Thursday, May 21
Shadow

खेलकुद

इङल्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको रोमाञ्चक जित

इङल्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको रोमाञ्चक जित

खेलकुद, मुख्य समाचार
काठमाडौँ , चैत ६ । इङल्याण्डविरुद्धको टी-२० सिरिजको चौथो खेलमा भारत विजयी भएको छ । गएराती सम्पन्न खेलमा भारतले इङल्याण्डमाथि ८ रनको रोमाञ्चक जित हासिल गरेको हो । यो जितपछि भारतले ४ खेलको सिरिज २-२ ले बराबरी गरेको छ । अब सिरिजको अन्तिम र निर्णायक खेल शनिबार हुदै छ ।
टि-२० क्रिकेट सिरिजः भारतविरुद्ध इंग्ल्यान्डको सहज जित

टि-२० क्रिकेट सिरिजः भारतविरुद्ध इंग्ल्यान्डको सहज जित

खेलकुद
काठमाडौं , चैत ४ । इंग्ल्यान्डले घरेलु टिम भारतलाई टि-२० क्रिकेट सिरिजको तेस्रो खेलमा पराजित गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई आठ विकेटले पराजित गरेको हो । नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ४६ बलमा अविजित ७७ रन बनाएका थिए । त्यस्तै, रिषभ पन्तले २५ र हार्दिक पाण्ड्याले १७ रन जोडे। बलिङतर्फ इंग्ल्यान्डका मार्क वोडले तीन र क्रिस जोर्डनले दुई विकेट लिए । १५७ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १८.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । इंग्ल्यान्डका जोश बटलरले उत्कृष्ट ब्याटिङ गरे । उनले ५२ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा अविजित ८३ रन बनाए। त्यस्तै, जोनी बैरस्टोवले २८ बलमा अविजित ४० रन जोडे । भारतका वासिङटन सुन्दर र युज्भे...
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको जित, मेस्सीले गरे दुई गोल

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको जित, मेस्सीले गरे दुई गोल

खेलकुद
काठमाडौं , चैत ३ । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । सोमबार राति भएको खेलमा बार्सिलोनाले हुएस्कालाई ४-१ गोलअन्तरले पराजित गरेको हो। घरेलु टिम बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल ग रे। त्यस्तै, एन्टोनी ग्रिजम्यान र ओस्कार मिन्गुएजाले १-१ गोल थपे । हुएस्काका राफा मिरले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा नै मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-० गोलको अग्रता दिलाए । ३५ औं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि बार्सिलोनाको अग्रता २-० मा पुग्यो । तर पहिलो हाफको अन्तिम समयमा हुएस्काले पेनाल्टी पायो । पेनाल्टीबाट राफा मिरले गोल गर्दै २-१ को स्थितिमा पुर्याए । दोस्रो हाफमा थप दुई गोल गर्दै बार्सिलोनाले हुएस्काविरुद्ध फराकिलो जित निकालेको हो । ५३ औं मिनेटमा ओस्कार मिन्गुएजाले गोल गर्दै बार्सिलोनालाई ३-१ गोलको अग्रता दिलाए । ९० औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत दो...
बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदै

बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदै

खेलकुद
काठमाडौं, फागुन २२ । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र टुसाल क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्वाइज युनियन क्लब १४ अंकसहित लिगको चौंथो स्थानमा छ भने टुसाल ९ अंक जोडेर आठौं स्थानमा छ । आजै हुने अर्को खेलमा खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच खेल हुनेछ । प्रतियोगितामा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको खुमलटार श्री भगवतीलाई हराएर शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ । श्री भगवती ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।...
‘बी’ डिभिजन लिगमा आज सातदोबाटो र बाँसबारीबीच खेल हुँदै

