काठमाडौ- तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा रहेको एन.आर. कलेजमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । एन.आर. कलेज पुर्व विद्यार्थी समाजको आयोजना उक्त शिविर हुन लागेको हो ।
कलेज-समुदाय सहकार्य कार्यक्रम अन्तर्गत रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजकको भनाइ छ । जीवन दानको रुपमा लिइदै आएको रक्तदान संगै नि:शुल्क रुपमा स्वास्थ्य परिक्षण गरेर मौकाको फाइदा उठाउन आम समुदायलाई आयोजकको अनुरोध समेत रहेको छ ।
सशस्त्र प्रहरी परिवार महिला संघको सहयोगमा यहि बैशाख १७ गते सोमबार बिहान ७ बजेदेखि ११:३० बजेसम्म शिविर संचालन गरिने आयोजकले जनाएको छ ।