काठमाण्डौँ, पुष १३
सोमबार छापावालतोलामा ७०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि तोलामा ९४ हजार २०० रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९४ हजार ९०० रुपैयाँ पुगेको हो । सोही परिमाणको तेजावी सुनलाई भने आज प्रतितोला ९४ हजार ४०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ समेत बढेको छ । हिजो आइतबार तोलामा एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार ३१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।