Tuesday, April 23
Shadow

टि-२० क्रिकेट सिरिजः भारतविरुद्ध इंग्ल्यान्डको सहज जित


  • -इ
  • इ+

काठमाडौं , चैत ४ । इंग्ल्यान्डले घरेलु टिम भारतलाई टि-२० क्रिकेट सिरिजको तेस्रो खेलमा पराजित गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई आठ विकेटले पराजित गरेको हो ।

नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ४६ बलमा अविजित ७७ रन बनाएका थिए । त्यस्तै, रिषभ पन्तले २५ र हार्दिक पाण्ड्याले १७ रन जोडे। बलिङतर्फ इंग्ल्यान्डका मार्क वोडले तीन र क्रिस जोर्डनले दुई विकेट लिए ।

१५७ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १८.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । इंग्ल्यान्डका जोश बटलरले उत्कृष्ट ब्याटिङ गरे । उनले ५२ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा अविजित ८३ रन बनाए। त्यस्तै, जोनी बैरस्टोवले २८ बलमा अविजित ४० रन जोडे । भारतका वासिङटन सुन्दर र युज्भेन्द्र चाहालले समान १(१ विकेट लिए ।

यो जितसँगै भारतविरुद्ध इंग्ल्यान्डले पाँच खेलको टि-२० क्रिकेट सिरिज २(१ को अग्रता बनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares