Friday, March 29
Shadow

च्याम्पियन्स लिगमा बार्यन म्युनिखको शानदार जित


  • -इ
  • इ+

काठमाडौं, फागुन १२ । साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ ।

मंगलबार राति भएको लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बायर्नले इटालियन क्लब लाजियोलाई ४-१ गोलले पराजित गरेको हो ।

लाजियोको मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले एकरएक गोल गरे ।

बायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो । लाजियोका जोआक्विन कोरेयाले एक गोल फर्काउदा फ्रान्सिस्कोले आत्मघाती गोल गरे ।

जितसँगै बायर्नले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । बायर्न र लाजियोबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares