काठमाडौँ, फागुन २० । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले संघर्षपूर्ण जित निकालेको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई १-० गोलले पराजित गरेको हो ।
बोर्डोको मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सराबियाले २०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
जितसँगै पीएसजी २८ खेलमा ६० अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । बोर्डो ३३ अंकसहित १५औँ स्थानमा रहेको छ ।