Friday, April 19
Shadow

‘बी’ डिभिजन लिगमा आज सातदोबाटो र बाँसबारीबीच खेल हुँदै


  • -इ
  • इ+

काठमाडौँ, फागुन २१ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज सातदोबाटो युथ क्लब र बाँसबारी क्लबबीचको खेल हुँदैछ ।

एन्फा कम्प्लेक्समा दिउँसो १२:१५ मा शुरु हुने खेलमा शीर्ष स्थानमा रहेको सातदोबाटोले अङ्क सुधार गर्दै अग्र स्थानमै सुरक्षित राख्ने प्रयास गर्नेछ ।सातदोबाटो शीर्ष स्थानमा रहेको छ भने बाँसबारी क्लब तेस्रो स्थानमा छ ।

सातदोबाटो २२ अङ्कसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबले पनि २२ अङ्क नै जोडेको छ ।

यस्तै आजै एन्फा कम्प्लेक्समा दिउँसो साढे ३ बजे मध्यपुर युथ एशोसिएसन र पुलचोक स्पोर्टस् क्लबबीच पनि रोमाञ्चक खेल हुँदैछ ।

हालसम्म मध्यपुर ७ अङ्कसहित १० औँ स्थानमा छ भने पुलचोक २ अङ्कसहित अन्तिममा छ ।

 

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares