Wednesday, October 21
Shadow

Author: Interview Nepal

मेरो शत्रु मेरो मित्र

मेरो शत्रु मेरो मित्र

विचार
अमेरकिकाको सोह्रौं राष्ट्रपति अब्राहम लिंकनको जन्म सन् १८०९ फेब्रुअरी १२ मा एक गरीब अश्वेत परिवारमा भएको थियो । अमेरिकामा दास प्रथाको अन्त्य गर्ने श्रेय लिंकनलाई नै जान्छ । उनको सन् १८६५ अप्रिल १५ मा टाउकोमा गोली प्रहार गरी हत्या भएको थियो । हामीलाई मार्ग दर्शन गर्न सक्ने अब्राहम लिंकनसँग जोडिएका केही किस्साः मेरो शत्रु मेरो मित्र जब धेरै संघर्षका साथ अब्राहम लिंकन अमेरिकाको राष्ट्रपति बने । संघर्षको समयमा उनले धेरै मानिसहरुको बदलिएको रुप देखे । राजनीतिमा जे पनि हुन्छ त्यो उनलाई पनि भयो । उनमाथी धेरै घृंणा फैलाइयो । नानाथरीका दुःख दिइयो तर उनको दृढसंकल्पका अघि विरोधिहरु हैरान भए । अन्ततः अमेरिकी जनताले उनको व्यक्तित्वलाई पहिचान गरे र साथ दिए । राष्ट्रपति बनेपछि अभिनन्दन समारोहमा उनका एक हितैषी मित्रले बधाई दिदै भनेः देशको बागडोर आफ्नो हातमा आएपछि अब तपाई आफ्नो बलको उपयोग आफ्नो विरोधीलाई...
किन हाम्रो पहिचान क़ायम नगर्ने ! – डा.अम्वरिश पोख्रेल

किन हाम्रो पहिचान क़ायम नगर्ने ! – डा.अम्वरिश पोख्रेल

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
कहाँबाट कसरी बोलुन सचेत जनता , यहाँ आफूविपरीत बोल्नेबित्तिकै काटुँला, मारुँलाजस्तो गर्छन्। दल कुन बेला बिक्छ भन्ने ठेगान नहुने देशमा, नेताले कुन बेला गद्दारी गर्छ भन्ने देशमा, उनीहरूले देश नै नबेच्ला भन्न सकिन्न । अहिले कुन पार्टीको यस्तो नेता छ, जो उभिँदा सबै जातजाति, भाषाभाषीले मानोस् ? त्यही भएर सबैले मान्ने एउटा गर्विलो संस्था होस् भन्ने मान्यता हो । जब देशलाई संकट परेको बेला त्यो संस्था जहिले संकटमोचकका रूपमा उभिएको होस । यो जनता, राष्ट्र, राष्ट्रियता र धर्म संस्कृति तथा स्वपहिचानको पनि विषय हो नेपालमा । अहिले हामी निरपेक्ष भएका छौं भन्छौं तर कहिले अनुमान गर्नुभएको छ, यदि यहाँका अधिकांश जनताले वा अल्पसंख्यक जनताले नै किन नहोस्, अपनाउँदै आएको रीति रिवाज धर्म संस्कृति, परम्परा तथा मान्यता बिरुद्द यो देशको राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री सभामुख आदि आदिले बोल्न लेख्न र त्यो अ...
“जनगायिका हेलिन बोलेक” हार्दिक श्रद्धाञ्जली

“जनगायिका हेलिन बोलेक” हार्दिक श्रद्धाञ्जली

ब्यानर समाचार, साहित्य/कला
भोको पेटको आवाज हेलिन बोलेक ! नाङ्गा पैतालाको चाल हेलिन बोलेक ! उत्पीडितहरुको न्यायको निम्ति आवाज विहीनहरुको आवाज बनेर । पीडकहरु विरुध्द बम बारुद बनेर मानवहितको निम्ति पड्कीरह्यौ ...!! आफ्नो वर्गको पक्षमा, गितारको झंकार सँगै आवाजको स्वतन्त्रताको लागि तिम्रो बलिदान ! एक्काईसौं शताब्दीको तानाशाही शासकहरु विरुध्द तिम्रो आवाज कोरोना भाइरस झै फैलिरहने छ ! आगोको ज्वाला झैं दन्किरहने छ ! युग युग सम्म दुनियाँले गाउने छ ! तिम्रो वीरताको गाथा !! अनि भन्ने छ, हेलिन बोलेक ... जिन्दावाद !! हेलिन बोलेक ... अमर रहुन्!! चौथो स्मृति भोक हड्तालको क्रममा टर्कीको शासक द्वारा हत्या गरिएको "जनगायिका हेलिन बोलेक" हार्दिक श्रद्धाञ्जली उपेन्द्र तिमिल्सिना कागेश्वरी मनोहरा - ५ काठमाडौं...
मान्छे

