Friday, September 6
Shadow

कपडा तथा सिलाई व्यवसायीको अबस्थाबारे बुझ्न देशव्यापी अभियानमा अध्यक्ष रामकृष्ण श्रेष्ठ


  • -इ
  • इ+


काठमाण्डौँ, पुष ९
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ यति बेला देशव्यापी अभियानमा रहेका छन् । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस अर्थात कोभिड १९ र त्यसले सिर्जना गरेको लकडाउनका कारण देशभरका अन्य व्यवसाय जस्तै कपडा तथा सिलाई व्यवसाय पनि त्यसको प्रत्यक्ष मारका पर्यो । सोहि कारणले पिडामा रहेका व्यवसायीहरुको अबस्थाबारे बुझ्न देशव्यापी अभियानमा रहेका छन् अध्यक्ष श्रेष्ठ ।

देशभरको ७० जिल्लामा गठित नेपाल कपडा तथा सिलाई व्यवसायी संघ र त्यसमा आवद्ध रहेका व्यवसायीहरु पछिल्लो समय के कस्ता समस्याहरुमा रहेका छन्, व्यवसायलाई के कसरी संचालन गर्दै छन् र वर्तवान परिस्थीतिमा उत्पन्न भएको समस्यालाई कसरी समाधान गर्न सकिन्छ, लगाएतका विषयमा व्यवसायीहरु संगको छलफल तथा भोटघाटलाई जोड दिएर आफु देशव्यापी अभियानमा रहेको अध्यक्ष श्रेष्ठले बताए ।

देशभरका व्यवसायीहरुलाई भेटिरहँदा सबैको साँझा समस्याहरु बैंक संग लिगिएका लोन तिर्न नसकिएको, लकडाउनको समयमा घर गएका कर्मचारी फर्किएर नआउँदा व्यवसाय प्रभावित भएको लगाएका समस्याहरु रहेको अध्यक्ष श्रेष्ठले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares