Tuesday, May 7
Shadow

आर्थिक

कपडा तथा सिलाई व्यवसायीको अबस्थाबारे बुझ्न देशव्यापी अभियानमा अध्यक्ष रामकृष्ण श्रेष्ठ

कपडा तथा सिलाई व्यवसायीको अबस्थाबारे बुझ्न देशव्यापी अभियानमा अध्यक्ष रामकृष्ण श्रेष्ठ

आर्थिक, समाचार
काठमाण्डौँ, पुष ९ नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ यति बेला देशव्यापी अभियानमा रहेका छन् । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस अर्थात कोभिड १९ र त्यसले सिर्जना गरेको लकडाउनका कारण देशभरका अन्य व्यवसाय जस्तै कपडा तथा सिलाई व्यवसाय पनि त्यसको प्रत्यक्ष मारका पर्यो । सोहि कारणले पिडामा रहेका व्यवसायीहरुको अबस्थाबारे बुझ्न देशव्यापी अभियानमा रहेका छन् अध्यक्ष श्रेष्ठ । देशभरको ७० जिल्लामा गठित नेपाल कपडा तथा सिलाई व्यवसायी संघ र त्यसमा आवद्ध रहेका व्यवसायीहरु पछिल्लो समय के कस्ता समस्याहरुमा रहेका छन्, व्यवसायलाई के कसरी संचालन गर्दै छन् र वर्तवान परिस्थीतिमा उत्पन्न भएको समस्यालाई कसरी समाधान गर्न सकिन्छ, लगाएतका विषयमा व्यवसायीहरु संगको छलफल तथा भोटघाटलाई जोड दिएर आफु देशव्यापी अभियानमा रहेको अध्यक्ष श्रेष्ठले बताए । देशभरका व्यवसायी...
बिहीबार सुनकाे मुल्यमा वृद्धि

बिहीबार सुनकाे मुल्यमा वृद्धि

आर्थिक
काठमाण्डौ , पुस ९ । नेपाली बजारमा सुनको मूल्यले यात्रा उकालो लागेको छ। बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि तोलाको एक सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ८० रूपैयाँ कायम रहेको महासंघले बताएको छ।...
नेपालमै केहि गर्छु भन्ने युवाको लागि थ्रिकमले ल्यायो नि:शुल्क सिपमुलक तालिम

नेपालमै केहि गर्छु भन्ने युवाको लागि थ्रिकमले ल्यायो नि:शुल्क सिपमुलक तालिम

आर्थिक, टिप्स, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, पुष ९ न्युरोड स्थीत पिपुल पाल्जामा रहेको थ्रिकम केयरले स्वदेशमै बसेर केहि गर्छु भन्ने युवाहरुलाई लक्षित गर्दै नि:शुल्क सिपमुलक तालिम ल्याउने भएको छ । बिगत ७ वर्षदेखी मोबाइल, ल्यापटप रिपेयरिङका साथै मोबाइल, ल्यापटपका पाटपुर्जा विक्रि, वितरण गर्दै आएको यस थ्रिकम केयरले युवा लक्षित आकर्षक प्याकेजको घोषणा गरेको छ । यसै माघ महिनाभित्र १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गर्ने घोषणा गरेको छ । बढ्दो युवा पलायन रोक्नका लागी नेपाल सरकारले नै विशेष पहल गर्न ढिलाई भईरहेको अवस्थामा हामीले त्यसमा इटा थप्नका लागी सानो कदम चालेको थ्रिकम केयरका संचालक बिपिन जयसवालले बताए । १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गर्नुका साथै रोजगारीको ग्यारेन्टी पनि लिएका छन्। साथै कम्पनिबाट तालिम लिएका युवाहरुलाई थ्रिकममै रोजगारीको व्यवस्था समेत गरिएको संचालक जयसवालले बताए । तालिम बारे थप जानका...
५१ प्रतिशत लाभांश दिँदै नेपाल लाइफ इन्स्योरेन्स

५१ प्रतिशत लाभांश दिँदै नेपाल लाइफ इन्स्योरेन्स

आर्थिक, समाचार
काठमाण्डौँ, पुष ८ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र रु. १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो । उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।...
चितवनको  पर्यटन प्रर्वद्धनका लागि पहिलो पटक  घुमौँ सौराहा अभियान सुरु

चितवनको पर्यटन प्रर्वद्धनका लागि पहिलो पटक घुमौँ सौराहा अभियान सुरु

आर्थिक, मनोरञ्जन, समाचार, स्थानिय तह
राजेन्द्र आचार्य / चितवन चितवनको पर्यटकीय नगरी सौराहामा पहिलो पटक पर्यटन प्रर्वद्धनका लागि घुमौँ सौराहा अभियान सुरु गरिने भएको छ । नाकावन्दी, भुकम्प, मुग्लिन नारायणगढ सडक स्तरोन्नतिका कारण मारमा परेको सौराहा कोरोना भाईरससगैँ ठप्प बनेको थियो । जसका लागि होटल व्यवसायीहरुको साझा संस्था क्षेत्रिय होटल संघ सौराहाको आयोजनामा घुमौँ सौराहा अभियान सुरु गरिने भएको हो । आन्तरीक पर्यटन मार्फत क्रमिक रुपमा चलायमान बन्दै गएको सौराहामा पर्यटक आर्कषित प्याकेजसहित देशका विभिन्न भागमा पत्रकार सम्मेलनसगैँ व्यवसायीक भेटघाट राख्दै यहि पुस १० गतेबाट अभियान सुरु गरिने क्षेत्रिय होटल संघका अध्यक्ष दिपक भटट्राईले जानकारी दिए । अभियानको क्रममा पुस १० विराटनगर, पुस ११ जनकपुर, पुस १२ विरगंज विविध कार्यक्रम गरिनेछ । कोरोना भाइरसका कारण पर्यटन उद्योग ठप्प छ अध्यक्ष दिपकले भने, स्वदेशभित्र भने घुम्न र पर्यटकहरुला...
३४ अर्बले बढ्यो रेमिट्यान्स

३४ अर्बले बढ्यो रेमिट्यान्स

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं, पुस ७ । चालू आवको कात्तिकसम्म नेपालमा ३ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी हो । गत आवको कात्तिकसम्म ३ खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार यो अवधिमा डलरमा भित्रिने रेमिट्यान्सको ६ प्रतिशतले वृद्धि भएको छ । चालू आवको चार महिनामा रेमिट्यान्समा भएको वृद्धि तथा आयात १० प्रतिशतले घटेपछि मुलुकको विदेशी मुद्रा सञ्चिति थप वृद्धि भएर १५ खर्ब ६ अर्ब पुगेको छ । विदेशी मुद्राको सञ्चितिले मुलुकको १४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ । आयात १० प्रतिशतले घटेर ४ खर्ब २ अर्बमा सीमित भएको छ । चार महिनामा महँगी दर मौद्रिक नीतिले लक्षित गरेको भन्दा निकै तल छ । मौद्रिक नीतिले वार्षिक मूल्यवृद्धि ७ प्रतिशतमा सीमित पार्ने लक्ष्य लिएको छ । कात्तिकमा यो दर...
नेपाली बजारमा सार्वजनिक भयो पोको एक्स ३ एनएफसी, ३० मिनेटमै ६२ प्रतिशत चार्ज

नेपाली बजारमा सार्वजनिक भयो पोको एक्स ३ एनएफसी, ३० मिनेटमै ६२ प्रतिशत चार्ज

आर्थिक, टिप्स, समाचार, सुचना प्रविधि
काठमाणडौँ, पुष ६ पोको स्मार्टफोन ब्राण्डले ‘पोको एक्स ३ एनएफसी’ नेपालमा सार्वजनिक गरेको छ । यो फोन युवा टेक र गेमका पारखिहरुका लागि फिनिश लाइन डिजाईनमा उपलब्ध रहेको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ पोको एक्स३ लाई नेपालमा सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको बताए । फोनमा क्वालकमको सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशाली ७०० सिरिजको फोरजी प्रोसेसर स्न्यापड्रयाग्न ७३२ जी राखिएको छ । एक चार्जमा दुई दिनसम्म टिक्ने र यसको लागि ह्यान्डसेटको ठूलो ५१६० एमएएच ब्याट्रीको कमाल भएको कोठारीले बताए । फोन क्रायो ४७० अक्टा कोर सीपीयू र एड्रेनो ६१८ सर्वोत्कृष्ट गेमिङ्ग सिरिज जीपीयूमा आधारित भएको कम्पनीले बताएको छ । फोनमा ६.६७ इन्च एफएचडी प्लस डट डिस्प्ले राखीएको छ । फोनमा क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा ६४ मेगापिक्सेल मुख्य क्यामेरा, १३ मेगापिक्सेल अल्ट्रा—वाइड एंगल...
रक्सौल-काठमाण्डौ रेल मार्गको अझैँ टुङ्गो लागेन

रक्सौल-काठमाण्डौ रेल मार्गको अझैँ टुङ्गो लागेन

आर्थिक, मुख्य समाचार
ललित संज्याल-काठमाण्डौँ, पुष ५ भारतको रक्सौल देखि काठमाण्डौ सम्म बन्न लागेको रेल मार्गको सम्झौता २ बर्ष अगाडि भएको थियो । त्यसको प्रतिबेदन डि पि आर अझै तयार हुन सकेको छैन । भारतले डि पि आर बनाउन प्रस्ताप गरेको ४ महिना पछि उक्त पत्रमा यो महिना भित्र हस्ताक्षर गरिने भनिएता पनि कुन प्रविधि अपनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन । भारतले आफ्नै लगानिमा बनाउन लागेको उक्त रेलमार्गको लम्बाई १३६ किलो मिटर रहेको छ । त्यसमा पनि ४२ किलोमिटर शुरुङ मार्ग बनाइने भनिएको छ । रेलमार्गको अध्यान भने अहिले सम्म गरिएको छैन । भौतिक, पूर्वाधार तथा यातायत मन्त्रालयका अनुसार, भारतले रोडगेज प्रविधि अनुसार बनाउने चाहाना गरेको छ । भारतको आफ्नै प्रविधि भएकाले उस्को चाहना अनुरुप चल्नु पर्ने भएको छ । स्टयान्डरगेजको जस्तो गतिमा रेललाई गुडाउन भने मिल्दैन । किन भने रोडगेज रेलको लिगको लम्बाई ५ ५ फिटको दुरीमा हुन्छ । स...
अब कार्डबिनै एटीएमबाट रकम झिक्न मिल्ने, लक्ष्मी बैंकले ल्यायो यस्तो व्यवस्था

अब कार्डबिनै एटीएमबाट रकम झिक्न मिल्ने, लक्ष्मी बैंकले ल्यायो यस्तो व्यवस्था

आर्थिक, टिप्स, ब्यानर समाचार 2, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, पुष ५ डिजिटल बैंकिङ प्रविधि विस्तार गर्ने अभियानको क्रममा एटीएम कार्डको विकल्पका रुपमा नयाँ प्रविधि भित्र्याएको छ । अब बैंकका ग्राहकले बैंकका एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने भएको हो । लक्ष्मी बैंकले वालेटलाई पूर्ण डिजिटल बनाउने तयारी गरिरहेको दाबी गरेको छ । कार्डबिनै एटीएमबाट पैसा झिक्न मिल्ने व्यवस्था नेपालमा लक्ष्मी बैंकले पहिलो पटक गरेको हो । बैंकको 'मोबाईल मनि' नामको एप प्रयोगकर्ताले एटीएमबाट कार्डबिनै पैसा झिक्न छक्छन् । कार्डबिनै कसरी झिक्ने ? यो सुविधा प्रयोग गर्न खासै गाह्रो छैन । बैंकका अनुसार मोबाइल मनिमा लगइन गर्ने बितिकै 'कार्डलेस विथड्र' भन्ने अप्सन देखिन्छ र त्यसमा क्लिक गरेर चाहेजतिको रकम इन्टर गर्नुपर्छ । त्यसपछि 'कन्फर्म' गर्नका लागि पिन वा फिंगरप्रिन्ट स्क्यान गर्नुर्छ । यति गरिसकेपछि फोनमा ओटीपी कोड प्राप्त हुन्छ । एटीएम बुथमा 'कार्डरहित' भन्ने...
घोडाघोडि नगरपालिका १ मा रिङरोड निर्माण कार्य सुरु हुँदै

घोडाघोडि नगरपालिका १ मा रिङरोड निर्माण कार्य सुरु हुँदै

आर्थिक, समाचार, स्थानिय तह
ललित संज्याल/काठमाण्डौँ, पुष ३ घोडाघोडि नगरपालिका वडा नं १ मा रिङरोड निर्माण हुने भएको छ। करीब १२ कि मि निर्माण हुन लागेको रिङरोड २ करोड ७२ लाख भएता पनि भ्याट सहित ४०५ वेलो अर्थात् १ करोड ५८ लाख मा रेखा निर्माणका सञ्चालक जनक बहादुर शाही सँग ठेक्का सम्झौता भएको छ । गत पुष महिनाको अन्तिम शुक्रबार सम्झौता गरिएको रिङरोड पहिलो चरणमा ३.५६ किमी लम्बाई र चौडाई ५.५ मि मात्र कालो पत्रे हुने भएको छ बाकि निर्माण कार्य आगामि आ । ब। मा हुने नगरपालिकाका इन्जिनियर सन्तोष चन्दले बताए। वडा नं १ का अध्यक्ष मनराज शहिको पहलमा ल्याइएको आयोजनाले १ नम्बर वडाबासि र सेबाग्राहिहरु ह्र्सित भएका छन् ।...