मान्छे

साहित्य/कला
मान्छे , आउँछ अनी जान्छ ! जोडिन्छ अनी तोडिन्छ ! भेटिन्छ र छुटिन्छ पनि घटना अनी परि-घटनाहरुको घुम्तिहरुमा कतै गोरेटोमा कतै मूलबाटोमा भेटिनु र छुटिनु उही दोबाटो रहेछ ! कति मिठा पलहरु बोकेर कति नमिठा क्षणहरु खेपेर पिडाको भारी बोक्दै छुटिनु पर्ने ! काँडा जस्तै बिझिरहने ! तितो लाग्ने सत्यलाई भूलेर पनि जोडिनु पर्ने ! सायद मान्छे सँग स्वार्थी रसायन हुनुको विवशता होला! कोही विचार दिएर जान्छन् कोही भाव शून्य बनाएर छुट्छन् ! कोहि आँसु बोकेर आउँछन् कोही पिडा छोडेर जान्छन् ! कोहि खुसी लुटेर जान्छन् ! हो , त्यसैले त ! कोही जिवन दिएर जान्छन् ! कोही जिवन लिएर जान्छन् ! कतै जिवन भेटिन्छ , कतै जिवन मेटिन्छ र त मान्छे ! स्मृतिमा बस्नेले छोडी दिन्छ ! विस्मृत हुनुपर्ने आई रहन्छ ! त्यसैले त , मान्छेको मूल्य फरक फरक रहेछ !! मान्छेको बुझाई अर्कै अर्कै रहेछ !! सत्य...
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने : अर्थमन्त्री प्रकाशशरण महत

निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने : अर्थमन्त्री प्रकाशशरण महत

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ- नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन् । उनले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पारे । नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफू निजी क्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने बताए । ‘तपाईँहरूको मनोबल घट्न दिन्न, तपाईंहरुसँग निरन्तर संवादमा रहन्छु’, उनले भने, ‘मैले अर्थतन्त्र सुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईँबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।’ सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिङ्गो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिनुका साथै अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा ब्रिफिङ पनि गरेका थिए । भेटमा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरी ब्याजदर घटा...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाइको हो । आन्तरिक भागबन्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन । बैठकमा पार्टीले पाएको थप ४ मन्त्रालयमा को-कसलाई पठाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।...
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्न सक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल

मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्न सक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन् । आज बिहान मिटरब्याज पीडितसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै उनले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैँका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताए । मिटरब्याजको दीर्घकालीन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै प्रधानमन्त्री दाहालले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । ‘पीडितका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको छ’, उनले बताए । मिटरब्याज समस्यालाई लिएर मन्त्रिपरिषद् बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाई तत्काल ‘फिल्ड’मा गएर कारबाही गर्न सक्ने तथा न्यायिक अधिकार प्रयोग गर्न सक्ने आयोग बनाइने प्रधानमन्त्री दाहालले उल्लेख गरे । ‘त्यो प्रक्रिया अघि बढिसकेको छ’, उन...
आरजु देउवा र स्वर्णिम वाग्ले प्रती सरोज मिस्रको टिप्पणी को ठिक को बेठीक !

आरजु देउवा र स्वर्णिम वाग्ले प्रती सरोज मिस्रको टिप्पणी को ठिक को बेठीक !

ब्यानर समाचार, ब्यानर समाचार 2
स्वर्णिम वाग्लेले नेपाली काङ्ग्रेसमा आरजु देउवाको पेलाइमा आफ्नो क्षमता देखाउन नसकेको कारण काङ्ग्रेस छोड्ने धारणा राखेपछी सरोज मिस्रले आफ्नो फेसबुक वालमा स्वर्णिम वाग्ले र आरजु देउवा को यस्तो टिप्पणी गरेका छन । आरजु देउवाले 'हामीले हारेको ठाउँमा बजेट पठाउन्नौँ' भन्दा अनि 'हेलिकप्टर चढ्न सक्नेलाई भोट दिनोस्' भन्दा उनको राजनीतिक सुझबुझ एबं बौद्धिकताका बारेमा हजार प्रश्न गर्न मन लागेको थियो र गरेको पनि थिएँ। आरजु देउवाबाट मैले कुनै 'पेलाइ' ब्यहोर्नु परेन किनकी मैले उनी र उनको जमातबाट केही 'लाभ' को अपेक्षा नै गरिन!! सार्बजनिक रूपमा मैले निरन्तर आरजु देउवालाई "श्री अढाई भाउज्यू महारानी' आदि इत्यादि भन्दै कटाक्ष गर्दै रहेँ!! तर पनि म 'पेलाइ' को बृत भन्दा बाहिरै रहेँ किनकी मैले त्यहाँबाट 'लाभ' को अपेक्षा नै गरिन! MCC को खुलेर एबं अत्यन्तै मुखर भएर समर्थन गरेँ किनकि मलाई लागेको थियो र अझै लाग्छ ...
नेपालका अर्थ विदहरुले दुर्गा प्रसाईको मागलाई किन खण्डन गर्न सकेका छैनन् ? – डा. अम्बिरस पोख्रेल

नेपालका अर्थ विदहरुले दुर्गा प्रसाईको मागलाई किन खण्डन गर्न सकेका छैनन् ? – डा. अम्बिरस पोख्रेल

ब्यानर समाचार, ब्यानर समाचार 2
वातावरण विज्ञ डा. अम्बिरस पोख्रेल नेपालको राजनीति , अर्थनीतिमा निक्कै चासो दिदै आउनुभएको छ । यसैबीच नेपालको पछिल्लो राजनीतिले नेपालको अर्थतन्त्रमा गम्भीर क्षति पुगेपछि उहाको बुधाँगत धारणा यस्तो रहेको छ । १. नेपालका बैंकहरुले नेपाली जनता माथि गर्दै आएको अन्यायका बारेमा दुर्गा प्रसाईले केही बिशेष मुद्दाहरु सार्वजनिक रूपमा राष्ट्रीय महा अभियानको रूपमा उठान गरेका छन् । उनको अभियान विशेष रूपमा अर्थ ब्यवस्था सम्बन्धी देखिन्छ । कृषि क्रान्ति वा उत्पादन मुलक औद्योगिक क्रान्ति उनको एजेण्डा रहेको देखिन्छ । २. घोर आश्चर्यको कुरा उनको कुरा वा मागहरु गलत हो भनेर अहिलेसम्म नेपालको कुनै पनि अर्थविद् हूँ भन्नेले आज महिनौ दिनहरू बित्दा समेत सत्य तथ्य सहित खण्डन वा समर्थन गर्न सकेको देखिएन किन होला ? अझ कसैले त आफूलाई वा आफ्नो पार्टीको फलानोलाई एसियाकै विद्वान अर्थविद् भनेर स्वोघोषना वा घोषणा गरेका थि...
बोधि मार्ग दर्शन मैत्री धर्म संघले तीनदिन महामैत्री दिवस मनाउने

बोधि मार्ग दर्शन मैत्री धर्म संघले तीनदिन महामैत्री दिवस मनाउने

ब्यानर समाचार, ब्यानर समाचार 2
  काठमाडौं । बोधि मार्ग दर्शन मैत्री धर्म संघले १८ औं महामैत्री दिवस एवं विश्वशान्ति महामैत्री पूजा चैत्र ८, ९ र १० गते गर्ने भएको छ । संघले देशैभरका जिल्लाहरुमा प्राथनासहित पूजाआजा गरी मैत्री दिवस मनाउन लागेको जानकारी दिइएको छ । यस अबसरमा सर्वजगतको कल्याण, सहअस्तित्व, सहजीवन र शान्तिको लागि कामना गरिने बोधि श्रवण धर्म सङ्घ नेपालका अध्यक्ष निलबहादुर थिङ्ले जानकारी दिनुभयो । हरेक वर्ष तीन दिन बिहान ६:०० बजेदेखि साँझ ५:०० बजेसम्म यस किसिमिको धार्मिक अनुष्ठान गरी मैत्री दिवस मनाउने गरेको जनाइएको छ । यो महान धार्मिक अनुष्ठानमा सहभागी हुन संघले सबैलाई अनुरोध पनि गरेको छ ।। ...