Thursday, August 27
Shadow

Author: Interview Nepal

मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्न सक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल

मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्न सक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन् । आज बिहान मिटरब्याज पीडितसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै उनले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैँका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताए । मिटरब्याजको दीर्घकालीन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै प्रधानमन्त्री दाहालले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । ‘पीडितका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको छ’, उनले बताए । मिटरब्याज समस्यालाई लिएर मन्त्रिपरिषद् बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाई तत्काल ‘फिल्ड’मा गएर कारबाही गर्न सक्ने तथा न्यायिक अधिकार प्रयोग गर्न सक्ने आयोग बनाइने प्रधानमन्त्री दाहालले उल्लेख गरे । ‘त्यो प्रक्रिया अघि बढिसकेको छ’, उन...
आरजु देउवा र स्वर्णिम वाग्ले प्रती सरोज मिस्रको टिप्पणी को ठिक को बेठीक !

आरजु देउवा र स्वर्णिम वाग्ले प्रती सरोज मिस्रको टिप्पणी को ठिक को बेठीक !

ब्यानर समाचार, ब्यानर समाचार 2
स्वर्णिम वाग्लेले नेपाली काङ्ग्रेसमा आरजु देउवाको पेलाइमा आफ्नो क्षमता देखाउन नसकेको कारण काङ्ग्रेस छोड्ने धारणा राखेपछी सरोज मिस्रले आफ्नो फेसबुक वालमा स्वर्णिम वाग्ले र आरजु देउवा को यस्तो टिप्पणी गरेका छन । आरजु देउवाले 'हामीले हारेको ठाउँमा बजेट पठाउन्नौँ' भन्दा अनि 'हेलिकप्टर चढ्न सक्नेलाई भोट दिनोस्' भन्दा उनको राजनीतिक सुझबुझ एबं बौद्धिकताका बारेमा हजार प्रश्न गर्न मन लागेको थियो र गरेको पनि थिएँ। आरजु देउवाबाट मैले कुनै 'पेलाइ' ब्यहोर्नु परेन किनकी मैले उनी र उनको जमातबाट केही 'लाभ' को अपेक्षा नै गरिन!! सार्बजनिक रूपमा मैले निरन्तर आरजु देउवालाई "श्री अढाई भाउज्यू महारानी' आदि इत्यादि भन्दै कटाक्ष गर्दै रहेँ!! तर पनि म 'पेलाइ' को बृत भन्दा बाहिरै रहेँ किनकी मैले त्यहाँबाट 'लाभ' को अपेक्षा नै गरिन! MCC को खुलेर एबं अत्यन्तै मुखर भएर समर्थन गरेँ किनकि मलाई लागेको थियो र अझै लाग्छ ...
नेपालका अर्थ विदहरुले दुर्गा प्रसाईको मागलाई किन खण्डन गर्न सकेका छैनन् ? – डा. अम्बिरस पोख्रेल

नेपालका अर्थ विदहरुले दुर्गा प्रसाईको मागलाई किन खण्डन गर्न सकेका छैनन् ? – डा. अम्बिरस पोख्रेल

ब्यानर समाचार, ब्यानर समाचार 2
वातावरण विज्ञ डा. अम्बिरस पोख्रेल नेपालको राजनीति , अर्थनीतिमा निक्कै चासो दिदै आउनुभएको छ । यसैबीच नेपालको पछिल्लो राजनीतिले नेपालको अर्थतन्त्रमा गम्भीर क्षति पुगेपछि उहाको बुधाँगत धारणा यस्तो रहेको छ । १. नेपालका बैंकहरुले नेपाली जनता माथि गर्दै आएको अन्यायका बारेमा दुर्गा प्रसाईले केही बिशेष मुद्दाहरु सार्वजनिक रूपमा राष्ट्रीय महा अभियानको रूपमा उठान गरेका छन् । उनको अभियान विशेष रूपमा अर्थ ब्यवस्था सम्बन्धी देखिन्छ । कृषि क्रान्ति वा उत्पादन मुलक औद्योगिक क्रान्ति उनको एजेण्डा रहेको देखिन्छ । २. घोर आश्चर्यको कुरा उनको कुरा वा मागहरु गलत हो भनेर अहिलेसम्म नेपालको कुनै पनि अर्थविद् हूँ भन्नेले आज महिनौ दिनहरू बित्दा समेत सत्य तथ्य सहित खण्डन वा समर्थन गर्न सकेको देखिएन किन होला ? अझ कसैले त आफूलाई वा आफ्नो पार्टीको फलानोलाई एसियाकै विद्वान अर्थविद् भनेर स्वोघोषना वा घोषणा गरेका थि...
बोधि मार्ग दर्शन मैत्री धर्म संघले तीनदिन महामैत्री दिवस मनाउने

बोधि मार्ग दर्शन मैत्री धर्म संघले तीनदिन महामैत्री दिवस मनाउने

ब्यानर समाचार, ब्यानर समाचार 2
  काठमाडौं । बोधि मार्ग दर्शन मैत्री धर्म संघले १८ औं महामैत्री दिवस एवं विश्वशान्ति महामैत्री पूजा चैत्र ८, ९ र १० गते गर्ने भएको छ । संघले देशैभरका जिल्लाहरुमा प्राथनासहित पूजाआजा गरी मैत्री दिवस मनाउन लागेको जानकारी दिइएको छ । यस अबसरमा सर्वजगतको कल्याण, सहअस्तित्व, सहजीवन र शान्तिको लागि कामना गरिने बोधि श्रवण धर्म सङ्घ नेपालका अध्यक्ष निलबहादुर थिङ्ले जानकारी दिनुभयो । हरेक वर्ष तीन दिन बिहान ६:०० बजेदेखि साँझ ५:०० बजेसम्म यस किसिमिको धार्मिक अनुष्ठान गरी मैत्री दिवस मनाउने गरेको जनाइएको छ । यो महान धार्मिक अनुष्ठानमा सहभागी हुन संघले सबैलाई अनुरोध पनि गरेको छ ।। ...
गृहमन्त्रालयमा एकीकृत समाजवादीको दाबी

गृहमन्त्रालयमा एकीकृत समाजवादीको दाबी

ब्यानर समाचार, ब्यानर समाचार 2
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी गरेका छन् । उनले यही चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे सत्ता गठबन्धनभित्र छलफल हुन बाँकी छ । दलहरूले आन्तरिक तयारी भने गरिरहेका छन् । सत्ता गठबन्धनमा आबद्ध चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी)ले गृहसहित तीन मन्त्रालयमा दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका एक नेता आफूहरूले रोजेको मन्त्रालय पाउनुपर्ने बताउँछन् । माओवादीले प्रधानमन्त्री पायो, कांग्रेसले राष्ट्रपति पायो । जसपाले उपराष्ट्रपति पाउने पक्का भएको छ । गठबन्धनमा रहेको चौथो ठूलो दलको हैसियतले हामीले रोजेको तीन मन्त्रालय पाउनुपर्छ । ती नेताले भने, “महत्त्वपूर्ण मन्त्रालय गृह, अर्थ वा भौतिक पूर्वाधार तथा यातायातमध्ये हामीले रोजेको...
भारतबाट खरिद गरिने पेट्रोलियम पदार्थको मुल्य घटेर आयो

भारतबाट खरिद गरिने पेट्रोलियम पदार्थको मुल्य घटेर आयो

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलिय पदार्थको मूल्य घटाएर सूची पठाएको छ । हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य सूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।   सोही सूचीको आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्ने गरेको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । जसअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेर आएको छ । पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको रहेका बेला भारतमा घटेर आएको हो । खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।  ...
युएई लाई पछि पार्दै नेपाली क्रीकेट टिम क्वालिफायरमा

युएई लाई पछि पार्दै नेपाली क्रीकेट टिम क्वालिफायरमा

खेलकुद, ब्यानर समाचार
काठमाण्डाै । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराउदै आफ्नो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा नेपाल विजयी भएको हो । जितसँगै नेपालले एक दिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने पक्का भएको हो । लिग टू मा नेपालको ४० अङ्क भएको छ र नामिबियालाई पछि पारेर नेपाल तेस्रो नम्बरमा पुगेको हो ।...

घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक पुरुषको शव

ब्यानर समाचार, समाचार
सुर्खेत, १ चैत । घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक पुरुषको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा हिजो (मङ्गलबार) अपराह्न ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले मृत भेटिएका पुरुष विनपा–१० दीपनगर बस्ने वर्ष ४१ को ध्रुवजङ्ग शाही भएको जानकारी दिए । प्रहरीलाई परिवारले दिएको बयान अनुसार मृतक शाही यस अघि गाडी चलाउँथे भने केही दिन अघि विदेश जाने तयारीमा थिए । उनी मङ्गलबार बिहान १० बजेतिर घरबाट निस्किएका थिए । मानवबस्तीबाट करिब ५० मिटर दूरीमा बाँसझाङ नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रवक्ता शाहीले घटनाको प्रकृति हेर्दा कसैले उनको हत्या गरेको हुनसक्ने आशङ्का गरेका छन् । प्रवक्ता शाहीका अनुसार शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको छ । आफन्तको जाहेरीपछि ...
नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ सार्वजनिक

नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ सार्वजनिक

ब्यानर समाचार, ब्यानर समाचार 2, साहित्य/कला
काठमाडौं, फागुन २९ गते । नेपालका सामुदायिक विद्युत अभियन्ता तथा जागरुक कवि नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ आइतवार एक विशेष कार्यक्रमबीच नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यक्रममा अर्थविद रत्नसंसार श्रेष्ठ, जलश्रोतविद पूर्वमन्त्री दीपक ज्ञवाली, अर्थविद तथा प्रर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी , उर्जाविज्ञ तथा नेता लीलामणि पोख्रेल, ऊर्जा,जलस्रोत तथा सिंचाईं मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायत दर्जनौं ऊर्जा अभियन्ता तथा विशेषज्ञहरूको सहभागिता थियो । लोकार्पित पुस्तकका बारेमा अवेरनेस इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक तथा नेपाली विषयका शिक्षक एवं युट्युबमा बहुचर्चित ‘नेपाली व्याकरण गीत’ का सर्जक विमल घिमिरेले बोल्नुभएको थियो । कृतिमा विविध विषयमा केन्द्रित ७३ वटा रचना समेटिएका छन् । २०७५ देखि २०७९ फागुनसम्म लेखिएका समसामयिक कविता तथ...
स्ववियु चुनावमा नेबिसंघ र अनेरास्ववियु क्रान्तिकारीको भागबन्डा

स्ववियु चुनावमा नेबिसंघ र अनेरास्ववियु क्रान्तिकारीको भागबन्डा

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौं । काँग्रेस निकट बिद्यार्थी संगठन नेबिसंघले १५ स्थानमा अखिल क्रान्तिकारीले १० र अनेरास्ववियूले ३ क्याम्पसको सभापति उठाउने सहमति भएपनि नेबिसंघले आफूले भाग पाएको वा नपाएको कलेजमा आफ्ना बागी उम्मेद्वार उठाएको छ । नेविसंघको भागमाः त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, पद्मकन्या, शंकरदेव, पब्लिक युथ, नेपाल कमर्श क्याम्पस, मीनभवन, महाराजगञ्ज चिकित्सा क्याम्पस, पशुपति, पाटन, आयुर्वेद क्याम्पस, जनप्रशासन, ग्रामीण आदर्श, कोटेश्वर, भक्तपुर बहुमुखी, केआईसी कालिमाटी, शिक्षा क्याम्पस, विश्वभाषा क्याम्पसलगायत परेका छन् । अनेरास्ववियु क्रान्तिकारीको भागमाः नेपाल ल, सरस्वती, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठीमी, एनआर कलेज ,नेशनल इन्जिनियरिङ, हिमालयन इन्जिनियरिङ क्याम्पसलगायत परेका छन् । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको भागमाः रत्न राज्यलक्ष्मी, महेन्द्र रत्न ता...