Sunday, May 19
Shadow

आर्थिक

घोडाघोडि नगरपालिका १ मा रिङरोड निर्माण कार्य सुरु हुँदै

घोडाघोडि नगरपालिका १ मा रिङरोड निर्माण कार्य सुरु हुँदै

आर्थिक, समाचार, स्थानिय तह
ललित संज्याल/काठमाण्डौँ, पुष ३ घोडाघोडि नगरपालिका वडा नं १ मा रिङरोड निर्माण हुने भएको छ। करीब १२ कि मि निर्माण हुन लागेको रिङरोड २ करोड ७२ लाख भएता पनि भ्याट सहित ४०५ वेलो अर्थात् १ करोड ५८ लाख मा रेखा निर्माणका सञ्चालक जनक बहादुर शाही सँग ठेक्का सम्झौता भएको छ । गत पुष महिनाको अन्तिम शुक्रबार सम्झौता गरिएको रिङरोड पहिलो चरणमा ३.५६ किमी लम्बाई र चौडाई ५.५ मि मात्र कालो पत्रे हुने भएको छ बाकि निर्माण कार्य आगामि आ । ब। मा हुने नगरपालिकाका इन्जिनियर सन्तोष चन्दले बताए। वडा नं १ का अध्यक्ष मनराज शहिको पहलमा ल्याइएको आयोजनाले १ नम्बर वडाबासि र सेबाग्राहिहरु ह्र्सित भएका छन् ।...
मानव विकास सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकको पाँचौं स्थानमा

मानव विकास सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकको पाँचौं स्थानमा

आर्थिक, जिवनसैली, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष १ नेपालले मानव विकास सूचकमा पाँच स्थान सुधार गर्दै १४२ औं स्थान पाउन सकेको छ। राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले बुधवार जारी गरेको सूचकांकमा नेपाल १४७ औं स्थानबाट पाँच स्थान सुधार गर्दै १४२ औं स्थानमा उक्लेको हो। १८९ देशहरु समावेश मानव विकास सूचकांकमा ०.६०२ सूचक प्राप्त गरेको नेपाललाई मध्यम मानव विकास सूचीमा राखिएको छ। विश्वको औशत सूचकभन्दा नेपाल अझ धेरै तल नै छ। विश्वव्यापी तुलना गर्दा विश्वभर ०.७३७ सूचक प्राप्त छ। त्यस्तै लैंगिक विकास सूचक विश्वमा ०.९४३ हुँदा नेपालको ०.९३३ रहेको छ। मानव विकास सूचकांकमा औशत नेपालीको आयु ७०.८ वर्ष पुगेको छ। १९९० मा ५४.४ वर्ष रहेकोमा २०१८ मा ७०.५ वर्ष थियो। यूएनडीपीले दीर्घ स्थास्थ्य जीवन र औशत आयु, शिक्षा, आम्दानी, मानव अधिकार, सामाजिक सुरक्षा लगायतका आधारमा हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ। बुधवार एक क...
अब भाइबरबाटै पैसा पठाउन सकिने

अब भाइबरबाटै पैसा पठाउन सकिने

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष १ अब भाइबरबाटै पैसा पठाउन र रिचार्ज गर्न सकिने भएको छ। भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबर बीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको हो। यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरि टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन्। यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलो पटक भएको छ। यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ। भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत वा अधिकतम सय रूपैयाँसम्म क्यास ब्याक पाउँनेछन्। यस्तै ५० रूपैयाँ ट्रान्सफर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ।...
काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य

काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य

आर्थिक, कृर्षि, मुख्य समाचार, समाज
ललित संज्याल/काठमाण्डौँ, मंसिर ३० काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य भएका छन् । काठमाण्डौमा आन्दोलित किसानले आन्दोलन लाइ पनु शुरु गरेका छन् । जब सम्म किसानहरुको माग पुरा हुदैन तब सम्म उखु मिल सन्चालमा न आउने अडान लिएका किसानहरुले २०७१ साल देखिको पैसा नपाएको गुनासो गर्दै आएका छन् । गत बर्ष मंसिरमा सरकार र उखु किसान बिच ५ बुदे सम्झौता भएको १ बर्ष पुग्नै लाग्दा पनि किसानहरुको कुनै माग कार्यान्वयन र सुनुवाई नभएको हुनाले किसानहरु पुन काठमाण्डौको माईति घर मण्डलामा आन्दोलन गर्न बाध्य भएका छन । सर्लाहि देखि आएका उखु किसानको माग पुरा गरेरै घर जाने अठोट गरेका छन । बिगत १ बर्ष देखिको रकम पाउन बाँकि रहेका किसानहरु भन्छन, मिहिनेत गरेको एक पैसा पनि न छोड्ने बताएका छन । सरकारले यसरी पैसा नदिदा घर ब्यवहार चलाउन निकै कठिन भएको छ । बाल बच्चाको पढाई खर्च टार्न धेरै मुस्कील हुदै...
सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश वितरण गर्ने

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर ३० सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट ७.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस सेयर २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। २९ मंसिर २०७७ मा बसेको बैंकको ३२६ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ।...
शिखर इन्स्योरेन्सले सुरु गर्‍यो ‘अटो प्लस’ बीमा योजना

शिखर इन्स्योरेन्सले सुरु गर्‍यो ‘अटो प्लस’ बीमा योजना

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर २९ शिखर इन्स्योरेन्सले ‘अटो प्लस’ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले सोमबार राजधानीमा एक कार्यक्रम गरी उक्त योजना सार्वजनिक गरेको हो। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्स कम्पनीले आजबाट औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बीमा योजना शुभारम्भ गरेका हुन्। शिखर अटो प्लस बीमा योजनामा दुर्घटनामा हुने ह्रास कट्टी फिर्ता, मर्मतको समयमा ट्याक्सी खर्च र पूर्ण क्षतिमा नयाँ सवारी साधन दिने सुविधा समावेश भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले जानकारी दिए। कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले कोरोना शिखर इन्स्योरेन्सले अटो बीमाको क्षेत्रमा नयाँ योजना सार्वजनिक गरेको बताए। उनले यसअघि नेपालमा नरहेको बीमा योजना उक्त कम्पनीले सार्वजनिक गरेको जानकारी दिए। त्यसैगरी, कार्यक्रममा शिखर इन्स्योरेन्सका अध्यक्ष राजेन्द्रप्...
पुस १० देखि फिल्म हल सञ्चालन गर्ने चलचित्र संघको निर्णय

पुस १० देखि फिल्म हल सञ्चालन गर्ने चलचित्र संघको निर्णय

आर्थिक, ब्यानर समाचार, मनोरञ्जन, समाचार
काठमाण्डौँ, मंसिर २९ नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ भने विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ । कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो भने यसअघि नै विभिन्न क्षेत्र खुला गरिएपनि संक्रमणको जोखिमका कारण फिल्म हल खुलाउने निर्णय गरेको छैन ।...
बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल

बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
जसिन्द्र श्रीपाली, काठमाण्डौं मंसिर २६ पश्चिम बाग्लुङ्गको तमानखोला गाउपालीका ५ खुखांनीमा ३३३ मिटर लामो पुल बने संगै ओझेमा परेको खुखांनी गाँउ बिस्तारै चर्चामा आउन थालेको हो । नेपाल सरकार सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विभागको सहयोगमा निर्मित यस ठूलोबिसाउना झोलुंगे पुल निर्मार्ण सकिए संगै यहा घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । १०० मे. टन अर्थात ७१९ जना पदयात्री भारवहन क्षमता भएको उक्त ठूलोबिसाउना पुलमा घुम्न आउने आन्तरिक पर्यटक लाई मनोरञ्जन संगै स्थानीय लाई समेत राहत पुगेको छ। ठूलोबिसाउना देखि देविस्थान मन्दिर (जुईधारा)सम्म जोडिएको यो पुल निर्माण भए संगै १ घण्टा लामो र उकालो बाटो हिड्नुपर्ने झन्झट हटेर २० मिनेटमा सरर आसपासको दृश्य अवलोकन गर्दै पुलको यात्रा गर्न पाएकोमा आफुहरु निकै खुशि रहेको स्थानीयको भनाई रहेको छ । ठूलोबिसाउना पु...
श्रीराज कलेक्सनको विज्ञापनमा एदुमे र सरापेले गरे यस्तो अभिनय (भिडियो सहित)

श्रीराज कलेक्सनको विज्ञापनमा एदुमे र सरापेले गरे यस्तो अभिनय (भिडियो सहित)

आर्थिक, मनोरञ्जन, समाचार
काठमाण्डौँ, मंसिर २६ श्रीराज कलेक्सनको विज्ञापनमा सुबोध गौतम (एदुमे) र यादव देवकोटा (सरापे)ले यथार्तपरक अभिनय गरेका छन् । सबै आम दर्शकलाई हसाई रहने यी दुई हास्य कलाकारले उक्त अभिनयमा मार्मिकता प्रस्तुत गरेका छन । अभिनयमा सुबोध गौतम (एदुमे) एक शिक्षकको भुमिकामा छन् भने यादव देवकोटा (सरापे) अभिभावकको साथै एक व्यापारीको भुमिकामा प्रस्तुत भएका छन् । शिक्षक एदुमे एक दिन कक्षामा पुग्छन् र राष्ट्रियता सथै पोषाकको भुमिका र महत्व बारेमा विद्यार्थीलाई पाठ शिकाउन थाल्छन् । तर उनले लगाएको कोट च्यातिएको थियो । विद्यार्थीहरुले त्यसलाई लिएर सरलाई नै मजाक बनाई रहेका थिए । जब उनी कक्षाबाट निस्कनछन् र सिधै काठमाण्डौ स्थीत नरदेविमा रहेको श्रीराज कलेक्सन, सटिङ,सुटिङ एण्ड टेलरिङ सेन्टर पुगे । निरास हुदैँ श्रीराज कलेक्सन पुगेका शिक्षकको भेट भयो सरापे संग । ग्राहक आए पछि मख्ख परेका सरापे, जब शिक्षकले च्...
मनकारी मेयर देबकुमार नेपालीले ब्यक्तिगत खर्चमा एम्बुलेन्स किनेर नगरपालीकालाई  दिए

मनकारी मेयर देबकुमार नेपालीले ब्यक्तिगत खर्चमा एम्बुलेन्स किनेर नगरपालीकालाई दिए

आर्थिक, मुख्य समाचार, स्थानिय तह, स्वास्थ्य
जसिन्द्र श्रीपाली, काठमाडौं मंसिर २५ ढोरपाटन नगरपालिका बाग्लुङका मेयर देवकुमार नेपालीले ब्यक्तिगत खर्चमा एम्बुलेन्स किनेर नगरपालिकालाई हस्तान्तरण गर्ने भएका छन । मेयर नेपालीले आफू उमेदवार हुनेबेला जनतालाई गरेको बाचा मध्य यो अन्तिम बाचा भएको बताउनु भएको छ। पश्चिम् बाग्लुङमा एम्बुलेन्सको अभाव भए संगै आफुले जनतामुखी बनेर एम्बुलेन्स हस्तान्तरण गर्न लागेको बताउनुभएको हो । मेयर नेपालीले इन्टभ्यु नेपाल संग बोल्दै भन्नुभएको छ म नगरबासिको दुखको निमित्त जस्तोसुकै परिस्थितिको समेत सामना गर्न तयार छु , मैले यो भन्दा पहिलेपनी सुत्केरी , अशक्त र वृद्ध हरुको निमित्त पटकपटक ब्यक्तिगत खर्चमा हेलिकप्टर मार्फत उद्वार गरेको जानकारी दिनुभएको छ। राजस्व छुट गरि ११ लाख ५७ हजार खर्चमा खरिद गरिएको एम्बुलेन्स नेपाल ल्याएर थप ब्यवस्थापन गर्दा करिव १२ लाख बराबर खर्च भएको र उक्त खर्च सबै मेयर नेपालीको ब्यक्तिगत...