‘बी’ डिभिजन लिगमा आज सातदोबाटो र बाँसबारीबीच खेल हुँदै

खेलकुद
काठमाडौँ, फागुन २१ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज सातदोबाटो युथ क्लब र बाँसबारी क्लबबीचको खेल हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो १२:१५ मा शुरु हुने खेलमा शीर्ष स्थानमा रहेको सातदोबाटोले अङ्क सुधार गर्दै अग्र स्थानमै सुरक्षित राख्ने प्रयास गर्नेछ ।सातदोबाटो शीर्ष स्थानमा रहेको छ भने बाँसबारी क्लब तेस्रो स्थानमा छ । सातदोबाटो २२ अङ्कसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबले पनि २२ अङ्क नै जोडेको छ । यस्तै आजै एन्फा कम्प्लेक्समा दिउँसो साढे ३ बजे मध्यपुर युथ एशोसिएसन र पुलचोक स्पोर्टस् क्लबबीच पनि रोमाञ्चक खेल हुँदैछ । हालसम्म मध्यपुर ७ अङ्कसहित १० औँ स्थानमा छ भने पुलचोक २ अङ्कसहित अन्तिममा छ ।    ...
फ्रेन्च लिग वान फुटबलमा पीएसजीको संघर्षपूर्ण जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको संघर्षपूर्ण जित

खेलकुद, मुख्य समाचार
काठमाडौँ, फागुन २० । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई १-० गोलले पराजित गरेको हो । बोर्डोको मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सराबियाले २०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै पीएसजी २८ खेलमा ६० अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । बोर्डो ३३ अंकसहित १५औँ स्थानमा रहेको छ ।...
‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

खेलकुद
काठमाडौं , फागुन १५ । शहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुल्चोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ । पुलचोक स्पोर्टस् क्लब १ अङ्कसहित तालिकाको पुछारमा अर्थात् १२ औँ स्थानमा रहेको छ भने श्री भगवती क्लब ५ अङ्कसहित १० औँ स्थानमा रहेको छ । यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ । बाँसबारी १४ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ भने श्री कुमारी क्लब ६ अङ्कसहित आठौं स्थानमा रहेको छ । यसअघि हिजो भएका खेलमा सातदोबाटो र मध्यपुर विजयी भएका थिए । सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई ३–२ ले र मध्यपुर युथ एशोसियसनले टुसाल क्लबलाई २–० ले हराएको थियो । लिगमा सातदोबाटो युथ क्लब १९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।...
च्याम्पियन्स लिगमा बार्यन म्युनिखको शानदार जित

च्याम्पियन्स लिगमा बार्यन म्युनिखको शानदार जित

खेलकुद, मुख्य समाचार
काठमाडौं, फागुन १२ । साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । मंगलबार राति भएको लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बायर्नले इटालियन क्लब लाजियोलाई ४-१ गोलले पराजित गरेको हो । लाजियोको मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले एकरएक गोल गरे । बायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो । लाजियोका जोआक्विन कोरेयाले एक गोल फर्काउदा फ्रान्सिस्कोले आत्मघाती गोल गरे । जितसँगै बायर्नले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । बायर्न र लाजियोबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ ।...
इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस विजयी

खेलकुद
काठमाडौं, फागुन ११ । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस विजयी भएको छ । सोमबार राति भएको खेलमा क्रिस्टलले ब्राइटनलाई २-१ गोलले हराएको हो । ब्राइटनको मैदानमा क्रिस्टलका जिन फिलिपे माटेटा र बेन्टेकेले गोल गरे । ब्राइटनका जोएल भेल्टम्यानले गोल गरे । जितसँगै क्रिस्टल लिगको १३औँ स्थानमा उक्लिएको छ । पराजित ब्राइटन १६औँ स्थानमा रहेको छ ।...
स्पेनिस ला लिगाः बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगाः बराबरीमा रोकियो बार्सिलोना

खेलकुद, मुख्य समाचार
काठमाडौँ , फागुन १० । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार बार्सिलोनालाई काडिजले १-१ गोलमा रोकेको हो । खेलका दुवै गोल पेनाल्टीबाट भएका थिए । बार्सिलोनाका लागि लियोनेल मेसीले खेलको ३२औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर खेलको अन्तिम समयमा ८९औ मिनेट काडिजले पाएको पेनाल्टीलाई एलेक्स फेर्नानडेजले गोलमा परिणत गरेपछि बार्सिलोना बराबरीमा रोकिएको थियो । यो बराबरीपछि बार्सिलोनाले रियल म्याड्रिडसँगको अंक दुरीलाई कम गर्न असफल भएको छ । बार्सिलोनाको २३ खेलमा ४७ अंक भएको छ भने लिगमा तेस्रो स्थानमा रहेको छ । लिगमा शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडको २३ खेलमा ५५ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २४ खेलमा ५२ अंक रहेको छ । त्यस्तै काडिजको २४ खेलमा २५ अंक रहेको छ भने लिगमा १४औ स्थानमा रहेको छ ।...