Thursday, April 25
Shadow

बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदै


  • -इ
  • इ+

काठमाडौं, फागुन २२ । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र टुसाल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ब्वाइज युनियन क्लब १४ अंकसहित लिगको चौंथो स्थानमा छ भने टुसाल ९ अंक जोडेर आठौं स्थानमा छ । आजै हुने अर्को खेलमा खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच खेल हुनेछ ।

प्रतियोगितामा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको खुमलटार श्री भगवतीलाई हराएर शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ । श्री भगवती ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares