काठमाण्डाै – आउँदो आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले पारित गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो ।
त्यसअघि राष्ट्रिय योजना आयोगबाट पनि बजेट पास भइसकेको छ । आउँदो वर्षको बजेट अहिले ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा पेस हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस गर्नुहुनेछ ।...
काठमाडौं- चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बढेको छ ।
आर्थिक सर्वेक्षणका अनुसार फागुन मसान्तसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको हो ।
गत आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्ममा जम्मा १० अर्ब १८ करोड रुपैयाँ लगानी भित्रिएको थियो । जुन, यो वर्षको फागुन मसान्तसम्मको तुलनामा करिब ६ अर्ब रुपैयाँले कम हो ।...
काठमाण्डौँ, माघ १८
नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङको लागि दोस्रो ब्राञ्च सुट्माला सूरु गरेको छ । यहि माघ १७ गते बाट सुट्मालाको शुभारम्भ भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई सुट्मालाका सञ्चालक राज कार्कीले पुष्पगुच्छा प्रदान गरेर, खुसी साँटासाँट् गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो । सञ्चालक कार्कीका अनुसार माघ महिनाभरी सुट् सिलाउनेलाई २५ प्रतिशत छुट् दिईने छ ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य मिलन नेपाली, बाग्मति प्रदेश सदस्य महेश कायस्थ, बिनोद छिनाल, काठमाडौँ जिल्ला संघका अध्यक्ष चन्द्र रणपहेली, सचिव सागर कार्की, कोषाध्यक्ष लालु बैजु, सह सचिव बासुदेब पौडेल, सदस्य मृदुला शर्मा, बिनु मित्राकोटी, दीपक परियारको उपस्थिीति रहेको थियो । यस्तै कलाकार सुरज चापागाँई ‘बान्द्रे’, सुबोध गौतम ‘एक्दुमे’,...
काठमाण्डौँ, माघ १६
सुट पनि पाइने, खुशी पनि मिल्ने भन्ने मुल नाराका साथ नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङका लागि अर्को ब्राञ्च खोल्दै छ । यसै माघ १७ बाट सुट्माला नामक नयाँ ब्राञ्च सूरु हुaन लागेको सञ्चालक राज कार्कीले बताएका छन् । सुट्माला बागबजारको केएमसी कलेज अगाडी रहेको छ ।
बागबजार सुट् हबका लागि परिचित स्थान हो । युवाहरुको आवश्यकतालाई मध्येनजर गर्दै बिभिन्न डिजाइनका आधुनिक सुट्सँग सम्बन्धित सबै सुविधाहरु उपलब्ध गराउने सञ्चालक कार्कीले बताएका छन् । यस ब्राञ्चमार्फत नेपाली उत्पादनहरुलाई पनि विशेष प्राथमिकता दिईने उनले बताए ।
नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङका लागि अर्को ब्राञ्च खोल्दै छ । यसै माघ १७ बाट सुट्माला नामक नयाँ ब्राञ्च सूरु हुन लागेको सञ्चालक राज कार्कीले बताएका छन् । सुट्मााला बागबजारको केएमसी कलेज अगाडी रहेको छ ।
बागबजार सुट् ह...
कृष्णनगर, कपिलवस्तु माघ १४
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजमा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने आधारभूत डलकुसन बुनाई सिप विकास तालिम कृष्णनगर नगरपालिकाको आयोजनामा सम्पन्न भएको छ ।
उक्त समापन कार्यक्रम वडा अध्यक्ष राम मिलन चौधरीको अध्यक्षता अतिथिमा विवेक पौडेल, चतुर्भुज कहार, विकास थारु रहनुभयो । सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने आधारभूत डलकुसन बुनाई सिप विकास तालिमले स्वरोजगार बन्न महत्वपूर्ण भूमिका खेलने वक्ता हरूको भनाई थियो ।
१७ जना सहभागी रहेको उक्त तालिममा लक्ष्मी देवी कुवर प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयो । कार्यक्रममा व्यवस्थापनको भूमिका उद्यम विकास सहजकर्ता चेतना बुढाथोकीको रहेको थियो । कार्यक्रम संचालन...
पौष१८, काठमाडौं
बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना संक्रमणबाट ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन्।
आर्थिक वर्ष २०७८र८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् ।
‘कोरोनाबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरेका छौँ ,स्थानीय सरकारले घाउँमा मल्हममात्रै लगाउन खोजेको हो, कोरोनाका कारण बेरोजगार भएर नेपाल आएकालाई सीमानाकाबाट घर ल्याउने, क्वारेन्टिनमा राख्ने, परीक्षण, औषधोपचार तथा निःशुल्क एम्बुलेन्स सेवासमेत दिएको थियो,’ काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले भने ।
गाउँपालिकाले कोरोनाका कारण बेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोज...
पौष १६,काठमाडौं
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मैरीटारमा ५ दिने व्यवसायिक बाख्रापालन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
विदुर नगरपालिकाको उद्योग विकास शाखाको आयोजना तथा गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मैरीटारको आयोजनामा भएको तालिममा १५ जना कृषकहरुको सहभागीता रहेको थियो ।तालिममा सहभागीहरुलाई खोर व्यवस्थापन कसरी गर्ने, बाख्रा कति प्रजातिका हुन्छन्, विभिन्न रोगहरुबाट बाख्रालाई कसरी बचाउन सक्किन्छ, खसीको हेरचाह गर्ने तरिका, बिरामी बाख्राको हेरचाह कसरी गर्ने बाख्रालाई आवश्यक पर्ने आहारा के के हुन, खसी बनाउने तरिका, लगायतका विषयमा सिकाईएको संस्थामा प्रतिनिधि प्रदिपकुमार भट्टले जानकारी दिए ।
तालिममा सहभागिहरुलाई नगरपालिकाका पशु तथा भेटेनरी शाखाका प्रमुख डा। सनम मर्हजन, प्राविधिक रामेश्वर प्याकुरेल, बिष्णुप्रसाद रिजालले प्रशिक्षण दिएका थि...
लक्ष्मण श्रेष्ठ/पौष ९,काठमाडौं
काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने भएका छन् । बिहानदेखि रातिसम्म खटिने ट्राफिक प्रहरीको कोरोना महामारीका कारण भत्ता काटिएको थियो । तर, पुनः भत्ता पाउने गरी प्रक्रिया अघि बढेको छ । अब ट्राफिक प्रहरीले तलबसँगै अतिरिक्त भत्ता पनि पाउनेछन् ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगेको प्रस्तावमा अर्थमन्त्रीले तोक लगाएको भन्ने जानकारी प्राप्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।
अर्थबाट बजेट स्वीकृत भएपछि ट्राफिक प्रहरीका परिचरदेखि हवल्दारसम्मकाले तलबको ४० प्रतिशत, असई र सईले २० प्रतिशत, प्रहरी निरीक्षक र डीएसपीले १० प्रतिशत अतिरिक्त भत्ता पाउनेछन् ।
...
काठमाण्डौं, मंसिर २१
दिपक न्यौपाने
बेल्कोटगढी नगरपालिका १० र १२ लाई जोड्ने बेल्कोट खोलामा २ करोड २७ लाख लागतमा पुल निर्माण हुने भएको छ। बागमती प्रदेशका पूर्व भौतिक पुर्वाधार विकास मन्त्री केसव राज पाण्डे र नगरपालिकाका मेयर राजेन्द्र रमण खनालको सिफारिसमा पुल निर्माण हुने भएको हो।
नगरपालिकाको कालिघुम्ति भृकुटी सडकखण्ड अन्तर्गत बेलकोट खोलामा पक्कि पुलको शिलान्यास कार्यक्रम मंसिर २० गते समापन भएको छ । कार्यक्रमा सम्बोधन गर्दै बेल्कोटगढीका प्रमुख राजेन्द्र रमन खनालले बेल्कोटगढीको बिकासमा प्रदेश सरकार र नगर सरकार अझै अग्रसर भएर लाग्ने जानकारी दिनुभयो ।
साथै बेल्कोटगढीका विभिन्न तहमा बिकासका कामहरू द्रुत गतिमा भइरहेको र नयाँ बिकास निर्माणका गतिविधिलाई पहल गर्ने बताउनुभयो । पूर्व मन्त्री पाण्डेले सम्बोधन गर्दै आगामी दिनमा थप पुर्बधारको काम गर्दै समृद्धि बेल्कोटगढी बनाउन पहल गर्ने बत...
दिपक न्यौपाने,नुवाकोट, मंसिर २०
बेल्कोटगढी नगरपालिकामा रहेकोे छ्हारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभामा सम्पुर्ण सेयर सदस्यलाई उपस्थितको लागि अनुरोध गरेको छ।
यस संस्थाले १५ औं बर्ष पार गरी १६ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले वार्षिक उत्सवको अबसरमा ७५ बर्ष भन्दा माथिका सेयर सदस्यलाई सम्मान र सेयर सदस्यका छोरा छोरीले २०७७ सालको परिक्षामा विशिष्ट श्रेणी वा सो भन्दा माथी अङ्क ल्याइ उर्तिण गरेकालाई सम्मान गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम मङ्सिर २५ गते बिहान ठिक ११ बजे बेल्कोट भज्याङ्ग मा.बि मा हुने सो सस्थाका अध्यक्ष नारायण प्रसाद खनालले बताउनु भयो ।
साथै समयमा उपस्थित हुने सेयर सदस्य र कार्यक्रमको अन्तिम सम्म बस्ने सेयर सदस्य बाट गोलाप्रथा गरी १/१ जनालाई पुरस्कार दिने ब्यबस्था रहेको छ। साधारण सभामा उपस्थित हुने सेयर सदस्यलाई खाजा बापत २५० रुपैया उपलब्ध गर...