Friday, May 3
Shadow

खेलकुद

सन्दीप आइपीएलको छनोटमा असफल, यस कारण परेनन्

सन्दीप आइपीएलको छनोटमा असफल, यस कारण परेनन्

खेलकुद, मुख्य समाचार
काठमाडौं , फागुन ६ । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल)का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए । उनलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेलेका थिए । उनी त्यो बेला रु ३२ लाखमा अनुबन्ध भएका थिए । सन् २०१९ र सन् २०२० मा दिल्लीको टोलीमा रहनुभएका लामिछानेलाई फुकुवा गरेपछि उहाँ यस पटक अक्सनमा सहभागी भएका थिए । सन् २०१८ को आइपीएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिएका थिए । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन ।...
आइपिएलको अक्सन आज, सन्दीपको सम्भावना कस्तो छ ?

आइपिएलको अक्सन आज, सन्दीपको सम्भावना कस्तो छ ?

खेलकुद
काठमाडौँ , फागुन ६ । आगामी सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को खेलाडी अक्सन आज हुदै छ । भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र सुचिकृत भएका छन् । आज सबै नेपाली क्रिकेटप्रेमीको नजर सन्दीपको अक्सनमा हुने देखिन्छ । आइपिएल अक्सनका लागि यस अघिको प्रारम्भिक चरणमा सन्दीप लामिछानेसहित , विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेस्वाकर, अविनाश बोहोरा र दीपेन्द्र सिंह ऐरी गरि ८ नेपाली खेलाडी सुचिकृत भएका थिए, तर अन्तिम सुचीमा भने नेपालबाट सन्दीप मात्र परेका छन् । कुल २९२ खेलाडीको अक्सनबाट बढीमा ६१ खेलाडी विभिन्न फ्रेन्चाईजीले किन्ने छन् । जसमा १६४ भारतीय खेलाडी रहेका छन् भने १२५ विदेशी खेलाडी रहेका छन् । त्यस्तै ३ खेलाडी एसोसियट्स देशका रहेका छन् । अक्सनका लागि छानिएका २९२ खेलाडीमा १० खेलाडीको न्युनतम मुल्य २ करोड रहेको छ भने १२ खेलाडी...
राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

खेलकुद
काठमाडौँ, फागुन ५ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । आजै हुने दोस्रो खेलमा उपाधि दाबेदार एपीएफ र विराटनगर महानगरपालिका खेल्दैछन् ।आर्मी र पुलिसबीचको खेल मध्याह्न १२ बजे सुरु हुनेछ । दोस्रो स्थानमा रहेको आर्मीलाई उपाधिको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । पुलिसलाई पराजित गरेमा आर्मीको उपाधि होड कायम रहनेछ । आर्मी पुलिससँग पराजित भएमा शीर्ष स्थानको एपीएफले दुई खेल अगावै उपाधि जित्नेछ । उपाधि नजिक रहेको एपीएफको ३० अंक रहेको छ । एपीएफले आज अपराह्न ३ बजे विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।...
राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

खेलकुद
काठमाडौँ, फागुन ३ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् भने दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिका खेल्दैछन् । पुलस र एपीएफको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा १२ बजे सुरु हुनेछ । पुलिसविरुद्ध मैदान उत्रदा एपीएफ सहज जित निकाल्ने योजनामा हुनेछ । एपीएफ पुलिसलाई हरयेर उपाधि होड बलियो बनाउन चाहन्छ । पुलिस उपाधि होडबाट बाहिरिसकेको छ । अपराह्न हुने वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाको खेलमा दुबै टोली अंक तालिकामा आफ्नो स्थान सुरक्षित गर्न चाहान्छन् । वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने विराटनगर १० खेलमा १३ अंकसहित पाँचौं स्थानमा छ ।...
राष्ट्रिय महिला लिग फुटबलमा आ दुई खेल हुँदै

राष्ट्रिय महिला लिग फुटबलमा आ दुई खेल हुँदै

खेलकुद, मुख्य समाचार
काठमाडौं , फागुन १ । राष्ट्रिय महिला लिग फुटबलमा शनिबार दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा नेपाल आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गरेको थियो । जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अंक बराबरी गरेको हो । १४ अंक जोडेको पुलिस गोल अन्तरको आधारमा चौंथो स्थानमा छ । चन्द्रपुर ६ अंकसहित छैठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको एपीएफको २४ अंक छ, भने आर्मी २२ अंकसहित दोस्रो स्थानमा छ ।...
आईपीएलको अक्सनका लागि नेपालबाट छानिए सन्दीप

