Thursday, March 28
Shadow

नेपालमै केहि गर्छु भन्ने युवाको लागि थ्रिकमले ल्यायो नि:शुल्क सिपमुलक तालिम


  • -इ
  • इ+


काठमाण्डौँ, पुष ९
न्युरोड स्थीत पिपुल पाल्जामा रहेको थ्रिकम केयरले स्वदेशमै बसेर केहि गर्छु भन्ने युवाहरुलाई लक्षित गर्दै नि:शुल्क सिपमुलक तालिम ल्याउने भएको छ ।

बिगत ७ वर्षदेखी मोबाइल, ल्यापटप रिपेयरिङका साथै मोबाइल, ल्यापटपका पाटपुर्जा विक्रि, वितरण गर्दै आएको यस थ्रिकम केयरले युवा लक्षित आकर्षक प्याकेजको घोषणा गरेको छ । यसै माघ महिनाभित्र १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गर्ने घोषणा गरेको छ ।

बढ्दो युवा पलायन रोक्नका लागी नेपाल सरकारले नै विशेष पहल गर्न ढिलाई भईरहेको अवस्थामा हामीले त्यसमा इटा थप्नका लागी सानो कदम चालेको थ्रिकम केयरका संचालक बिपिन जयसवालले बताए । १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गर्नुका साथै रोजगारीको ग्यारेन्टी पनि लिएका छन्। साथै कम्पनिबाट तालिम लिएका युवाहरुलाई थ्रिकममै रोजगारीको व्यवस्था समेत गरिएको संचालक जयसवालले बताए । तालिम बारे थप जानकारी आवश्यक परेमा ९८०१०३७०४० र ९८५१२३७०४० मा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares