काठमाडौ- सामाजिक तथा अतिरिक्त कार्यमा सक्रिय रहदै आएको परिवर्तन अभियान नेपालले नि:शुल्क आँखा शिविर गर्ने भएको छ ।
बागमती प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य माननीय कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा यहि वैशाख १५ गते शनिबार आँखा राेगिहरुका लागि निशुल्क शिविर राखिएको आयोजकले जनाएको छ । शिविर तारकेश्वर नगरपालिका वडा न. ५ मा रहेको नागार्जुन माविमा हुनेछ ।
तिलगंगा आँखा प्रतिष्ठान र तारकेश्वर नगरपालिका वाड न. ५ को सहकार्यमा हुने शिविर बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुनेछ । शिविरबाट छानिएका मोतियाविन्दुका बिरामीहरुलाइ तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरुद्वारा फुलारी गुम्बा जगडोल, काठमाडौमा नि:शुल्क शल्यक्रियाकाे व्यवस्था गरिएको आयोजकले जनाएको छ ।