Thursday, March 28
Shadow

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको जित, मेस्सीले गरे दुई गोल


  • -इ
  • इ+

काठमाडौं , चैत ३ । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । सोमबार राति भएको खेलमा बार्सिलोनाले हुएस्कालाई ४-१ गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल ग रे। त्यस्तै, एन्टोनी ग्रिजम्यान र ओस्कार मिन्गुएजाले १-१ गोल थपे । हुएस्काका राफा मिरले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा नै मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-० गोलको अग्रता दिलाए । ३५ औं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि बार्सिलोनाको अग्रता २-० मा पुग्यो । तर पहिलो हाफको अन्तिम समयमा हुएस्काले पेनाल्टी पायो । पेनाल्टीबाट राफा मिरले गोल गर्दै २-१ को स्थितिमा पुर्याए ।

दोस्रो हाफमा थप दुई गोल गर्दै बार्सिलोनाले हुएस्काविरुद्ध फराकिलो जित निकालेको हो । ५३ औं मिनेटमा ओस्कार मिन्गुएजाले गोल गर्दै बार्सिलोनालाई ३-१ गोलको अग्रता दिलाए । ९० औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ४-१ को जित निकालेको हो ।

यो जितेसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २७ खेलबाट ५९ अंक भएको छ । २७ खेलबाट २० अंक बनाएको हुएस्का भने लिगको पुछारमा छ । शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २७ खेलबाट ६३ अंक छ । तेस्रो स्थानमा झरेको रियल मड्रिडको समान खेलबाट ५७ अंक छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares