Sunday, April 2
Shadow

रबि लामिछानेको रास्वपा फुट्ने संभावना कति ?


  • -इ
  • इ+

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टिको चर्को स्वर सुनिन थालेको छ । संसदीय दल र केन्द्रीय समितिमै यो पार्टीभित्र विवाद सुरु हुन थालेको स्राेत बताउछ ।पार्टीभित्र देखिएको विवादकै कारण चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको बताउदै पार्टी छोडेको घोषणा पनि गरिसकेका छन् ।

नागरिकता विवादमा फसेका अध्यक्ष लामिछाने  पुनः गृहमन्त्रालयमा फर्किन अनेक हर्कत गरिरहेको र एमाले अध्यक्ष केपी ओलीलाई प्रयोग गरेर प्रधानमन्त्री प्रचण्डमाथि दबाब दिइरहेका छन् । त्यही दबाबका कारण प्रचण्डले पनि माघ १९ गते दिउँसो फोन गरेर सरकार छाड्ने निर्णय नलिन आग्रह समेत गरेका थिए ।

अध्यक्ष लामिछाने जसरी पनि गृहमन्त्री हुनका लागि कसरत गरेपछि पार्टीभित्र विवाद देखिन थालेको छ । संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्की, सांसद मनिष झा, अरनिको पाँडेलगायतका नेताहरु असन्तुष्ट देखिएका छन् ।

रास्वपा स्रोतका अनुसार,  ११ जना सांसद अध्यक्ष लामिछानेको विपक्षमा देखिएका छन् । आफू जसरी पनि गृह मन्त्री हुने अनि आफू गृह मन्त्री नहुने भएपछि सरकारबाट फिर्ता हुने निर्णय गर्ने अध्यक्ष  लामिछानेको प्रयासविरुद्ध उनीहरु उभिएका हुन् ।

अहिलेका बहालवाला मन्त्रीमध्ये लामिछानेको पक्षमा श्रममन्त्री डोलप्रसाद अर्यालमात्रै हुन् । शिक्षामन्त्री शिशिर खनाल पनि लामिछानेको विरुद्धमा देखिएका छन् । यो पार्टी विभाजनको डिलमा पुगेको पनि स्राेत बताउछ ।

कानूनतः ७ (सात)जना सांसद र ९ जना केन्द्रीय सदस्य भए  राष्ट्रिय स्वतन्त्र पार्टी विभाजन हुन सक्ने व्यवस्था छ । अहिले मन्त्री बनाउँदा पनि राजनीतिक व्यक्तिभन्दा व्यापारिकहरूलाई बनाएपछि अध्यक्ष लामिछानेप्रति असन्तुष्टि पहिलादेखि नै थियो ।

लामिछाने दलको नेताबाट हटेपछि उपनेता श्रेष्ठलाई नेता नबनाएर आफ्ना पीए दीपक बोहारालाई गाडी उपहार दिने डोलप्रसादलाई बनाएपछि पनि असन्तुष्टि बढेको एक सांसदले बताए । पार्टीभित्र विभाजनका लागि हस्ताक्षर नै हुन थालेपछि सविता गौतमले २०७९ माघ १९ गतेको बैठकमा कानूनत पाँच वर्ष नयाँ पार्टी फुट्न नमिल्ने सुनाएकी थिइन् ।  लामिछानेको पार्टीमा अधिकांश घण्टी चुनाव चिन्ह लिएको तर पार्टीका सदस्ययता नभएकाहरुले चुनाव जितेका छन् । लामिछाने, गौतम, हरि ढकाल, डोलप्रसाद अर्यालमात्रै स्वतन्त्र पार्टीमा सूरुदेखि लागेका सांसद हुन ।

तोसिमा कार्की, शिशिर खनाल,विराजभक्त श्रेष्ठहरुले अन्तिममा घण्टी चिन्ह लिएका हुन् । सांसद मनिष झा त कांग्रेसमा टिकट नपाएपछि लामिछानेको पार्टीमा जोडिएका मात्रै हुन् । त्यतिबेला लामिछानेको पार्टीमा लागेको भनेर झालाई निकै खिसिट्युरी पनि भएको थियो । तर, उनी सांसद भएर आए ।  – साघुमा प्रसारित

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares