयो भनें । पार नलाग्ने आन्दोलन गरेर फाइदा छैन भनेको थिएँ । नतिजा मैले भनेको जस्तै भयो । बिचारको झाटारो बिचारले दिनु पर्थ्यो । तर मगर तामाङहरु चुके । नाङ्गै सहरमा घुमे । उनले भनेकी थिइन क्रस कजिनबाट जन्मिएको सन्तान अपराधी मानसिक्स्ता हुन्छन । कसैले प्रश्न गरेनन वलात्कार , ठगी , दलाली र झुठो बोल्ने ,किर्ते ठगिमा तिम्रो जाती किन अगाडी छ ? मल...
कामनपा -१६ को वडा अध्यक्ष को निधन

कामनपा -१६ को वडा अध्यक्ष को निधन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले जानकारी दिए । रिजाल भाइरल संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् । काठमाडौं क्षेत्र नम्बर-७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । उहाँको पार्थिव शरीर लाई १२:३० सम्म राष्ट्रिय सभागृह मा राखिने जानकारी धर्मराज अर्यालले जानकारी दिनुभएको छ । धादिङको खनियाँबासमा जन्मिएका रिजाल हाल काठमाडौं-१६, बालाजुमा बसोबास रहेको छ । रिजालको श्रीमती र २ छोराहरू रहेका छन् ।...
पानी बाराबारको स्थितिमा रहेका यी दुई पूर्वप्रधानमन्त्री माधव नेपाल र केपी ओलि सँगै

पानी बाराबारको स्थितिमा रहेका यी दुई पूर्वप्रधानमन्त्री माधव नेपाल र केपी ओलि सँगै

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाण्डु, भाद्र - ११ राष्ट्रपति रामचन्द पौडेलले केही दिनअघि शीतलनिवासमा बोलाएको सर्वदलीय बैठकमा नेपाल सहभागी हुने भएपछि ओली गएका थिएनन। एमाले विभाजनपछि दुई नेताबीचको तिक्तता घटेको छैन , थप बढ्दै गएको छ । एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा एकैसाथ देखिएका थिए । समितिको सभापति चयनका लागि भएको निर्वाचन प्रक्रियामा पानी बाराबारको स्थितिमा रहेका यी दुई पूर्वप्रधानमन्त्री सँगै बसेका छन । तर, एकअर्कासँग संवाद गरेनन्  संवाद गरेनन मात्रै होइन हेराहेर पनि गरेनन। नेपाल गएको कार्यक्रममा ओली जाँदैनन् । ओलीले संसद खुलाउन प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा आफूलाई नबोलाउन भनेकामा नेपालले आपत्ति नै जनाएका थिए ।...
झुठो विवरण पेश गरि बनाइएको नागरिकता रद्द

झुठो विवरण पेश गरि बनाइएको नागरिकता रद्द

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं - झूटो विवरण पेश गरी लिइएका दुई जनाको नागरिकता रद्द गर्ने निणर्य गरेको छ सरकारले ,जस्ले वंशजका आधारमा नागरिकता लिएको थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले, जिल्ला प्रशासन कार्यालय, झुटो विवरण पेस गरी पर्साबाट वंशजका आधारमा नागरिकता लिएका अमन चौधरी अग्रवाल र कास्कीबाट सोफिया रुथ भण्डारीको नागरिकता रद्द गर्ने निणर्य गरिएको जानकारी दिइन् । गृह मन्त्रालयको प्रतावमा अमन चौधरी (अग्रवाल) ले झूटो विवरण पेश गरी जिल्ला प्रशासन पर्साबाट २०७७ कात्तिक २५ गते नागरिकता प्राप्त गरेको वंशजको आधारको नेपाली नागरीकता रद्द गरी निजलाई नेपाली नागरीकबाट हटाउँने र संलग्नलाई सोही कारबाही गर्ने निणर्य गरेको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सोफिया रुथ भण्डारीले लिएको वंशजको नागरिकता पनि मन्त्रिपरिषद्ले रद्द भएको छ ।...
चीनमा मुस्लिम धर्मावलम्बीको अवस्था र स्वतन्त्रता :-अकरम पठान

चीनमा मुस्लिम धर्मावलम्बीको अवस्था र स्वतन्त्रता :-अकरम पठान

ब्यानर समाचार, ब्यानर समाचार 2
कपिलवस्तु, साउन २४ - अजय मिश्र राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा शिक्षा र सामाज बिचमा एक दिने कार्यक्रमको आयोजना विजयनगर गाउँपालिका वडा नं ७ को दत्तपुरमा रहेको अहले सुन्नत गौसियाको प्रांगढमा आयोजना गरिएको थियो। समाजसेवी अकरम पठानको अध्यक्षता, प्रमुख अतिथिमा हाजी अब्दुल कलाम, राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका उपाध्यक्ष अतिकुर रहमान नेपाली, महासचिव मौलाना मुजिकुर रहमान मिश्वाही, विशिष्ट अतिथिमा मौलाना सद्दाम हुसेन, मौलाना मुहिनुद्दिन हश्मती शाहब, मौलाना अखलाख अन्सारी, मौलाना अकरम अलि,मौलाना अब्दुल कलाम, मौलाना इब्राहिम लगायत रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलामले मदरसाको व्यवस्थापन गर्न मुस्लिम समुदाय लगायत सम्पूर्ण सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताए। कार्यक्रममा बोल्दै मौलाना सद्दाम हुसेनले मुस्लिम समुदायको मदरसामा पढाउने बिषयको पाठ्यक्रम त...
प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक वालुवाटारमा सम्पन्न

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक वालुवाटारमा सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक वालुवाटारमा सम्पन्न भएको छ। बैठकले १६ औं योजना निर्माणका लागि तयार गरिएको अवधारण पत्रको प्रारम्भिक मस्यौदा छलफलमा लैजाने निर्णय गरेको छ। बैठकलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीले संसदमा आफुले गरेको सम्बोधन स्मरण गराउदै सरकारको निति कार्यक्रम तथा बजेट निर्माण गर्दा होस या रणनीतिक योजना र आवधिक योजना(पन्चबर्षिय) बनाउदा होस। जनस्तरबाट बौद्धिक समुदायको विवेक प्रयोग गर्ने वातावरण बनाउन आवस्यक हुन्छ। त्यसको लागि वातावरण बनाउन सहभागीहरुलाई मार्गनिर्देशन गर्नुभयो । उहाँले योजना निर्माण गर्दा पन्ध्रौं योजनाको समिक्षा त जरुरी विषय भैहाल्यो तर देश योजनाबद्ध विकासको चरणमा प्रवेश गरेको धेरै बर्ष भएकोले यसको समग्र समिक्षा पनि आवस्यक रहेको बताउनु भयो। यो अवधारणा पत्र पारित भयो। यो अब छलफलको लागि अगाडि बढाउन सम्माननीय ज्युले निर्द...
विरगंज उवा संघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

विरगंज उवा संघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

ब्यानर समाचार, ब्यानर समाचार 2
विरगंज - विरगंज उद्योग वाणिज्य संघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालबीच श्रावण १५ गते साेमबार विरगंज उद्योग वाणिज्य संघकाे सभाहलमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। उक्त कार्यक्रममा विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, सचिव नरेश टिबडेवाल, सम्पूर्ण पदाधिकारी र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका केन्द्रीय अध्यक्ष भाेलानाथ अर्याल, केन्द्रीय सचिव साेमनाथ खडाल, केन्द्रीय सदस्य तथा विरगंज इकाई समितिका इन्चार्ज कपिल सत्याल, केन्द्रीय सदस्य विकास भन्डारी, केन्द्रीय सदस्य कुमार खरेल, विरगंज इकाई समितिका अध्यक्ष श्री प्रदिप कुमार उपाध्याय,उपाध्यक्ष अनिल पटेल, सचिव उमेश खतिवडा, काेषाध्यक्ष सुवास यादव लगायत निजी क्षेत्रका व्यापारीहरुकाे उल्लेख सहभागिता थियाे। विरगंज उद्योग बाणिज्य संघका अध्यक्षले शुभकामना मन्तव्य राख्दै भर्खरै प्र...
राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल, विरगंज इकाई समितिकाे प्रथम अधिवेशन सम्पन्न

राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल, विरगंज इकाई समितिकाे प्रथम अधिवेशन सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2
बिरगंज - राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालकाे विरगंज इकाई समितिकाे प्रथम अधिवेशन तथा राष्ट्रिय भन्सार एजेन्ट परिषदकाे प्रथम स्थापना दिवसमा विरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्री डिल्लीराम पन्थीकाे प्रमुख आतिथ्यता, सुख्खा बन्दरगाह, सिर्सियाका प्रमुख भन्सार अधिकृत श्री डा रामप्रसाद मैनालीकाे विशिष्ट आतिथ्यता तथा राष्ट्रिय भन्सार एजेन्ट परिषदका अध्यक्ष श्री भाेलानाथ अर्यालको सभापतित्वमा श्रावण १४ गते आइतबार हाेटल मकालु, विरगंजमा सम्पन्न भएकाे छ। श्रावण १४ गते राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालकाे स्थापना दिवसकाे अवसरमा आयाेजित प्रथम अधिवेशनमा राष्ट्रिय भन्सार एजेन्ट परिषदका महासचिव श्री समीर राज विष्टले सर्वसम्मतिले निर्वाचित १७ सदस्यीय इकाई कार्य समिति र ५ सदस्यीय सल्लाहकार समिति घाेषणा गर्नुभएकाे थियाे। उक्त अधिवेशनमा १०० जना भन्दा बढि भन्सार एजेन्ट, भन्सार एजेन्ट प्रतिनि...