Saturday, April 27
Shadow

स्थानियतहमा लुटको खेती : सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै


  • -इ
  • इ+

काठमाडौं, पुस १० । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी भ्रष्टाचार सम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ । आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनतर्फ सबैभन्दा धेरै उजुरी परेको पाइएको जानकारी दिए। शिक्षा क्षेत्रमा १६.३६, भूमि प्रशासनमा ८.२९ प्रतिशत उजुरी परेका छन् । त्यस्तै, दर्ता उजुरीमध्ये वन तथा वातावरणसँग सम्बन्धित ४.२१, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ४.०७ र गृह प्रशासनसँग सम्बन्धित ३.६५ प्रतिशत छन् ।

भौतिक पूर्वाधार तथा यातायाततर्फ ३।५९, ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फ २.६६, अर्थतर्फ २.१७ प्रतिशत उजुरी परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ७।६३, गैरकानुनी सम्पत्ति आर्जनतर्फ ६.३७ र अन्य निकायसँग सम्बन्धित उजुरी १०.९४ प्रतिशत छन् ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी प्रदेश २ मा २३.८७ प्रतिशत उजुरी दर्ता भएका छन्। संघीय राजधानी रहेको बागमती प्रदेशमा १९.५९, लुम्बिनीमा १०।७९ र सुदूरपश्चिममा ८.४४ प्रतिशत उजुरी परेका छन् । त्यस्तै, प्रदेश १ मा ९.८२, गण्डकीमा ५.३५ र कर्णालीमा ५.८२ प्रतिशत उजुरी दर्ता परेको आयोगका प्रवक्ता अधिकारीले बताए । यो खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ । अख्तियारले ०७६र७७ मा ६ सय ८७ विस्तृत अनुसन्धान गरेको छ। जसमा ४४१ ९६४.२ प्रतिशत० मुद्दा दर्ता गरियो भने सम्बन्धित निकायलाई ११३ ९१६.५ प्रतिशत० सुझावसहित लेखेर पठाइएको छ। १२४ ९१८ प्रतिशत० तामेलीमा र ९ वटा ९१.३ प्रतिशत० मुल्तबीमा राखिएको छ।

३० वर्षको इतिहासमा सबैभन्दा बढी मुद्दा

आयोगले ०७६र७७ मा इतिहासकै सबैभन्दा बढी मुद्दा चलाएको छ। अख्तियारले ४ सय ४१ मुद्दा विशेष अदालतमा दर्ता गरेको छ। जसमा घुसमा २०५, नक्कली शैक्षिक प्रमाणपत्रमा ८५, सार्वजनिक सम्पत्तिको हानि–नोक्सानीमा ७५, गैरकानुनी लाभहानितर्फ ३६, राजस्व हिनामिनातर्फ १२, गैरकानुनी सम्पत्तिमा १८ र विविधमा १० वटा मुद्दा चलाइएको प्रतिवेदनमा छ। अख्तियारले स्थापनादेखि हालसम्मको अवधिमा २ हजार ८ सय ७८ मुद्दा चलाएको छ। जसमा औसतमा प्रतिवर्ष करिब ९६ वटा पर्छ।

विशेष अदालतमा दायर भएका ४ सय ४१ मुद्दामा जम्मा १ हजार २ सय १२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूबाट २ अर्ब ५३ करोड ६६ लाख ९८ हजार २६८ रुपैयाँ बिगो मागदाबी गरिएको छ। यीमध्ये ३ मन्त्री, ९ विशिष्ट श्रेणीका कर्मचारी ९ र अधिकृत स्तरका ३५५, सहायकरसहयोगी कर्मचारी ४४०, निर्वाचितरमनोनीत पदाधिकारी ७० र मतियाररबिचौलियारअन्य ३३५ जनामा छन्।

प्रवक्ता अधिकारीले ७७० जना मतियार, बिचौलियासहित अधिकृत स्तरका रहेको बताए। ‘७७० अधिकृत स्तरका छन्, भने बाँकी ४४२ जना सहायकस्तरका कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ’, उनले भने।

१ लाखसम्म बिगो भएका मुद्दा १५३ वटा छन् भने १ करोडभन्दा बढी बिगो भएका मुद्दा २९ छन्। अकुत सम्पत्ति आर्जनतर्फ १८ वटा मुद्दा गरी १ अर्ब ९ करोड ६१ लाख ९४ हजार बिगो मागदाबी गरिएको छ।

सेवाग्राहीको घुससम्बन्धी उजुरीका आधारमा १८१ स्टिङ अपरेसन गरिएको थियो। त्यसमा २७७ व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान एवं अभियोजन गरिएको छ। जसमा विशिष्ट श्रेणीकादेखि सहायकस्तरसम्मका २०८ कर्मचारी १४ जना, निर्वाचित एवं मनोनीत पदाधिकारी तथा ५५ जना बिचौलिया तथा मतियार छन्।

२५ हजारभन्दा बढी उजुरी

०७६र७७ मा आयोगमा २५ हजार १५२ उजुरी परेका छन्। जसमा ८ हजार ५५८ उजुरी ०७५र७६ बाट जिम्मेवारी सरेर आएका थिए। १६ हजार ५९४ उजुरी ०७६र७७ मा प्राप्त भएका हुन्। जसमा १४ हजार १२ आयोगको केन्द्रीय कार्यालयमा र ११ हजार १४० मातहतका कार्यालयमा उजुरी परेको प्रवक्ता अधिकारीले बताए।

कुल उजुरीमा १६ हजार ९५२ अर्थात् ६७।५ प्रतिशत उजरी फस्र्योट भएको छ। ३२।५ प्रतिशत ८ हजार २ सय ०७७र७८ मा सरेका छन्। फस्र्योट भएका १६ हजार ९५२ उजुरीमध्ये ९ हजार ३८७ प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको अधिकारीले बताए। जसमा ७८६ उजुरी सुझावसहित तामेलीमा पठाइएको छ। फस्र्योट भएका उजुरीमध्ये ११४३ को विस्तृत अनुसन्धान गर्ने निर्णय भएको छ। ५ हजार ६३६ उजुरी अन्य आवश्यक कारबाही भएका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares