काठमाडौ – कार्यवाहक प्रधानमन्त्री खड्काले संघीयता कार्यान्वयन नभईकन जस्तोसुकै ऐन र नियम बनाएपनि धेरै परिणाम नदिने भनाइ राखेका छन । उनले संघीय शासन प्रणालीअनुसारको अधिकार कार्यान्वयनको श्रोतको व्यवस्थापन, जिम्मेवारी लगायतमा ध्यान दिन जरुरी रहेको पनि बताए ।
उन्ले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन अपरिहार्य भएको समेत बताए ।
कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले सङ्घीय कानुन निमार्णलाई उच्च प्राथमिकतामा राखेको पनि बताएका थिए ।