आईपीएलको अक्सनका लागि नेपालबाट छानिए सन्दीप

खेलकुद
काठमाण्डौमाघ ३० । सन् २०२१ को इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालका सन्दीप लामिछाने छानिएका छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै छनौटमा परेका हुन् । अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । सन्दीपले यसअघि आईपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बिहीवार आईपीएलमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको हो ।...
राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

खेलकुद
काठमाडौं, माघ २९ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुनेछन् । एन्फा मैदान सातदोवाटोमा हुने पहिलो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले स्याङ्जाको वालिङ नगरपालिकासँग खेल्नेछ । आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकाको सामना गर्नेछ । जारी लिगमा सशष्त्र प्रहरीको एपिएफ क्लब अहिलेसम्म शत प्रतिशत जितको साथ तालिकाको शिर्ष स्थानमा रहेको छ । ८ खेलबाट उसको २४ अंक भएको छ । हिजो भएको खेलमा एपिएफले रौतहटको चन्दपुर नगरपालिकालाई ८/० ले पराजित ग¥यो । ८ खेलबाट १९ अंक जोडेको आर्मी क्लब दोस्रो स्थानमा रहँदा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाको ८ खेलबाट समान ११ अंक छ । १० अंकको विराटनगर महानगरपालिका पाँचौें, ६ अंकको चन्द्रपुर नगरपालिका छैटौं तथा अंकविहीन चौदण्डीगढी नगरपालिका पुछारमा छ ।...
राष्ट्रिय महिला फुटबल लिगमा एपीएफ विजयी, सावित्राले गरिन् दोहोरो ह्याट्रिक

राष्ट्रिय महिला फुटबल लिगमा एपीएफ विजयी, सावित्राले गरिन् दोहोरो ह्याट्रिक

खेलकुद
काठमाडौँ,माघ २८ । काठमाडौँमा जारी राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली एपीएफको अपराजित यात्रालाई जारी राखेको छ । बुधबार एपीएफले चन्द्रपुर नगरपालिकालाई ८-० गोल अन्तरले पराजित गर्दै लगातार आठौँ जित हासिल गरेको हो । ललितपुरस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफका लागि स्ट्राइकर सावित्रा भण्डारीले ६ गोल गरिन् भने कप्तान अनिता बस्नेतले २ गोल गरिन् । जितसँगै एपीएफले ८ खेलमा २४ अंक बनाएको छ । त्यसैगरी चन्द्रपुरको ८ खेलमा ६ अंक रहेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा छ । लिग अन्तर्गत बिहीबार चौदण्डीगढी र वालिङबीच तथा आर्मी र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।...
राष्ट्रिय महिला लिगमा आज एपीएफ र चन्द्रपुर भिड्दै

राष्ट्रिय महिला लिगमा आज एपीएफ र चन्द्रपुर भिड्दै

खेलकुद
काठमाडौँ, माघ २८ । राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफ र चन्द्रपुर नगरपालिकाबीच खेल हुँदैछ । खेल दिउँसो २ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने सुरु हुनेछ । एपीएफ आज पनि अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ । चन्द्रपुर भने एपीएफको अपराजित यात्रा टुंग्याउन चाहन्छ । लिगको छटौँ स्थानमा चन्द्रपुर ७ खेलमा ६ अंक जोडेको छ ।...
इङलिश प्रिमियर लिगः म्यानचेस्टर सिटीको लिभरपुलमाथि फराकिलो जित

इङलिश प्रिमियर लिगः म्यानचेस्टर सिटीको लिभरपुलमाथि फराकिलो जित

खेलकुद, मुख्य समाचार
काठमाडौँ , माघ २६ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लिभरपुलमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इके गुनडोगनले दुई गोल गरे भने रहीम स्टरलिङ र फिल फोडेनले एक एक गोल गरे । गुनडोगनले दुई गोल गर्ने अघि खेलको ३७औ मिनेटमा पेनाल्टी मिस गरेका थिए । त्यस्तै लिभरपुलका लागि मोहमद सलाहले पेनाल्टी मार्फत एक गोल फर्काएका थिए । यो जितपछि म्यानचेस्टर सिटीले लिगमा आफ्नो अग्रता बढाएको छ । शिर्ष स्थानमा रहेको सिटीको २२ खेलमा ५० अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा ५ अंकले अगाडी रहेको छ । युनाइटेडको २३ खेलमा ४५ अंक रहेको छ । त्यस्तै लिभरपुल यो हारपछि २३ खेलमा ४० अंक सहित चौथो स्थानमा रहेको छ ।...