Friday, March 29
Shadow

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी


  • -इ
  • इ+


काठमाण्डौँ, पुष १३
वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक एक हजार एक सय ५२ जना कर्मचारी मागेको छ ।

प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । वाग्मती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ ।

आज माग गरिएका कर्मचारीहरु वाग्मती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि रहेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ ५ सय ३८ जना, ज्येष्ठतातर्फ ४ सय ७ जना, कार्यक्षमतातर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ । वाग्मती प्रदेश लोकसेवा आयोग गठन भएपछि कर्मचारी माग गरिएको यो दोस्रो पटक हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares