Friday, April 26
Shadow

५१ प्रतिशत लाभांश दिँदै नेपाल लाइफ इन्स्योरेन्स


  • -इ
  • इ+


काठमाण्डौँ, पुष ८
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र रु. १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो । उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares