Friday, April 26
Shadow

आर्थिक

 सोमबार फेरी बढ्याे सुनकाे भाउ, हेर्नुस कती पुग्याे?

 सोमबार फेरी बढ्याे सुनकाे भाउ, हेर्नुस कती पुग्याे?

आर्थिक
काठमाण्डौँ, पुष १३ सोमबार  छापावालतोलामा ७०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि तोलामा ९४ हजार २०० रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९४ हजार ९०० रुपैयाँ पुगेको हो । सोही परिमाणको तेजावी सुनलाई भने आज प्रतितोला ९४ हजार ४०० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ समेत बढेको छ । हिजो आइतबार तोलामा एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार ३१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।...
वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी

आर्थिक, टिप्स, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १३ वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक एक हजार एक सय ५२ जना कर्मचारी मागेको छ । प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । वाग्मती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ । आज माग गरिएका कर्मचारीहरु वाग्मती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि रहेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ ५ सय ३८ जना, ज्येष्ठतातर्फ ४ सय ७ जना, कार्यक्षमतातर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ । वाग्मती प्रदेश लोकसेवा आयोग गठन भएपछि कर्मचारी माग गरिएको यो दोस्रो पटक हो ।...
पहिलो चरणमा नौ लाखलाई खोप  , तर किन्न पैसा अपुग

पहिलो चरणमा नौ लाखलाई खोप , तर किन्न पैसा अपुग

आर्थिक, ब्यानर समाचार
काठमाडौं , पुस १३ । सरकारले खोप पाएको खण्डमा तीन चरणमा लगाउने कार्ययोजना बनाएको छ । पहिलो चरणमा कोभ्याक्स सुविधाअन्तर्गत सहुलियत मूल्यमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई लगाइनेछ । उनीहरूका लागि १८ लाख ४२ हजार नौ सय ५१ भायल ल्याउन ८९ करोड ९९ लाख ३१ हजार सात सय आठ रुपैयाँ लाग्नेछ । पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई लगाइनेछ । दोस्रो चरणमा जसमा रोगको उच्च घातक दरका भएका ५५ वर्षमाथिका सबै ज्येष्ठ नागरिक, ४० देखि ५४ वर्षका दीर्घरोगी र दीर्घरोग भएका प्रवासी कामदार गरी १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार दुई सय ६९ जनालाई खोप लगाइनेछ । उनीहरूका लागि एक करोड चार लाख ४३ हजार एक सय ८५ डोज आवश्यक पर्नेछ । यसका लागि पाँच अर्ब नौ करोड ९६ लाख १२ हजार ६ सय ६१ रुपैयाँ लाग्नेछ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो र दोस्रो चरणमा को...
स्वदेशमै रोजगारी सिर्जना गर्छु: श्रममन्त्री  चौधरी

स्वदेशमै रोजगारी सिर्जना गर्छु: श्रममन्त्री चौधरी

आर्थिक, ब्यानर समाचार 2, राजनिती, समाज
काठमाण्डौं, पुष १२। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताएका छन्। मन्त्रालयमा आज पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताए। “कोरोनाले व्यापार व्यवसाय नराम्ररी प्रभावित भएका छन्, रोजगारी कटौती भएको अवस्था छ, स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लागि पर्छु”, उनले भने । मन्त्री चौधरीले आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लैजाने बताए । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न आफू क्रि...
मल नपाएर हैरान हुनुहुन्छ? हेर्नुस,कहिले आइपुग्छ मल

मल नपाएर हैरान हुनुहुन्छ? हेर्नुस,कहिले आइपुग्छ मल

आर्थिक, मुख्य समाचार, समाज
काठमाण्डौं, पुष १२। बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच जीटुजी मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी ९प्रतितपत्र० खोल्ने काम शुरु भएको जनाएको छ । मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रबार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको जनाएको छ । नेपालमा एलसी खोलेको जानकारी गराएपछि बङ्गलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी गर्ने जानकारी आएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै देशले एलसी खोलेको १५ दिनभित्रमा मल खरिद शुरु हुनेछ । “बङ्गलादेशमा गएर सम्झौता गरेपछि मल आउने ढुक्क भएको छ, हामी जतिसक्दो छिटो खरिद गर्ने तयारीमा छौँ, पुस अन्तिमसाता पहिलो लटको मल नेपाल ...
कति छ आज सुनचाँदीको मूल्य?

कति छ आज सुनचाँदीको मूल्य?

