Wednesday, April 17
Shadow

आगजनीको मुद्दामा सांसद चौधरी पक्राउ


  • -इ
  • इ+

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले फरार सूचीमा रहेका सांसद चौधरीलाई आज दिउँसो २ बजे बाँकेको कोहलपुरबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शुक्रबार धनगढी जिल्ला अदालत बुझाउने तयारी रहेको प्रवक्ता पोखरेलको भनाइ छ । सांसद चौधरीसहित तीन जनाविरुद्ध आगजनीको मुद्दामा कैलाली जिल्ला अदालतबाट ६ महिना कैद फैसला भएको थियो ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares