Thursday, May 21
Shadow

खेलकुद

केन्या टुर:  प्रदर्शनमा सुधार गर्न आवश्यक

केन्या टुर: प्रदर्शनमा सुधार गर्न आवश्यक

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले केन्या टुरमा छ । राष्ट्रिय टोलीले केन्यामा पाँच  टी-ट्वान्टी  खेल्दा तीन खेलमा जित निकाल्न सक्यो । नेपालले खेलेका सबै खेलमा ब्याटिङको समस्या देखियो ।नेपाली टोलीको प्रशिक्षकको भूमिकामा आएका मनोज प्रभाकरले आफूले ब्याटिङ समस्या समाधानतर्फ लिने योजना भएको बताएका थिए । तर, अहिले पनि नेपालको ब्याटिङ लाइनमा केही सुधार आएको देखिँदैन । नेपाली टोलीले केन्यासँग हार बेहोरेका दुवै खेलमा नेपालले लक्ष्य पूरा गर्न सकेन । जित निकालेका खेलहरूमा पनि नेपालको ब्याटिङ सन्तोषजनक भएन । नेपालले खेलेका पाँच खेलहरू मध्ये नेपालले सिरिजको अन्तिम खेलमा मात्र सोचे अनुरुप प्रदर्शन गर्न सक्यो । सिरिजमा नेपालमा लागि राष्ट्रिय टोलीमा लागि रोहित कुमार पौडेलले १५६ रन बनाए । उनी सिरिजकै सर्वाधिक रन बनाउने खेलाडी भए । यता पुनरागमन गरेका ज्ञानेन्द्र मल्लले एक अर्धशतक प्रहार गर्दै ...
नवौँ राष्ट्रिय खेलकुद :साठी करोड खर्च हुने अनुमान

नवौँ राष्ट्रिय खेलकुद :साठी करोड खर्च हुने अनुमान

खेलकुद, मुख्य समाचार
काठमाडौं- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदक यसअघि नै तय भइसकेको छ । प्रतियोगिताका सिलसिलामा चार सय आठ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताका लागि लोगो, मस्कट र नारा छनोट भइसकेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब रु ६० करोड बजेटको सुनिश्चिता भएको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने निर्देशिका स्वीकृत, मूल आयोजक समिति र अरु १३ विषयगत उपसमिति गठन तथा कार्यकारी समितिको सचिवालय स्थापनाको काम यसअघि नै सम्पन्न भइसकेको सचिव रेग्मीले बताउनुभयो । प्रतियोगिताका सन्दर्भमा खेलसामग्री, पोशाक, किट ब्यागलगायत खरिदका लागि लागत अनुमान कमिटी गठनमात्र होइन, खरिदका लागि बोलपत्र आह्वान पनि भइसकेको छ । प्रचार–प्रसारको काम पनि यसअघि नै प्रारम्भ गरिसकिएको छ। अहिले खेलस्थलको अनुमगन र निरीक्षण गरी अन्तिम टुङ्गो लगाउने कार्य भइरहेको छ । राष्ट्...

नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाडौँ- मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो । प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।...
नेपालको आईसीसी वरीयता यथावत

नेपालको आईसीसी वरीयता यथावत

खेलकुद, ब्यानर समाचार
काठमाडौं - नेपालको एकदिवसीय अन्तराष्ट्रियको वरीयता यथावत रहेको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालले आफ्नो स्थान यथावत राखेको छ । नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ। एकदिवसीय अन्तराष्ट्रियको वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत रहेको छ । २० राष्ट्र सहभागी वरीयतामा नेपाल १९ औं स्थानमा रहेका छ ।२० औं स्थानमा पपुवा न्युगिनी रहेको छ ।...
टस जितेर ओमनविरुद्ध फिल्डिङ गर्दै नेपाल

टस जितेर ओमनविरुद्ध फिल्डिङ गर्दै नेपाल

खेलकुद, समाचार
काठमाण्डौँ, असोज ३ ओमनमा जारी नेपाल, अमेरिका, ओमन त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र ओमन भिड्न लागेका छन्। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ। खेल अब सवा ४ बाट अल अमरेत मैदानमा सुरु हुने छ। आजको खेलमा नेपालले ओमनविरुद्ध टस जितेर बलिङ रोजेको छ। आजको टिममा पछिल्लो खेलमा भन्दा गुल्सन झा र कुशल मल्ल आउट भएका छन्। उनीहरुको ठाउँमा आरिफ शेख र शरद भेषावकरले स्थान बनाएका छन्। यो खेल प्रशिक्षक डेव वाटमोरको प्रशिक्षणमा नेपालले खेल्ने अन्तिम खेल हो।...
किरण चेम्जोङ एसियाको उत्कृष्ट १० खेलाडीको सूचीमा

किरण चेम्जोङ एसियाको उत्कृष्ट १० खेलाडीको सूचीमा

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, चैत्र २० नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एएफसीकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको एएफसी इन्टरनेसनल प्लेअर अफ दि विकमा किरणसहित १० खेलाडी मनोनयनमा परेका हुन् । यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी समेत बने । एएफसीले पछिल्लो भएका भएका खेलहरुमा गरेको प्रदर्शनका आधारमा यो सूची सार्वजनिक गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबार सम्पन्न थ्री नेशन्स कपमा नेपालले उपाधि जित्दा किरण कप्तान थिए । उनको कप्तानीमा नेपालले पहिलो उपाधि जितेको थियो । जसमा तीन खेल खेल्दा किरणले दुई क्लिनसिट राखे भने एक गोल मात्र व्यहोरे । त्यही प्रदर्शनको आधारमा एएफसीले किरणलाई पनि मनोनयनमा राखेको जनाएको छ ।...
नेपालले जित्यो त्रिदेशीय कप फुटबलको उपाधि

नेपालले जित्यो त्रिदेशीय कप फुटबलको उपाधि

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, चैत्र १६ नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको छ । नेपालले फाइनल खेलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको थियो भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो । नेपालका लागि खेलको १८औं मिनेटमा संजोग राई र खेलको ४२औ मिनेटमा विशाल राईले गोल गरेका थिए । त्यस्तै खेलको ८३औ मिनेटमा बंगलादेशका महबुर रहमानले गोल गरेका थिए । यसअघि खेलेका दुवै खेल गोलरहित बराबरी खेलेको नेपालले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै खेल जितेको थियो । त्यस्तै बंगलादेशले भने कीर्गिस्तान यू-२३ लाई १-० गोलले पराजित गरेको थियो भने नेपालसँग यसअघि गोलरहित बराबरी खेलेको थियो । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशालामा उपस्थित रहेका थिए । प्रधानमन्त्री ओलीले फाइनल खेल पुरै हेरेका थिए । त्यस्तै फाइनल खेलमा न...
विश्वकप फुटबल छनोटमा बेल्जियम विजयी

विश्वकप फुटबल छनोटमा बेल्जियम विजयी

खेलकुद
काठमाडौँ, चैत १२ । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा बेल्जियम विजयी भएको छ । बुधबार राति भएको छनौटको पहिलो खेलमा बेल्जियमले वेल्सलाई ३-१ गोलले पराजित गरेको छ ।बेल्जियमले एक गोलले पछि परेको स्थिति उल्टाएर पुनरागमन जित निकालेको हो । बेल्जियमको जितमा केभिन डी ब्रुएन, थोर्गन हाजार्ड र रोमेलु लुकाकुले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता वेल्सले बनाएको थियो । खेलको ११औँ मिनेटमा ह्यारी विल्सनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको २२औँ मिनेटमा केभिनले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा ल्याए । २८औँ मिनेटमा हाजार्डले गोल गरेपछि बेल्जियमले २-१ को अग्रता बनायो । ७३औँ मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई ३-१ को सहज जित दिलाए । जितसँगै समूह ‘ई’ को बेल्जियमले ३ अंक जोडेको छ । बेल्जियम समूहको दोस्रो स्थानमा रहेको छ ।...
त्रिदेशीय फुटबलमा बंगलादेशको विजयी शुरुवात

त्रिदेशीय फुटबलमा बंगलादेशको विजयी शुरुवात

खेलकुद, मुख्य समाचार
काठमाडौँ, चैत १० । दशरथ रंगशालमा आजबाट शुरु भएको त्रिदेशीय फुटबलमा बंगलादेशले विजयी शुरुवात गरेको छ । बंगलादेश र कीर्गिस्तानबीच भएको उद्घाटन खेलमा बंगलादेश १-० गोल अन्तरले विजयी भएको हो । कीर्गिस्तानको खेलाडीले आत्‍मघाती गोल गरेपछि बंगलादेशले अग्रता लिन सफल भएको थियो । सोही एक गोल नै निर्णायक बन्यो । ३० औं मिनेटमा बंगलादेशले उपहार गोलमा अग्रता बनाएको थियो । किर्गिस्तानका खेलाडीले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरेका थिए । बंगलादेशका मोहमद साद उडिनले गरेको क्रसमा किर्गिस्तानका डिफेन्डर कुमारवज अलु बइमानले आफ्नै पोष्टमा गोल गरेका थिए । त्यसपछि किर्गिस्तानले गोल गर्ने अवसर पाए पनि गोल गर्न सकेन । बिहीबार नेपालले किर्गिस्तानको सामना गर्ने छ। एन्फाको आयोजनामा दशरथ रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक नेपालसहित बङलादेश र किर्गिस्तानको सहभागिता छ। समूह चरणमा शीर्ष दुईमा प...
हेटौँडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीको पोल्टामा, हात पार्यो १० लाख रुपैयाँ

हेटौँडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीको पोल्टामा, हात पार्यो १० लाख रुपैयाँ

खेलकुद
काठमाडौं, चैत ७ । स्थानीय तह सहिद स्मृति गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ लाई १-० गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीले १० लाख रुपैयाँ पुरस्कार हात पारेको छ । रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ ले उपविजेता बन्दै पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो ।प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ का फरवार्ड अमीर श्रेष्ठले बुलेट बाइक हात पारे । आर्मीका लागि कप्तान टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दी म्याच बुढाथोकी घोषित भए । प्रतियोगिताको उत्कृष्ट फरवार्ड मकवानपुरका अञ्जन विष्ट घोषित भए भने उत्कृष्ट प्रशिक्षक नवीन न्यौपाने, उत्कृष्ट डिफेन्स दिपक गुरुङ, मिडफिल्डर सेसेहाङ आङदेवे र गोलकिपर विवश चौधरी त्रिभुवन आर्मीब...