आर्थिक
काठमाडौँ ,पौष १२ आज सुनचाँदीको मूल्यमा स्थिर रहेको छ। शुक्रबारकै मुल्यमा छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुनलाई ९३ हजार ७०० रुपैयाँ पर्नेछ । त्यस्तै, आज चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गर्दै ग्लोवल सहकारीको नवौ वार्षिक साधारणसभा  सम्पन्न

सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गर्दै ग्लोवल सहकारीको नवौ वार्षिक साधारणसभा सम्पन्न

आर्थिक, समाचार, स्थानिय तह
काठमाडौँ, पुष ११ नुवाकोटको विदुर ४ बट्टारमा रहेको ग्लोवल उपभोक्ता सहकारी संस्थालिमिटेडको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी तिन वर्षका लागि सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा पवन नेपाल, विष्णुहरी अर्याल र देवनारायण चित्रकारलाई चयन गरेको छ । समितिका सदस्यहरुमा सुदर्शनमान दुवाल, रघुनाथ रिमाल, उसनमान श्रेष्ठ, सर्जु श्रेष्ठ र राजकुमार श्रेष्ठलाई चयन गरेको छ । यस्तै, अधिबेशनवाट सरोज डंगोलको संयोजकत्वमा शर्मिला डंगोल र भवानी भट्ट सदस्य रहेको लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको निर्वाचन अधिकृत शिशिरकुमार लामिछानेले जानकारी दिए । साधारणसभाको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य हरिकृष्ण श्रेष्ठले गर्नुभएको थियो । साधारणसभा उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुप्रसाद रिमालले वार्षि...
कृषि प्रधान देशका कृषकको समस्या बुझ्ने समय छैन सरकारलाइ

कृषि प्रधान देशका कृषकको समस्या बुझ्ने समय छैन सरकारलाइ

आर्थिक, कृर्षि, ब्यानर समाचार, राजनिती, समाचार, समाज
  काठमाडौँ, पुष ११ करिब एक महिना अगाडिबाट माइतिघर मण्डलमा न्यायका लागि धर्ना बसेका उखु किसान आजसम्म माइतिघर मण्डलमा व्यानरका साथ धर्ना बसिरहेका छ्न। सरकारले न्यायको लागि पहल गरिने बताएको छ तर किसान अघिल्ला बर्ष जस्तै सरकारी तहबाट हुने पहल आशा मात्रै हुने भन्दै धर्ना बसेको बताउछ्न। सानो छ खेत सानो बारी सानै छ जहान नगरी काम पुग्दैन खान साझ र बिहान, तपाईं हिटर तापेर पैसा ल्याइदिनु हामिलाई चप्पलमा नै न्यानो हुन्छ सरकार, जस्ता भनाइका व्यानर टासेर धर्नामा रहेका किसानका आर्थक बर्ष २०७१्७२ मा नेपाल सरकारले गरेको अनुदान रकम रु २५ प्रती क्विन्टल कार्यन्वयन गर्ने, २०७२्७३, २०७३्७४ मा नेपाल सरकारले निर्णय गरेको दर अनुसारको बक्यौता रकम किसानलाई फिर्ता गर्ने लगाएतका माग राखेका छ्न। ...
नारायणगढ-मुग्लिन सडकका पुल निर्माणले गति लियो

नारायणगढ-मुग्लिन सडकका पुल निर्माणले गति लियो

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । नारायणगढ- मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ । एउटा पुल अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलका लागि गएको चैतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्शनले ठेक्का स्वीकार गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर सविना रानाभाटका अनुसार ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् । प्याकेज–१ को कूल ठेक्क...
स्थानियतहमा लुटको खेती :  सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै

स्थानियतहमा लुटको खेती : सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी भ्रष्टाचार सम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ । आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनतर्फ सबैभन्दा धेरै उजुरी परेको पाइएको जानकारी दिए। शिक्षा क्षेत्रमा १६.३६, भूमि प्रशासनमा ८.२९ प्रतिशत उजुरी परेका छन् । त्यस्तै, दर्ता उजुरीमध्ये वन तथा वातावरणसँग सम्बन्धित ४.२१, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ४.०७ र गृह प्रशासनसँग सम्बन्धित ३.६५ प्रतिशत छन् । भौतिक पूर्वाधार तथा यातायाततर्फ ३।५९, ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फ २.६६, अर्थतर्फ २.१७ प्रतिशत उजुरी परेका छन् ।...