Thursday, November 26
Shadow

Author: Interview Nepal

शान्तिपूर्ण स्ववियु निर्वाचन र अबको आवश्यकता

शान्तिपूर्ण स्ववियु निर्वाचन र अबको आवश्यकता

ब्यानर समाचार, विचार
त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा आंगिक तथा सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसहरुलाई जारी गरिएको स्ववियु निर्वाचनको निर्देशन स्वागतयोग्य छ । नेपाली शैक्षिक जगतको इतिहासलाई गौरवपूर्ण बनाउनदेखि विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि तोकिएको समयमा स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न अत्यन्तै जरुरी छ । तर सँगसँगै अनेकौ चुनौती, कठिनाई र व्यवधान भने यथेष्ट मात्रामा छन् । विगतका वर्षहरुलाई हेर्दा विश्वविद्यालय अन्तरगतका आंगिक क्याम्पसहरुको विद्यार्थी युनियनको निर्वाचन अशान्ति र हिंस्रक वातावरणबीच सम्पन्न भएका थिए । केही क्याम्पसमा त चुनाव नै सम्पन्न हुन सकेको थिएन । यसले नेपालको विद्यार्थी जगत र शैक्षिक परिपाटीमा अन्यौलता संगै राजनीतिप्रति वितृष्णा निराशा उत्पन्न गरायो । युवा उमेरसँगै तातो रगत हुन्छ विद्यार्थीमा । तर शिक्षित विवेकशील ...
टोखा नगरपालिकामा नेपाल शिक्षक संघको दोस्रो अधिवेशन सम्पन्न

टोखा नगरपालिकामा नेपाल शिक्षक संघको दोस्रो अधिवेशन सम्पन्न

ब्यानर समाचार, स्थानिय तह
२०७९/१०/२६ गते श्री तिलिङ्गाटार मा.बि.मा श्री सरोजकुमार पाण्डेज्युको सभापतित्वमा रबिन महर्जन, अध्यक्ष - ऋषि तिमल्सिना, सचिब - राजेन्द्र बुढाथोकी, सह-सचिब - हरिकृष्ण धिताल, सदस्यमा सृजना अधिकारी लगाएत केन्द्रिय प्रतिनिधिज्युको उपस्थितिमा टोखा न.पा.भित्र रहेको बिधालयको प्र.अ.तथा शिक्षकज्युहरुको उपस्थितिमा नेपाल शिक्षक संघ टोखा नगर समितिको दोस्रो स्थानीय अधिबेशन सम्पन्न भयो ।                  उक्त अधिबेशनबाट धुर्ब अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भयो। नयाँ कार्यसमितिलाई उपस्थित अतिथि हरुले हार्दिक बधाईका साथ सफल कार्यकालको सुभकामना दिनुभएको थियो । सरस्वतीको प्रतिमा अंकित मायाको चिनो निवर्तमान अध्यक्ष श्री सरोजकुमार पाण्डेज्युबाट अतिथि लगाएत संघमा रहेर सहयोग पुर्‍याउने सबैलाई बितरण भएको थियो ।...
विधेयकको भुमरीमा प्रचण्ड सरकार : नागरिकता विधेयकमा राप्रपासँग दुरी बढ्ने जोखिम

विधेयकको भुमरीमा प्रचण्ड सरकार : नागरिकता विधेयकमा राप्रपासँग दुरी बढ्ने जोखिम

ब्यानर समाचार, ब्यानर समाचार 2
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चालु संसद् अधिवेशनबाटै नागरिकता विधेयक पास गराउने गरी अगाडि बढेका छन् जसमा सरकारको अर्को घटक राष्ट्रिय प्रजातन्त्र पार्टी विपक्षमा छ। उनले सोमबारको मन्त्रीपरिषद्को बैठकमा यही अधिवेशनमा विधेयक गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। नागरिकता ऐन, सङ्घीय निजामती सेवा ऐन र एकीकृत शिक्षा ऐन अहिलेकै संसद् अधिवेशनमा पेस गर्ने पक्षमा प्रधानमन्त्री छन्।उनले यसको वातावरण बनाउन सबै दलका प्रमुख सचेतकहरूसँग छलफल समेत गरे सोमबार। शेरबहादुर देउवा नेतृत्वको सरकारले सांसदबाट पारित गराएर लालमोहरका लागि राष्ट्रपति निवास पठाएकै विधेयक पुन संसद्मा पेस भएमा राप्रपा स्वीकार गर्ने पक्षमा देखिएको छैन। यस अगाडि सो विधेयकको विरोधमा राप्रपा आन्दोलनमै उत्रिएको थियो। राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गरिनन् र सो स्वतः निष्क्रिय भयो। अहिले प्रधानमन्त्री प्रचण्ड सोही विधेयकल...
एच.के.धितालको पाँच मुक्तक

एच.के.धितालको पाँच मुक्तक

साहित्य/कला
एच.के.धितालको पाँच मुक्तक मुक्तक:-१ अहिले अधिकांश  जनता कुनै न कुनै मारमा छ्न देशको चौतर्फी बिकास गर्न कोहि सरकारमा छन देशको बिकास गर्न ल्याउन त  ल्यायौ रेल योजना त्यही रेल चढ्नु पर्ने कतिपय साउदी कतारमा छन मुक्तक:-२ बेईमानलाई  पनि  अन्तमा ईमान्दार  चाहिदो रैछ यो पक्कै मरेको हो भन्न कुनै आधार  चाहिदो रैछ यहाँ आफन्त छ्न भनेर कसरी भन्न  सकियो र खै लास भै सकेपछी पनि गाड्न सरकार चाहिदो रैछ मुक्तक:-३ ठाउँको  ठाउँ  मै  पेट्रोल आउँछ तेल आउँछ आए आउँछ नआए कमिशन्को खेल आउँछ एउटा  मान्छे  हतारमा थियो  मैले भनी दिए केही  बर्ष  पर्ख  बाबू  नेपालमा  रेल आउँछ मुक्तक:-४ ओकलेर  समृद्धिको  आधार  अर्थ  न बर्थ बोकाएर बिदेशि ऋणको भार  अर्थ न बर्थ शुक्रवारको  काम  नै  सकिएको हुदैन यहाँ आईतबार बिदा दिन्छ सरकार अर्थ न बर्थ मुक्तक:-५ जनता प्रती  सरकारको आधार कस्तो लाग्छ ? घर घरमा  दिएको त्यो...
मोदि लाई सुझाव , पत्रकार प्रती आक्रोसित हुदै सरकार बाट बाहिरियो रास्वपा

मोदि लाई सुझाव , पत्रकार प्रती आक्रोसित हुदै सरकार बाट बाहिरियो रास्वपा

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
  काठमाडौँ - सरकारमा बस्ने कि बाहिरिनेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछाने मिडिया सञ्चालक र सम्पादकप्रति निकै आक्रामक देखिए। उनले पार्टीको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै भने 'सरकारलाई दिएको समर्थन कायम राख्ने तर सरकारबाट फिर्ता हुने।'पार्टीको निर्णय सार्वजनिक गरेपछि उनी आफूबारे उठेका प्रश्नहरू प्रकाशित समाचारबारे केन्द्रित भएका थिए। उनले नागरिकता र राहदानीमा प्रक्रियागत त्रुटि भएको हुनसक्छ भन्दै अदालतको आदेश र कानुनी कारबाही स्वीकार्य हुने बताए। उनले नेपालका मिडियाहरूले सिन्डिकेट चलाउने गरेको र आफ्ना गलत काम लुकाउने गरेको भन्दै अहिले मिडियामा धेरै बेथिति रहेको भन्दै तीव्र आलोचना गरे। 'प्रमाणसहित समाचार छाप्नुस्, त्यो उकेरा कि सुकेराले लेखेकोमा मेरो भन्नु केही छैन। तर गर्दै नगर...
चियागफ

