Tuesday, May 5
Shadow

Author: Interview Nepal

सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
काठमाडौँ । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ ।एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो ।सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ ।विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्तिकेन्द्रसमेत नयाँ समीकरण बनाएर सरकार फेरबदल गराउने कोसिसमा रहेका स्रोतको दाबी छ ।स्रोतका अनुसार कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रकै केही नेता वर्तमान सत्ता समीकरण भत्काउन लागिपरेका छन् । यद्यपि, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सरकार गठन भएको छोटो समयमै सत्ता गठबन्धन भत्काउँदा सरकारप्रति नै ठूलो अविश्वास बढ्ने भएकाले त्यस्तो गर्न नहुने पक्षम...
शिवपुरी साहित्य समाजले पाँचजना साहित्यकार लाई सम्मान गर्ने

शिवपुरी साहित्य समाजले पाँचजना साहित्यकार लाई सम्मान गर्ने

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - साहित्यिक वृत्तमा क्रियाशील संस्था शिवपुरी साहित्य समाजले, २०७९ सालका लागि विभिन्न विधाका पाँच सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । साहित्यकार वियोगी बुढाथोकीको अध्यक्षतामा बसेको समाजको बैठकले ‘नरबहादुर भारती स्रष्टा सम्मान’ साहित्यकार पवन आलोकलाई, शिवपुरी गजल सम्मान’ साहित्यकार मनोज न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ ।यस्तै, ‘मान–शोभा प्रतिभा सम्मान’ खुमराज घिमिरेलाई, ‘विष्णु–पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार’ सूर्यप्रसाद लाकोजूलाई र ‘गौरी कार्की स्मृति मुक्तक सम्मान’ हरिकृष्ण काफ्लेलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त सम्मान तथा पुरस्कारहरू आउँदो फागुन २७ गते प्रदान गरिने जानकारी कवि माधव बिडारी " चेतनपथ" ले दिनुभयो ।...
अखण्डित मान्छे – “चेतनपथ” माधव बिडारि

अखण्डित मान्छे – “चेतनपथ” माधव बिडारि

ब्यानर समाचार 2, विचार, साहित्य/कला
कथा                                                                            सग्लो मान्छे                                                                        ========                                                                लेखक - "चेतनपथ" माधव बिडारि                                                                                                                                    म बरन्डामा बसेर पुषे घाम ताप्दै असन बजारको चहलपहल हेर्दैछु।बाटोमा जिन्दगीसंग प्रतिस्पर्धा गर्नेहरुको भिड्ले भरीएको छ।मान्छेको लम्काइ देख्दा लाग्छ कोशौ टाढा जानको लागि एकाअर्कामा प्रतियोगिता चल्दैछ।म गजबले नियाल्दैछु; असन आफैमा अशक्त छ,ढुङ्गाको चेपबाट बनेको सुरुङ्ग जस्तै बाटो ,त्यसमा सलहका ताती जस्तै सामान किन्ने र बेच्नेको भिड अनि ईटाको चाङ जस्तै अवेवस्थित रुपले आकाशिएका घरहरू ।बाटोको छेउमा लम्पसार परेक...
डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को  लोकार्पण

डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को लोकार्पण

ब्यानर समाचार 2, साहित्य/कला
काठमाडौँ । शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को एक समारोह बीच लोकार्पण गरिएको छ । काठमाडौँको मीनभवनस्थित थाहा पुस्तकालयमा नेपाल स्रष्टा समाजद्वारा आयोजित एक विशेष समारोहका बीच प्रमुख अतिथि नियात्रा कार घनश्याम राजकर्णिकार र अन्य अतिथिहरुद्वारा संयुक्त रुपमा 'मृतसागरमा तैरिँदा’ कृतिको लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राजकर्णिकारले नियात्रा संग्रहमा २१ वटा निबन्ध रहेको र केही स्वदेशी र केही विदेशी नियात्रा रहेको बताउनु भयो । प्रशासनिक व्यस्तताले पहिले नै साहित्य लेखन गर्न नसकेको उहाँको कृति पढेर थाहा पाइने उहाँले बताउनु भयो । नियात्रा कृतिमा देश, विदेशका विभिन्न विषयवस्तु र ठाउँहरूलाई रोचक किसिमले वर्ण गरेको उहाँले उल्लेख गर्नुभएको थियो । स्रष्टा समाजका संरक्षक पवन आलोकले स्रष्टा डा. कडेललाई धेरै पहिलेबाट चिनेको मात्र नभइ सँगै लामो समय क...
सहिद सम्झना , कस्तो हाेला आन्दाेलन कारीहरुकाे अबस्था !

सहिद सम्झना , कस्तो हाेला आन्दाेलन कारीहरुकाे अबस्था !

ब्यानर समाचार, राजनिती, विचार
माघ १६ आज सहिद दिबस केही अग्रजहरुकाे याद आयाे जबानीमा आफ्नाे उर्जा पार्टीलाई समर्पण गरेर बुढेसकाल बेहाेरि रहनु भएका मातातीर्थका शिबगाेपाल रिजाल , त्यसै गरि अर्का लाेकतन्त्रकालागि जीवभर दुख झेलेर पार्टीका लगि बम समेत बाेकेर जाखिम जीवन बिताएका स्व स्यालाल श्रेष्ठकाे परिबार, लाेकतन्त्रका लागि चिन्ता गरिरहने र समकालीन साथीहरुकाे सम्झना गरिरहने सल्यानथानका ध्रुब खनाल , २०६२ /०६३ आन्दाेलनमा सकृय सहभागिता जनाउदा धाइते भएर सरीरकाे अङ्गनै गुमाएर पनि पुनर जीवन पाउनुभएका केदारनाथ तिमिल्सेना,पार्टीले आफुलाई अपमान सहन नसकि राजनीतिबाट अलगिएकी प्राध्यापक सुप्रभा धिमिरे जसकाे याेगदान लाेकतन्त्रका लागि अबिस्मरणीय छ,जेष्ठनागरिक स्याम बहादुर खड्का जाे प्रजातन्त्रशेनानी सङ्घ काठमाण्डौंकाे सभापति हुनुहुन्याे। प्रतिकुल स्वास्थ्य अबस्था हुदापनि अझै सङ्गठनमा देखिनु हुन्छ,कमला सर्मा राई उहाकाे २०६२/०६३ काे आन्दाेल...
गृहमन्त्रीमा  नियुक्त हुन रवि लामिछानेको चाहना, प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिए नयाँ  रणनीति

गृहमन्त्रीमा नियुक्त हुन रवि लामिछानेको चाहना, प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिए नयाँ रणनीति

ब्यानर समाचार, राजनिती
  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू गृह मन्त्रालयमा फर्किने चाहना जानकारी गराएका छन्। लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका हुन्। उच्च स्रोतका अनुसार लामिछानेले चितवन-२ मा हुने उपनिर्वाचनमार्फत् आफूले जितेर संसदमा आउने हुनाले आफूलाई गृहमन्त्री नियुक्त गर्दा अप्ठ्यारो नहुने तर्क गरेका थिए। प्रधानमन्त्री प्रचण्डले भने लामिछानेलाई ठोस जवाफ र आश्वासन दिएनन्। उनले यसबारे कानुनविद्हरू र निर्वाचन आयोगसँग परामर्श गर्ने जवाफ दिए। लामिछानेभन्दा अगाडि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पनि बालुवाटारमा भेट भएको थियो। भेटमा ओलीले लामिछानेलाई गृहमन्त्री बनाउन दबाव ...
राष्ट्रिय स्वतन्त्र पार्टीमा रबि लामिछाने पुनः सभापति

राष्ट्रिय स्वतन्त्र पार्टीमा रबि लामिछाने पुनः सभापति

ब्यानर समाचार
सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि स्वत: पार्टीको सभापति पद गुमाएका रवि लामिछाने पुनर्बहाली भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पाएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई पुरानै जिम्मेवारीमा फर्काएको हो । आज बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुन: चयन गरेको छ । अमेरिकी ग्रिनकार्ड त्यागेको निस्सा पेश गरेको झण्डै साढे ३ घण्टामा दिउँसो नागरिकता हातमा परेसङ्गै सरासर पार्टी कार्यालय पुगेका उनी बैठकमा सहभागी भएका थिए । त्यसपछि सभापतिमा फर्किएको बक्तव्य निकाल्न लगाए । शुक्रबार साँझ अदालतको फैसलासँगै लामिछानेले सभापतिसहित उपप्रधान र गृहमन्त्रीको हैसियत गुमाएका थिए । लगत्तै रास्वपाले केन्द्रीय समिति बैठक राखेर श्रम मन्त्रीसमेत रहेका डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति तोकेको थियो ।...
रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिए

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिए

ब्यानर समाचार
१५ माघ, काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुन: नागरिकता कायम भएको बताए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए । त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए । ...
तालिबानद्वारा सञ्चालित उच्च शिक्षा मन्त्रालयले अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध

तालिबानद्वारा सञ्चालित उच्च शिक्षा मन्त्रालयले अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
तालिबानद्वारा सञ्चालित उच्च शिक्षा मन्त्रालयले अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध गरेको छ। उच्च शिक्षा मन्त्रालयले शनिबार निजी विश्वविद्यालयहरूलाई पत्र लेख्दै महिला विद्यार्थीहरूलाई विश्वविद्यालयको प्रवेश परीक्षामा बस्न नदिन निर्देशन दिएको छ। यो सँगै अफगानिस्तानमा छात्राहरू उच्च शिक्षबाट बञ्चित हुनेछन्। उच्च शिक्षा मन्त्रालयका प्रवक्ता जियाउल्लाह हाश्मीका अनुसार सरकारको पत्रमा कुनै पनि अफगानी छात्राले स्नातक, मास्टर र डक्टरेट तहको लागि हुने प्रवेश परीक्षा दिन पाउँदैनन्। अर्को सूचना नआएसम्म छात्राहरूको भर्ना गर्न नपाइने र यो निर्णय उल्लंघन गर्नेलाई कडा कानुनी कारबाही गरिने तालिवान सरकारद्वारा पठाइएको पत्रमा भनिएको छ। तालिबान सञ्चालित सरकारका उच्च शिक्षा मन्त्री, निदा मोहम्मद नादिमले व...
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का द्वारा राष्ट्रपति निर्वाचनको मिति तोक्न माग

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का द्वारा राष्ट्रपति निर्वाचनको मिति तोक्न माग

ब्यानर समाचार
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका छन्। उनले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने बताए। त्यसका लागि निर्वाचन आयोगले मिति तोक्नुपर्ने खड्का बताउँछन्। ‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कार हुनेछ,’ आज ट्वीट गर्दै उनले भनेका छन्, ‘यसतर्फ बेलैमा ध्यान जाओस्।’ कांग्रेस पदाधिकारी बैठकको हालैको निर्णय पनि राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने र एकताबद्ध ढंगले तयारी गर्ने थियो। साथै कांग्रेसले निर्वाचन आयोग र सरकारलाई राष्ट्रपति निर्वाचन मिति तोक्न तथा कुनै कानुनी समस्या देखिएका भए समयमै समाधान गर्न ध्यानाकर्षण गराएको थियो। प्र...