Tuesday, January 19
Shadow

सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गर्दै ग्लोवल सहकारीको नवौ वार्षिक साधारणसभा सम्पन्न


  • -इ
  • इ+


काठमाडौँ, पुष ११
नुवाकोटको विदुर ४ बट्टारमा रहेको ग्लोवल उपभोक्ता सहकारी संस्थालिमिटेडको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी तिन वर्षका लागि सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा पवन नेपाल, विष्णुहरी अर्याल र देवनारायण चित्रकारलाई चयन गरेको छ । समितिका सदस्यहरुमा सुदर्शनमान दुवाल, रघुनाथ रिमाल, उसनमान श्रेष्ठ, सर्जु श्रेष्ठ र राजकुमार श्रेष्ठलाई चयन गरेको छ । यस्तै, अधिबेशनवाट सरोज डंगोलको संयोजकत्वमा शर्मिला डंगोल र भवानी भट्ट सदस्य रहेको लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको निर्वाचन अधिकृत शिशिरकुमार लामिछानेले जानकारी दिए । साधारणसभाको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य हरिकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।

साधारणसभा उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुप्रसाद रिमालले वार्षिक प्रतिवेदन तथा भावी योजना, कोषाध्यक्ष देवनारायण चित्रकारले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गजेन्द्र खड्काले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा हाल १ हजार ५ सय ८० जना सेयर सदस्यको १ करोड २४ लाख ३५ हजार नौ सय रुपैयाँ सेयरपुँजी रहेको प्रतिवेदनमा जनाईएको छ । संस्थाले गत आवमा ९ लाख ११ हजार २ सय ४१ रुपैयाँ नाफा आर्जन गरेको कोषाध्यक्ष चित्रकारको प्रतिवेदनमा जनाईएको छ ।

साधारणसभामा संस्थाका सदस्य सुदर्शनमान दुवाल, पुरुषोत्तम सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्