चियागफ

ब्यानर समाचार, ब्यानर समाचार 2, साहित्य/कला
उस्तै लाग्छ मलाई रवि र म उनले T.V मा देशभक्ति देखाईरहदा, म पनि चियागफमा देशकै चिन्ता गर्थे। उनले channel मा कानुन र संविधानमा अविश्वाश देखाइरहदा, म अझैपनि विश्वस्तै थिए संविधान प्रति । उनको नेता र व्यवस्थाप्रतिको कटाक्ष्यले निराश बनाउथ्यो, तर! म सम्हालिन्थे, सास रहुन्जेल आश !! उनले पत्रकारिताद्वारा सकिनै लाग्यो, लौ! खत्तमै भयो भन्दा, म विध्यार्थीहरुलाई गर्न बाँकी नै छ, हामीले नै हो गर्ने भन्थे। उनी अवसरको खोजीमा विदेश पलायन हुने सोच्दा, म डराउथेँ, मलाई देखेर सिक्न खोज्नेहरूले के सिक्लान? उनी पत्रकार म शिक्षक, सफेद आम्दानी उस्तै जिम्मेवारी उस्तै ! तर, उनी गफ कै भरमा सरकार बनाउन पुगे, म अझै देश बनाउने गफमै व्यस्त छु। आजकल म सिकाउछु, देश बनाउनु र सरकार बनाउनु अलग कुरो हो। नानीवावु हो, सरकार बनाउन गफले हुन सक्ला, देश बनाउन प्रय...
रबि लामिछानेको रास्वपा फुट्ने संभावना कति ?

रबि लामिछानेको रास्वपा फुट्ने संभावना कति ?

ब्यानर समाचार
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टिको चर्को स्वर सुनिन थालेको छ । संसदीय दल र केन्द्रीय समितिमै यो पार्टीभित्र विवाद सुरु हुन थालेको स्राेत बताउछ ।पार्टीभित्र देखिएको विवादकै कारण चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको बताउदै पार्टी छोडेको घोषणा पनि गरिसकेका छन् । नागरिकता विवादमा फसेका अध्यक्ष लामिछाने  पुनः गृहमन्त्रालयमा फर्किन अनेक हर्कत गरिरहेको र एमाले अध्यक्ष केपी ओलीलाई प्रयोग गरेर प्रधानमन्त्री प्रचण्डमाथि दबाब दिइरहेका छन् । त्यही दबाबका कारण प्रचण्डले पनि माघ १९ गते दिउँसो फोन गरेर सरकार छाड्ने निर्णय नलिन आग्रह समेत गरेका थिए । अध्यक्ष लामिछाने जसरी पनि गृहमन्त्री हुनका लागि कसरत गरेपछि पार्टीभित्र विवाद देखिन थालेको छ । संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्...
एक हजार ३०० दिनारमा बिक्री गरी एक महिलालाई मानसिक र शारीरिक यातना दिइयो ।

एक हजार ३०० दिनारमा बिक्री गरी एक महिलालाई मानसिक र शारीरिक यातना दिइयो ।

अपराध, ब्यानर समाचार 2, समाचार
आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ । ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले पीडितको जाहेरीपछि पक्राउ पर्नेमा उदयपुरका ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका जानकारी दिनुभयो । केही आरोपी कुवेतमै रहेको र केही फरार रहेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो । ब्यूरोमा प्राप्त विवरण अनुसार ती व्यक्तिहरुले सुरुमा कुवेतमा रहेको रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक आकर्षक तलब दिने र त्यहाँ राम्रो काम गरेपछि पोर्तुगल र अमेरिकाका रेष्टुरेन्टमा समेत पठाइदिने लोभ लेखाएर गएको मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्...
आगजनीको मुद्दामा सांसद चौधरी पक्राउ

आगजनीको मुद्दामा सांसद चौधरी पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले फरार सूचीमा रहेका सांसद चौधरीलाई आज दिउँसो २ बजे बाँकेको कोहलपुरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शुक्रबार धनगढी जिल्ला अदालत बुझाउने तयारी रहेको प्रवक्ता पोखरेलको भनाइ छ । सांसद चौधरीसहित तीन जनाविरुद्ध आगजनीको मुद्दामा कैलाली जिल्ला अदालतबाट ६ महिना कैद फैसला भएको थियो ।  ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ब्यानर समाचार
काठमाडौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा  मुद्दा दायर गरिएको हो ।   गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्माण योजनामा अधिकृत उपाध्यायसहित सवइन्जिनियर मनोज धामी र जगत बहादुर मल्लले गलत नापी किताब तयार गरी सो नापी किताब स्वीकृत एवम् फिल्डमा नभएरनगरेको कामको मूल्याङ्कनसहित उपभोक्ता समितिलाई १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ भुक्तानी गरेको अख्तियारको ठहर छ । यसैगरी सोही फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतन बहादुर शाही, सचिव धर्म बहादुर मल्ल र क...